राजनीति

कांग्रेस उपसभापतिमा देउवा निकट खड्का र शेखर प्यानलका गुरुङ विजयी

कांग्रेस उपसभापतिमा देउवा निकट खड्का र शेखर प्यानलका गुरुङ विजयी

Featured, राजनीति
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदमा नेताद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजयी भएका छन् । बुधबार राति सम्पन्न मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार गुरुङसँग कम मत अन्तरले अन्तरले पराजित भए । मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।...
२३०० मतगणना : धनराजको अग्रता कायमै, खड्का र भण्डारीबीच कडा प्रतिस्पर्धा, कसको कति मत ?

२३०० मतगणना : धनराजको अग्रता कायमै, खड्का र भण्डारीबीच कडा प्रतिस्पर्धा, कसको कति मत ?

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ। हालसम्म २३०० सय मत गनिएको निर्वाचन समितिले जानकारी दिएको छ। मतगणनामा धनराज गुरुङ्गले अग्रता कायमै राखेका छन्। उनले ९६० मत ल्याएका छन्। दोस्रो स्थानमा डा चन्द्र भण्डारी रहेका छन्। उनले ८७० मत प्राप्त गरेका छन्। त्यस्तै पुर्ण बहादुर खड्काले ८४० मत ल्याउँदा विजयकुमार गच्छदारले ६६० मत ल्याएका छन्। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका चयनका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई साथ दिएका थिए। उपसभापतिको मतगणना सकिएपछि बिहीबार महामन्त्रीको मतगणना हु...
एमसीसी संसदमा पेस नगर्न चिनियाँ दबाब

एमसीसी संसदमा पेस नगर्न चिनियाँ दबाब

राजनीति
काठमाडौं । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न संसदमा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दवाब दिएको छ । चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दवाब दिएको हो । चीन सरकारका अधिकारीहरुले नेपालाक ठूला भनिएका सबै दललाई संसद्मा एमसीसी पेस नगर्न दवाब दिएको स्रोतको दाबी छ । सरकारले संघीय संसदको चालु अधिवेशनमा एमसीसी पेस गर्ने तयारी गरेको छ । संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ । सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल-चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसीसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले बतायो । चिनियाँ कम्युनिस्ट पार्...
शिर झुकाउन परे झुकाउन तयार छौँ, तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

शिर झुकाउन परे झुकाउन तयार छौँ, तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

राजनीति
काठमाडौं : भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-नेपाल सम्बन्धलाई विगार्न शक्ति केन्द्रहरु लागेको भन्दै दुई देश बिचको सम्बन्ध बिग्रन नदिने बताएका छन्। भारतको देहरादुनमा महिना दिन लामो शहीद सम्मान यात्राको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएको एएनआईले जनाएको छ। ‘त्यहाँ केही त्यस्ता शक्तिहरु छन् जसले नेपालसँग भारतको सम्बन्धलाई बिगार्न चाहन्छन्। सरकारको एक प्रतिनिधिको हैसियतले म तपाईँहरुलाई भन्न चाहन्छु कि यदि हामीले शिर झुकाउन परे हामी त्यसका लागि तयार छौँ। तर, हामीले हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिने छैनौँ,' उनले भने।...
कांग्रेस महाधिवेशन दोस्रो राउण्डमा प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

कांग्रेस महाधिवेशन दोस्रो राउण्डमा प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

Featured, राजनीति
काठमाडौं । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ । पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत मात्र पाएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याए पनि उनको पक्षमा ५० प्रतिशत मत नपुगेपछि दोस्रो राउण्डमा सबैभन्दा बढी ल्याउने देउवा र शेखरबीच भिडन्त हुने भएको हो । सिंह निधि र गुरुङ भने अबको प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन् । ४७ सय ४३ मतदातामध्ये सोमबार भएको मतदानमा ४ हजार ६ सय ८० मत खसेको थियो ।...
देउवाले पाएनन् बहुमत, दोस्रो चरणमा कोइरालासँग पुनः प्रतिस्पर्धा

देउवाले पाएनन् बहुमत, दोस्रो चरणमा कोइरालासँग पुनः प्रतिस्पर्धा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन्। त्यसकारण अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । अब आउट भएका उम्मेदवारहरुले कसलाई सहयोग गर्छन् त्यो भने हेर्न बाँकी छ।...
३७३९ मत गनियो : देउवाले ल्याए १७९८ मत, अरुले कति ?

३७३९ मत गनियो : देउवाले ल्याए १७९८ मत, अरुले कति ?

Featured, राजनीति
काठमाडौं । कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म ३ हजार ३ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । सोमबार बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
कांग्रेस महाधिवेशन : देउवा ३ सयभन्दा बढी मतले अगाडि

कांग्रेस महाधिवेशन : देउवा ३ सयभन्दा बढी मतले अगाडि

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानकाके मतगणना जारी छ। अहिलेसम्म ३१७७ मत गनिसक्दा देउवाले १५०७ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११६४ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १९० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १६ मत मात्र प्राप्त भएको छ । सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।...
३१८१ मत गनियो : देउवाको अग्रता कायम

३१८१ मत गनियो : देउवाको अग्रता कायम

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ। कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार यो खबर लेख्दासम्म ३१८१ मत गनिसकिएको छ। जसअन्तर्गत अहिलेसम्मको परिणाम यस्तो छः शेरबहादुर देउवा – १५०६ शेखर कोइराला –११७८ प्रकाशमान सिंह – २५४ विमलेन्द्र निधि – १७३ कल्याण गुरुङ –१५...
कांग्रेसमा नयाँ ट्विस्ट : देउवा प्यानलमा शशांकको नाम

कांग्रेसमा नयाँ ट्विस्ट : देउवा प्यानलमा शशांकको नाम

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व रस्साकस्सीमा नयाँ ट्विस्ट आएको छ। संस्थापन इतर समूहका नेता शशांक कोइरालाको नाम संस्थापन समूहमा राखिएपछि कांग्रेसवृत्तमा हल्लाखल्ला भएको छ। १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको पाइएको छ। केही समयअघिसम्म शशांक आफैं संस्थापनइतर पक्षबाट आफै सभापतिमा दाबी गरिरहेका थिए। पछि साझा उम्मेदवारका लागि उनी ब्या भए। तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट बनेका थिए। शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गएका थिएनन्। त्यतिमात्र हैन शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि उनी आएका थिएनन्। उम्मेदवारी दर्ता गर्नु केही समयअघि उनी देउवालाई भेट्न बालुवाटार पनि प...