राजनीति

राष्ट्रियसभा निर्वाचनमा भागबण्डाको कसरत- कुन पार्टीलाई कति सिट ?

राष्ट्रियसभा निर्वाचनमा भागबण्डाको कसरत- कुन पार्टीलाई कति सिट ?

राजनीति
काठमाडौँ। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सक्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट भागबन्डाको कसरत शुरु भएको छ । सक्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जसपाबीच निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य शुरु भएको हो । २० फागुनबाट रिक्त हुने १९ सिटमा निर्वाचन गर्न निर्वाचन आयोगले तयारी गरिरहेको छ । आयोगले २० पुसमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले आयोगमा दल दर्ता गराइसकेका छन् । उच्च स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १० सिट, माओवादी केन्द्र र नोकपा एसलाई चाररचार सिट तथा जसपा भने संख्या थप हुनुपर्ने अडानमा छन् । यी दलहरुबीच राष्ट्रिय सभा निर्वाचनमा विगतदेखि नै गठबन्धन गरेर जाने सहमति छ । ‘हामीबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर जान...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राजनीति
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ। त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अन्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ।...
देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेपछि रामचन्द्र पौडलले खोले मुख

देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेपछि रामचन्द्र पौडलले खोले मुख

राजनीति
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को आज खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताए । “पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास ग¥यौँ तर केही साथीहरूका व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए । “सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहे, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइन”, उनले भने, “१४औँ महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन ।” वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिए । कांग्रेस जनताको ब...
केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस

राजनीति
काठमाडौँ । नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ । अब मनोनित गर्न २३ जना बाँकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । काँग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गरेका छन् । १० मध्ये २ जना महिला परेका छन् । यसअघि, कार्यसमितिमा सभापतिसहित १ सय ३५ जना निर्वाचित हुँदा महिलाको संख्या ४१ थियो । निर्वाचित हुने ४१ जनामा सहमहामन्त्री एक, महि...
माओवादी महाधिवेशन : अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष र महासचिवमा कसले मार्ला बाजी ?

माओवादी महाधिवेशन : अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष र महासचिवमा कसले मार्ला बाजी ?

राजनीति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो । विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेका थिए । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका...
देउवाले गरे यी दश नेतालाई केन्द्रीय सदस्यमा मनोनित

देउवाले गरे यी दश नेतालाई केन्द्रीय सदस्यमा मनोनित

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । त्यस्तै केन्द्रीय सदस्यमा मनोनित हुनेमा डा प्रकाशशरण महत, डा नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, परराष्ट्रमन्त्री रहेका खड्का, मन्त्री रेग्मी र विश्वकर्माले महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिएनन् । पौडेल महाधिवेशनको निर्वाचन प्रक्रियामै सहभागी भएनन् । कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले महाधिवेशनमा देउवालाई सहयोग गरेका थिए । निधि र सिंह सभपातिका उम्मेदवार थिए । पहिलो चरणमा...
ललितानिवास प्रकरण : अधिकांश जग्गा तीन जनाका नाममा

ललितानिवास प्रकरण : अधिकांश जग्गा तीन जनाका नाममा

राजनीति
काठमाडौं : बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । सीआईबी उच्च स्रोतका अनुसार हिनामिना भएको सरकारी जग्गामध्ये सबैभन्दा बढी मीनबहादुर गुरुङका नाममा रहेको पाइएको छ । भाटभटेनी सुपरमार्केट्सका सञ्चालक गुरुङसँग मात्र ३६ रोपनी जग्गा रहेको पाइएको सीआईबीका उच्च अधिकारीले बताए...
राष्‍ट्रिय सभा निर्वाचन: माओवादीको महाधिवेशनका कारण साझा उम्मेदवार छनौटमा ढिलाइ

राष्‍ट्रिय सभा निर्वाचन: माओवादीको महाधिवेशनका कारण साझा उम्मेदवार छनौटमा ढिलाइ

राजनीति
काठमाडौँ - राष्‍ट्रिय सभाको निर्वाचन १२ माघमा हुँदैछ । निर्वाचनका लागि २० पुसमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता गर्ने कार्यसूची छ । उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकै आइसक्‍दा पनि सत्ता गठबन्धनमा आबद्ध दलहरूले उम्मेदवार चयन गर्न सकेका छैनन् । साझा उम्मेदवार बनाएर चुनावमा जाने तय भए पनि उम्मेदवार छनौटको विषयमा ढिलाइ भएको हो । नेकपा माओवादी केन्द्र महाधिवेशनमा होमिएका कारण उम्मेदवार छनौटमा ढिलाइ भएको नेताहरूको भनाइ छ । माओवादीको महाधिवेशन सकिएलगत्‍तै उम्मेदवारका विषयमा छलफल हुने सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिका एक सदस्यले बताए । उनकाअनुसार उम्मेदवार छनौटका विषयमा अनौपचारिक छलफल भए पनि औपचारिक छलफल भने हुन बाँकी छ। 'माओवादीको महाधिवेनका कारण गठबन्धनअन्तगतको राजनीतिक समन्वय समितिको बैठक बस्‍न सकेको छैन,' इकागजसँग उनले भने, 'अनौपचारिकरूपम...
शेरधन राईले मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि फिर्ता गरे सरकारी गाडी

शेरधन राईले मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि फिर्ता गरे सरकारी गाडी

राजनीति
काठमाडौं : प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवा सुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । 'गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,' दाहालले भने,'मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।' मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवा सुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवा सुविधा राईले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । राईकै कार्यकालमा काठमाडौंमा सम्पर्...
एमाले सम्झिएर रोइन् मन्त्री झाँक्री

एमाले सम्झिएर रोइन् मन्त्री झाँक्री

राजनीति
गुल्मी । शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन् । नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन् । एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन छ । त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’ ‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् । निर्वाचन भए एमाले पत्तासाप मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताइन् । मन्त्री झाँक्...