राजनीति

कांग्रेस सिन्धुपाल्चोको सभापति पदमा चुनाव लड्न उपप्राध्यापकबाट राजीनामा

कांग्रेस सिन्धुपाल्चोको सभापति पदमा चुनाव लड्न उपप्राध्यापकबाट राजीनामा

राजनीति
काठमाडौँ - कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापति पदमा चुनाव लड्नका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताइन् । हालै मात्र उनले विद्यावारिधि उपाधि हासिल गरेका हुन् । उनले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन् । लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरे...
माओवादी महाधिवेशनमा सामुदायिक शिक्षाको बहस चल्दै गर्दा शिक्षामन्त्रीकी छोरी अमेरिकातिर

माओवादी महाधिवेशनमा सामुदायिक शिक्षाको बहस चल्दै गर्दा शिक्षामन्त्रीकी छोरी अमेरिकातिर

राजनीति
काठमाडौँ– माओवादी केन्द्रको महाधिवेशनमा नेतृत्वलाई सुधार्ने विषयमा बहस भइरहेको छ । सामान्य जीवनशैली अपनाउनेदेखि छोराछोरी सामुदायिक विद्यालय, कलेजमा पढाउनुपर्ने छलफल चल्दै गर्दा शिक्षामन्त्री देवेन्द्र पौडेल ‘सुनील’ की छोरी गरिमा पौडेल उच्च शिक्षा अध्ययनका लागि अमेरिकातिर लागेकी छिन् । अमेरिकामै अध्ययनरत गरिमा यसबीचमा नेपाल आएकी थिइन् । गरिमाले अमेरिकाको एरिजोना राज्यको युनिभर्सिटी अफ फोनिक्समा अध्ययन गरेकी हुन् ।शिक्षामन्त्री समेत रहेका उनका बाबु देवेन्द्र पौडेल अहिले शिक्षामन्त्री छन् । छोराछोरी सामुदायिक विद्यालयमा पढाउने भनिएपनि अधिकांश माओवादी नेताका छोराछोरी महँगा निजी विद्यालय र विदेशमा अध्ययन गर्दै आएका छन् । यसैबीच माओवादी सुप्रिमो पुष्पकमल दाहालकै नाति देशकै महँगोमध्येको एक युलेन्स स्कुलमा अध्ययन गर्ने गरेको प्रसङ्ग बाहिरिएको थियो । माओवादीले द्वन्द्वकालमा बुर्जुवा शिक्षा ल...
मतले दिएको वरीयताभन्दा माथि कागजी वरीयता हुनै सक्दैन:  शेखर

मतले दिएको वरीयताभन्दा माथि कागजी वरीयता हुनै सक्दैन: शेखर

राजनीति
काठमाडौँ - नेपाली कांग्रेसले नेताहरुको वरीयता तोकेसँगै सभापतिका पराजित डा.शेखर कोइरालाले आफू वरीयतामा विश्वास नगर्ने प्रतिक्रिया दिएका छन् । उनले आफूलाई १८ सय बढी महाधिवेशन प्रतिनिधिले मत दिएर वरीयता तोकेको भन्दै कागजी वरीयतामा विश्वास नगर्ने बताएका हुन् । बिहीबार का‌ंग्रसले नेताहरूकाे वरीयता ताेकेपछि इकागजसँग कुरा गर्दै कोइरालाले मतले दिएको वरीयताभन्दा माथि कागजी वरीयता हुनै नसक्ने दाबी गरे । 'महाधिवेशन प्रतिनिधिले दिएको मत र मायाले म आफूलाई पहिलो वरीयतामै राख्छु, उहाँहरुले मेरो वरियता तोकिसक्नुभएको छ, पार्टीका साथीहरुले मलाई जुन वरीयतामा राखेपनि केही फरक पर्दैन् ।' कांग्रेसको परम्पराअनुसार सभापतिमा निकटतम प्रतिद्वन्दीलाई पार्टी वरियतामा दोस्रोमा राख्ने गरिएको छ । संस्थापनइतर समूहका नेताहरुले पनि कोइरालालाई तेस्रो वरियतामा राख्न सुझाव दिएका थिए । संस्थापनइतरका नेताहरुले वरिष्ठ नेत...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

राजनीति
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास पूरा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए । यस्ता छन् निर्णयहरू – कृषि तथा पशुपन्छि विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोगाम स्पेसिलिष्ट प्रोगाममा काम गर्न काजगमा खटाउने – निर्वाचन आयोग सम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने – सुर्खेत जिल्लाको साविक लेकफर्सा काफलकोट लेखपराजुल गाविसहरुको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना स...
काठमाडौँमा महाधिवेशन जारी रहँदा वर्षमानले चीनमा बढाए भेटघाट

काठमाडौँमा महाधिवेशन जारी रहँदा वर्षमानले चीनमा बढाए भेटघाट

राजनीति
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् । सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए । यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ । बिहीबारको भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए । नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनु पर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुन...
दलका विधान संविधानविपरीतः लगाम लगाउँदै निर्वाचन आयोग

दलका विधान संविधानविपरीतः लगाम लगाउँदै निर्वाचन आयोग

राजनीति
काठमाडौँ : संविधानसभाबाट आफैंले जारी गरेको संविधानविपरीत विधान बनाएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले लगाम लगाउन थालेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत विधान हुन नहुने व्यवस्थालाई बेवास्ता गर्दै आएका दललाई आयोगले सचेत गराउन थालेको हो। आयोगले नयाँ दल दर्ताका लागि विधान तयार पार्दा वा पहिले नै दर्ता भएका दलले अद्यावधिक गर्दा संविधान र कानुनलाई ध्यान दिन आग्रह गरेको छ। आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधानका केही शब्द संविधान र कानुनविपरीत रहेको भन्दै परिमार्जन गर्न पत्र पठाएको थियो। माओवादी केन्द्रले भने विधानमा भएका शब्द संशोधन नगर्ने अडानका साथ आयोगमा जवाफ पठायो। त्यसपछि आयोगले संविधानविपरीत हुने गरी लेखिएका शब्द नराखी विधान परिमार्जन गराएर मात्रै स्वीकृत गरेको छ। निर्वाचन आयोगको निर्णय नमान्ने माओवादी केन्द्रको अडान छ। सो दलको आठौं महाधिवेशनमा पनि आयो...
माओवादी नेताको सम्पत्तिमा प्रतिनिधिको आँखा !

माओवादी नेताको सम्पत्तिमा प्रतिनिधिको आँखा !

राजनीति
काठमाडौँ । विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । २५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् । र उनीहरुको सुझावको जवाफ प्रचण्डले भोलि दिने कार्यक्रम रहेको छ । उनले जवाफ दिनु अघि स्थायी कमिटीमा छलफल गर्नेछन् । अन्य राजनीतिक दलका महाधिवेशन विचार भन्दा नेतृत्व केन्द्रीत रहेको र पुराना र संसदवादी दलहरुको प्राथमिकता नेतृत्व चयन र गुटबन्दीमा मात्र रहेकाले विचार निर्माण गर्ने थलो महाधिवेशनलाई बनाउने उद्घोष प्रचण्डले गरेका थिए । त्यस अनुरुप उनले महाधिवेशनमा झडै तीन घण्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए । आफ्नो प्रतिवेदन पछि पार्टी रुपान्तरण हुने दाबी गरेका प्रचण्डला...
सम्पत्ति शुद्धीकरण विभागद्वारा प्रधानन्यायाधीश राणाको अकुत सम्पत्तिमाथि छानविन शुरु

सम्पत्ति शुद्धीकरण विभागद्वारा प्रधानन्यायाधीश राणाको अकुत सम्पत्तिमाथि छानविन शुरु

राजनीति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो । माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्काे विवाद छ । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेताहरूलाई समेटिने विषयमा खासै विवाद नरहे पनि महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषालले दाबी नछाडेपछि निर्वाचनको आवाज पल्लाभारी भएको हो । यी तीनमध्ये शर्मा र पुन बलियो देखिए पनि अध्यक्ष दाहालले कसलाई सिफारिस गर्छन्, यकिन छैन । माओवादी केन्द्रका नेता श्रीराम ढकालले अध्यक्ष दाहालले पेस गरेको ...
माओवादीमा निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

माओवादीमा निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

राजनीति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो । माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्काे विवाद छ । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेताहरूलाई समेटिने विषयमा खासै विवाद नरहे पनि महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषालले दाबी नछाडेपछि निर्वाचनको आवाज पल्लाभारी भएको हो । यी तीनमध्ये शर्मा र पुन बलियो देखिए पनि अध्यक्ष दाहालले कसलाई सिफारिस गर्छन्, यकिन छैन । माओवादी केन्द्रका नेता श्रीराम ढकालले अध्यक्ष दाहालले पेस गरेको ...
प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री-सांसद चार कार्यकाल, ७० वर्षे उमेर हद

प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री-सांसद चार कार्यकाल, ७० वर्षे उमेर हद

राजनीति
काठमाडौँ – माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर समूहगत निष्कर्ष सुनाउने काम सकिएको छ। आइतबार सुरु भएको महाधिवेशनमा दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गरेको माओवादीले बुधबार र बिहीबार बन्दसत्रमा निष्कर्षलाई प्रस्तुत गरेको नेता अमनलाल मोदीले जानकारी दिए। समूहगत छलफलका लागि सुरुमा २५ वटा समूह गठन गरिए पनि सम्पर्क मञ्च प्रदेशको दुईवटा समूहलाई एउटै समूहमा राखेपछि संख्या २४ वटा बनेको हो। प्रज्ञा भवनमा जारी बन्दसत्रमा बुधबार ११ र बिहीबार १३ वटा समूहका प्रमुखले निष्कर्ष प्रस्तुत गरेका थिए। प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्दै समूहले दुई कार्यकाल प्रधानमन्त्री एवं मन्त्री र सांसद चार कार्यकाल भन्दा बढी बनाउन नहुने सुझाव दिएका छन्। प...