राजनीति

माओवादी महाधिवेशन : २५ समूहले थाले राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल

माओवादी महाधिवेशन : २५ समूहले थाले राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल

राजनीति
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ । सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ । महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो । माओवादी केन्द्रका अनुसार तल उल्लेखित स्थानमा समुहगत छलफल हुनेछ । समूह १ सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च छलफलको स्थान : प्रज्ञा भव...
शेखरको वरीयताबारे पार्टीभित्रै चर्कियो विवाद, अर्जुननरसिंह केसीले जनाए आपत्ति

शेखरको वरीयताबारे पार्टीभित्रै चर्कियो विवाद, अर्जुननरसिंह केसीले जनाए आपत्ति

राजनीति
काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालाको पार्टीको अबको वरीयताको विषयमा विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले यसअघिको परम्परा तोड्दै शेखरको वरीयता २०औँ नम्बरमा पुर्‍याइदिएपछि कांग्रेसभित्र विवाद बढेको हो। केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि यसबारे आपत्ति जनाएका छन् । उनले राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेका वरीयताले होइन जनता र आम कार्यकर्ताको मूल्यांन र विश्वासमा निर्भर रहने बताएका छन् । ‘राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेको वरीयताले होइन जनता र आम कार्यकर्ता साथीहरूको मूल्यांकन र विश्वासमा निर्भर हुन्छ,’ जोशीले पुराना जानकारीसहित ट्वीटरमा लेखेका छन्, ‘यसरी पार्टी पंक्ति निर्धारणका परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु अनुपयुक्त हो, तसर्थ निश्चित मापदण्डको लागि निस्पक्ष र खुला विवेचना गरौँ।’ राजनीतिक व...
शेखर काेइरालाले खुलाए चुनाव हार्नुकाे यस्ताे कारण, शशांक र सुजाता निराश

शेखर काेइरालाले खुलाए चुनाव हार्नुकाे यस्ताे कारण, शशांक र सुजाता निराश

राजनीति
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् । १४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् । कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको तर्क रहेको थियो । उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ-बहिनी तथा नेतालाई मिलाउन नसक्दा हार व्यहोर्नु परेको बताए । स्रोतका अनुसार शेखरको यस्तो अभिव्यक्तिले शशांक र सुजाता निराश भएका छन् । उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले ...
के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

राजनीति
काठमाडौँ। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको छ । ती समूहमा छलफल पछिको निष्कर्षलाई समावेश गर्दै प्रतिवेदनले अन्तिम रुप पाउने छ । पार्टी एकता, अदालतको फैसला, एकता भंग हुनाको कारण, प्रचण्डपथ, पार्टी कमजोर हुनाको कारण सहित विश्व परिस्थिति, जलवायु परिवर्तन र आगामी कार्यदिशा लगायतका विषयमा राजनीतिक प्रतिवेदनमा व्याख्या गरिएको छ । के छ प्रचण्डको प्रतिवेदनमा ? प्रचण्डले प्रतिवेदनमा देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीको बारेमा उल्लेख गरेका छन् । प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेको उल्लेख गरेका छन् । राजनीतिक शक्तिहरूका बीचमा नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन...
माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट

माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट

राजनीति
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएकाे महाधिवेशन बिहान ११ बजेका लागि तय भएकाे छ । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेकाे छ। १६ सय बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।...
वामदेवले गरे प्रचण्डकाे प्रशंसा

वामदेवले गरे प्रचण्डकाे प्रशंसा

राजनीति
काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'काे प्रशंसा गरेका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीकाे आठाैं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनकाे प्रशंसा गरेका हुन् । सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएकाे छ, 'उहाँकाे मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नाे मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनकाे तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयाे ।'...
पुस १३ गते विभिन्न पार्टीसँग एकता गर्ने माधव नेपालको उद्घोष

पुस १३ गते विभिन्न पार्टीसँग एकता गर्ने माधव नेपालको उद्घोष

राजनीति
दाङ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन्। दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं। स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।' कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनले बताए। अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताए। उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए। 'तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन। तर साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं,' उनल...
माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ। पार्टी स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए । सम्मेलनको तयारीस्वरुप शनिबार अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए । माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार विहान ८ बजे बस्दैछ ।...
यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका चार निर्णय

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका चार निर्णय

Featured, राजनीति
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चार वटा निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । उनका अनुसार बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिने देखि निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्मको अधिकार दिने बारे निर्णय गरेको छ । बैठकबाट पारित निर्णयको पूर्णपाठ पुस १०, २०७८ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भयो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ । १) नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...
कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

Featured, राजनीति
काठमाडौँ। नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापति पक्षका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे । कांग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । सभापतिमा कृष्ण प्रसाद यादव निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो । १ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।...