राजनीति

यी हुन् चुनाव जित्ने कांग्रेस शीर्ष नेताका पत्नी

यी हुन् चुनाव जित्ने कांग्रेस शीर्ष नेताका पत्नी

राजनीति
काठमाडौं : नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेताका पत्नी निर्वाचित भएर आएका छन् । पदाधिकारीमा युवाको दबदबमा रहेको नयाँ केन्द्रीय समितिमा शीर्ष नेताका पत्नीदेखि छोराछोरीसम्म प्रतिस्पर्धामा थिए । सुरुमा त सभापति शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाईसमेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपालि केन्द्रीय सदस्यमा चुनाव लडिन् । खुला महिलातर्फ तीन नम्बरमा २५३६ मतसहित निर्वाचित भइन् । १५औं महाधिवेशनमा आरजु महामन्त्रीमा उठ्दै देउवाको विरासत अगाडि बढाउने चर्चा कांग्रेसमा छ । दोस्रोमा गृहमन्त्री एवं सर्वाधिक तेस्रो मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित बालकृष्ण खाणकी पत्नीले पनि चुनाव...
राजेन्द्र लिङ्देनलाई झापाबाटै विश्वप्रकाशको सुझाव : ‘राजतन्त्र फर्काउने भ्रम त्यागौं’

राजेन्द्र लिङ्देनलाई झापाबाटै विश्वप्रकाशको सुझाव : ‘राजतन्त्र फर्काउने भ्रम त्यागौं’

राजनीति
झापा । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्लामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै नेपालीले राजतन्त्र पनि खेपिसकेको बताए । ‘राजालाई हामीले नबोकेको हो ? भागेर दिल्ली गएका राजालाई काँधमा बोकेर ल्याउने पनि कांग्रेस, राजा वीरेन्द्रको वंशनास हुँदा ढुंगामुडा सहेर पनि गद्दी बसाउने कांग्रेस,’ उनले भने, ‘राजाले कांग्रेसको काँधमा बस्ने अनि लोकतन्त्रमाथि प्रहार गरेको पनि देखियो । अहिलेको व्यवस्था ठीक छ । कोही जनताको छोरी राष्ट्रपति बनिन् । मधेशमा हुर्किएका रामवरण यादव यो देशको राष्ट्रपति भए । के मधेशको सम्मान र स्वाभिमान बढेको छैन ? भोजपुरको गाउँमा कम्युनिस्ट आन्दोलनकी सदस्य भएर काम गरिरहेकी विद्या भण्डारी देशको राष्ट्रपति बन्दा महिलाको सम्मान ...
माओवादी प्रदेश १ अधिवेशन : अर्थमन्त्री शर्माका स्वकीय सचिव नेम्वाङ अध्यक्षमा निर्वाचित

माओवादी प्रदेश १ अधिवेशन : अर्थमन्त्री शर्माका स्वकीय सचिव नेम्वाङ अध्यक्षमा निर्वाचित

राजनीति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए । तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए ।९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उम्मेदवारी परेको थियो निर्वाच...
कांग्रेस प्रदेश २ अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

कांग्रेस प्रदेश २ अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

Featured, राजनीति
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो । जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच स...
देउवा झन् शक्तिशाली

देउवा झन् शक्तिशाली

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् । यसैगरी, सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूहबाट दुई जना निर्वाचितबन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिअनुसार अब ३८ पदको परिणाम आउन बाँकी छ । सभापति देउवा समूहबाट सभापति, एक उपसभापति र ६ जना सहमहामन्त्री गरी पदाधिकारीतर्फ मात्रै आठ जना निर्वाचित भएका छन् । पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी चार जना कोइराला समूहबाट निर्...
एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ!

एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ!

राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कार्यप्रति आक्रोश व्यक्त गरेका हुन्। एमालेले पार्टीका तत्कालिन सांसदहरु माधव कुमार नेपाल सहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ। एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेको छ। सोही प्रकरणलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमालेको चर्को आलोचना गरेका हुन । भट्टराईले पार्टी फुटेको रिस र केपी ओलीको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन्। भट्टराईले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘पार्टी फुटेको रिस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक ...
महरा र वर्षमानकाे अडानले माओवादी लुम्बिनीमा नेतृत्व छान्न सकस

महरा र वर्षमानकाे अडानले माओवादी लुम्बिनीमा नेतृत्व छान्न सकस

राजनीति
बुटवल : नेकपा (माओवादी केन्द्र)का दुई नेताकाे स्वार्थ बाँझिदा सम्मेलन सकिएको चार दिनसम्म पनि लुम्बिनी प्रदेशमा नेतृत्व टुंगो लाग्न सकेकाे छैन । पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नाे मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेकाे हाे । महराले तुलसीराम पुन र वर्षमानले सुदर्शन बराललाई अध्यक्षमा अघि सारेका हुन् । तुलसीराम दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुन् । महराले गत निर्वाचनमा साेही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । बराल गुल्मीका भए पनि उनको राजनीतिक सम्पर्क रोल्पाका वर्षमानसँग छ । माओवादीका तत्कालीन नेता रामबहादुर थापा 'बादल'सँग निकट मानिने उनी पनि थापा एमालेमा गएपछि दाेधारमा परेका थिए । तर, वर्षमानकै जोडबलमा माओवादीमै रहे । लुम्बिनी प्रदेश...
सबैको ध्यान कांग्रेस महामन्त्रीमा, कसले मार्ला बाजी ?

सबैको ध्यान कांग्रेस महामन्त्रीमा, कसले मार्ला बाजी ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा चयन भएका छन्। पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटेपछि दोस्रो चरणको मतदानमा शेखर कोइरालाई पछि पार्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। त्यस्तै उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरुङ विजयी भएका छन्। सभापति र उपसभापतिको टुंगो लागेसँगै हाल सबैको ध्यान महामन्त्री को बन्ला भन्नेतिर खिचिएको छ। २ महामन्त्रीका लागि ६ चर्चित युवा नेताहरुको उम्मेदवारी परेको छ। महामन्त्री पदमा डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। मतदान भइसकेको छ भने अब त्यसको गणना पनि शुरु हुँदैछ। कांग्रेस महामन्त्री रेसमा रहेका युवा नेताहरु पछिल्ला समय चर्चामा रहेका नेताहरु हुन्। कांग्रेसलाई गति दिन सक्ने नेताका रुपमा आशा गरिएका उनीहरुको महामन्त्री पदको ...
कांग्रेस महामन्त्रीको मतगणना सुरु हुँदै

कांग्रेस महामन्त्रीको मतगणना सुरु हुँदै

Featured, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए। सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइकसेका छन् । सभापतिबाहेक अन्य पदको मतग...
गच्छादारलाई २ मतले हराउँदै उपसभापति बनेपछि धनराज गुरुङले के भने ?

गच्छादारलाई २ मतले हराउँदै उपसभापति बनेपछि धनराज गुरुङले के भने ?

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए। खड्का सर्वाधिक मत ल्याएर विजयी हुँदा गुरुङले भने अर्को प्रतिस्पर्धी विजय गच्छादारलाई २ मतको अन्तरले मा हराए। उपसभापतिमा निर्वाचित भएपछि गुरुङले सभापति शेरबहादुर देउवाको अनुभव र आफूहरुको जोश, जाँगरका आधारमा पार्टी अगाडि बढ्ने बताएका छन्। पार्टीमा अब निर्वाचनका क्रममा बनेका प्यानल नरहने बताउँदै उनले सबै मिलेर पार्टीलाई एकढिक्का बनाउने जानकारी दिए। ‘सभापतिको अनुभव र हाम्रो जोश जाँगरले पार्टी रुपान्तरण हुन्छ’ उनले भने, ‘अब सभापतिज्यूले पनि हामीलाई न्यायोचित जिम्मेवारी दिनुपर्छ, हामी पनि भागवण्डा खोज्दैनौं।’ निर्वाचनमा हारजित स्वाभाविक हुने भन्दै उनले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताए। ‘निर्वाचनमा एक पक्षले जित्छ, अर्को पक्षले हार्छ। यसलाई स्वभाविक रुपमा स्वीकार गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर...