मुख्यमन्त्री राउत नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत छन् : विनय यादव
राजविराज । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत मियाँले नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत रहेको आरोप लगाएका छन् ।
सप्तरी जिल्लाको सदरमुकाम राजविराजस्थित बुद्धिजीवीहरुसँग अभियानको छलफल कार्यक्रममा अध्यक्ष यादवले मुख्यमन्त्री राउतमाथि यस्तो आरोप लगाएका हुन् ।
मधेशी, दलित, जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागि संघीय गणतन्त्र स्थापना भएको र यसै संविधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप संविधानलाई संघीय हिन्दू गणतन्त्र बनाउने आवश्यकता रहेको समेत उनले बताए ।
अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भइरहेको र त्यसैको सेरोफेरोमा मुख्यमन्त्री राउतले मदरसा विधयेक लागू गर्न खोजेको आरोप लगाए ।
उनले भने, 'पाकिस्तानी आईएसआईका एजेन्टको रूपमा मुख्यमन्त्रीले काम गरिरहेको र तिनको संरक्षण जसपा अध्यक्ष उपे...








