राजनीति

एमाले भुत्ते फलामको डल्लो मात्र : माधव नेपाल

एमाले भुत्ते फलामको डल्लो मात्र : माधव नेपाल

राजनीति
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरेका हुन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्ते भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्ते भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौँ भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो...
राणालाई महाअभियोग लगाउन प्रधानमन्त्रीले सत्तारुढ दलसँग छलफल गर्ने

राणालाई महाअभियोग लगाउन प्रधानमन्त्रीले सत्तारुढ दलसँग छलफल गर्ने

राजनीति
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । उनले यसका लागि सत्तारुढ दलभित्र छलफल गर्ने बताएका छन् । बिहीबार डा.गोविन्द केसी लगायत अभियान्तासँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । डा.केसी र प्रधानमन्त्री देउवाबीच भएको ९ बुँदे नयाँ सहमतिको बुँदा नम्बर २ मा ‘चोलेन्द्र शमशेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने’ उल्लेख छ । बिहीबार बेलूकीसम्म बालुवाटारमा प्रधानमन्त्री देउवासँगै कांग्रेस महामन्त्री गगन थापा र डा.केसीसहित अभियान्ता मोहना अन्सारी लगायतको उपस्थिती थियो । साथै बाँकेकी निर्मला कुर्मीको हत्याको विषयमा सीआइबीलाई छानबिन गर्न जिम्मा दिने सहमति भएको छ । डा.केसीले गएको पुसमा प्रधानमन्त्री देउ...
गृहमन्त्रीलाई डिआइजीको चुनौती

गृहमन्त्रीलाई डिआइजीको चुनौती

राजनीति
काठमाडौं । गृह मन्त्रालयले गरेको सरुवा नेपाल प्रहरीका एक डिआइजीले अस्वीकार गरेका छन् । आफुलाई अपमान गरिएको भन्दै डिआइजी मुकुन्द आचार्यले सरुवा अस्वीकार गरेका हुन् । एक महिनाअघि गृह मन्त्रालयले आचार्यलाई लुम्बिनी प्रदेश कार्यालयको प्रमुखबाट लागू औषध अनुसन्धान ब्यूरोमा सरुवा गरेको थियो । पार्टीका नेताहरूको सिफारिसअनुसार काम नगरेको भन्दै उनलाई पाँच महिनामै लुम्बिनी प्रदेशबाट हटाइएको थियो । त्यसको क्षतीपूर्तिका लागि भन्दै ब्यूरोमा इन्चार्जका रुपमा पठाइएको थियो । तर, ब्यूरोमा डिआइजीको दरबन्दी नै थिएन । दरबन्दी नभएको ठाउँमा जान उनले अस्वीकार गरेका हुन् । इन्चार्जको लोभ छाडेर उनी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन् । कुनै गल्ती नगर्दा र राजनीतिक दलका नेताको अनुचित दबाब नमान्दा उनलाई अपमानजनक रुपमा हटाइएको थियो । खासगरी, कांग्रेस नेता देवेन्द्रराज कँडेललगायतको दबाबमा उनलाई हटाइएको स्रोत ...
यस्तो छ कांग्रेस नेताहरूको रोल नम्बर : शेखरभन्दा सुनिल थापा अगाडि

यस्तो छ कांग्रेस नेताहरूको रोल नम्बर : शेखरभन्दा सुनिल थापा अगाडि

राजनीति
काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवासँग पराजित डा.शेखर कोइरालाको वरीयता २०औँ नम्बर कायम भएको छ । नेपाली कांग्रेसले सबै नेताको वरीयता तोकेर सार्वजनिक गरेको विवरणमा कोइरालाको वरीयता २० नम्बर उल्लेख छ । सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित कोइरालाभन्दा अगाडि राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन् । थापाको वरीयता नम्बर १९ छ । १४औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने कोइराला सभापतिमा पराजित भएकोले स्वत: केन्द्रीय सदस्य बनेका हुन्। यसअघि सभापतिमा पराजित हुने उम्मेदवारलाई दोस्रो/तेस्रो वरीयतामा राख्ने कांग्रेसको परिपाटी भए पनि देउवाले यसपटक शेखरलाई २०औँ नम्बरमा राखेका हुन् । कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा पराजित देउवालाई तेस्रो वरीयतामा राखेका थिए । पार्टी विभाजनपछि भएको ११औँ महाधिवेशनमा पराज...
माओवादी महाधिवेशन : मोबाइल खोसेपछि बर्दियाकी प्रतिनिधि मेनुका चौधरी आक्रोशित

माओवादी महाधिवेशन : मोबाइल खोसेपछि बर्दियाकी प्रतिनिधि मेनुका चौधरी आक्रोशित

राजनीति
काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र हलमै मोबाइल खोसेको भन्दै बर्दियाकी प्रतिनिधि मेनुकाकुमारी चौधरी आक्रोशित भएकी छन् । महाधिवेशनस्थल नजिकै रहेको मिडिया सेन्टरमा आएर उनले आक्रोश पोखिन् । आफ्नो तस्बिर खिँच्दा समूहगत छलफलको निष्कर्ष सुनाउने प्रज्ञा प्रतिष्ठानको मुख्य हलबाट निकालिएको भन्दै आक्रोश पोखिन । वाइसीएल अध्यक्ष बोलाएर उनले असन्तुष्टि जनाइन् । उनी सातौं महाधिवेशनमा हेटौंडामा पनि प्रतिनिधि थिइन् । आफूभन्दा जुनियर प्रतिनिधि बसिरहेको, वाइसीएल र भित्र बसेकाले नै अडियो भिडियो लिक गरेको तर आफूले प्रतिनिधिसँग आफ्नो तस्बिर खोज्दा वाइसीएलका स्वयंसेवकले निकालेको भन्दै आक्रोश पोखेकी हुन् । उनी आक्रोशित भएपछि रामप्रसाद सापकोटा दिपशिखा आएर शान्त पारेका छन् । अब यस्तो व्यवहार सुधार्ने उनले प्रतिबद्धता जनाए ।...
राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा : लिङदेन

राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा : लिङदेन

राजनीति
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्। अध्यक्ष लिङदेनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए। स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे। अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे। उनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए। उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे। अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक...

महासचिवमा प्रचण्डको पहिलो रोजाइ को?

राजनीति
काठमाडौंः नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा चलिरहेको छ। जारी महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने बहस राजनीति वृत्तमा व्यापक बनेको छ। माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो। जारी महाधिवेशनमा महासचिवका लागि ६ जनाले दाबी गरेका छन्। माओवादी स्रोतका अनुसार कृष्ण बहादुरमहरा, वर्षमान पुन ‘अनन्त’, पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’, गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल महासचिवका आकांक्षी हुन्। तर प्रचण्डले वर्षमान, जनार्दन र पम्फामध्ये एकलाई महासचिवको जिम्मेवारी सुम्पिने तयारी गरेको बताइन्छ। त्यसो त पूर्वसभामुखसमेत रहिसकेका कृष्णबहादुर महारले आफूलाई महासचिव बनाउनुपर्ने कडा सर्त राखेका छन्। उनले पहिलो नम्बरमा महासचिव र त्यो नभए वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने माग प्रचण्डसँग राखेको स्रोतको दाबी छ। महरा यसअघि नै महासचिव...
मन्त्रीले पूर्वाग्रह साँधेका पर्यटन बोर्डका सीईओलाई अदालतले दियो न्याय

मन्त्रीले पूर्वाग्रह साँधेका पर्यटन बोर्डका सीईओलाई अदालतले दियो न्याय

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओे) धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाग्रही रुपमा सीईओ रेग्मीलाई निलम्बन गरेको थियो । पर्यटन बोर्डमा छोटो समयमै राम्रा कामको थालनी गरेका रेग्मीलाई हटाउन मन्त्री आलेले विभिन्न प्रपञ्च रच्दै आएका छन् । आलेकै योजना अनुसार पुस २ गते मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट दिएका थिए । बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले उनको निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले रे...
गण्डकीमा मन्त्रीलाई जिम्मेवारी दिन अनुसूची परिवर्तन

गण्डकीमा मन्त्रीलाई जिम्मेवारी दिन अनुसूची परिवर्तन

राजनीति
पोखरा - गण्डकी प्रदेशमा विगत २ महिनादेखि विनाविभागीय मन्त्री रहेका दोबाटे विश्वकर्मालाई जिम्मेवारी दिन कार्यविभाजन नियमावलीको अनुसूची परिवर्तन गरिएको छ । सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले मंसिर २० र पुस १२ गते बसेको मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अनुसूची हेरफेर गर्ने प्रस्ताव स्वीकृत गरेको बताए । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका खड्काले अनुसूची परिवर्तन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै रहेको आन्तरिक मामिला मन्त्रालयलाई निकालिएको बताए । ‘मन्त्रिपरिषद्को बैठकमा त्यस मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भएको छैन,’ प्रवक्ता खड्काले भने, ‘मुख्यमन्त्री ज्यूको अधिकार भित्रको कुरा हो उहाँले आफैंले सोचेर जिम्मेवारी दिन सक्नुहुन्छ ।’ मुख्यमन्त्रीको पछिल्लो मनासय बुझ्दा डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने...
खस क्षेत्री एकता समाजद्वारा मन्त्री श्रेष्ठको ध्यानाकर्षण

खस क्षेत्री एकता समाजद्वारा मन्त्री श्रेष्ठको ध्यानाकर्षण

राजनीति
काठमाडाैँ : खस क्षेत्री एकता समाज र विश्व मष्ट धर्म महासंघले संयुक्तरुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई सफल कार्यकालको बधाई दिँदै समाज र महासंघले संयुक्तरुपमा नीति तथा कार्यक्रम मा अघिल्ला सरकारले गरेका सम्झौता प्राथमिकताका साथ कार्यन्वयन गर्न ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसै सन्दर्भमा खस क्षेत्री एकता समाजसँग सरकारले गरेका चार बुँदे सम्झौता आजसम्म कार्यन्वयन नभएकोले सम्झौता कार्यन्वयन गर्दै खस जातिमाथिको राज्यद्वारा थोपारिएको अन्यायपूर्ण विभेद अन्त्य गरोस भन्ने हामी जोडदार माग गर्दछौ।...