राजनीति

एमालेमा कतै नअटाएका रावलले झोक्किँदै दिए यस्तो प्रतिक्रिया

एमालेमा कतै नअटाएका रावलले झोक्किँदै दिए यस्तो प्रतिक्रिया

राजनीति
काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयमा खेद प्रकट गरेका छन्। उनले बैठकले गरेका मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको प्रतिक्रिया दिएका छन्। ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो,’ ट्वीट गर्दै नेता रावलले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो।’ आइतबार मनोनीत गरिएको केन्द्रीय सदस्यमा रावलको नाम समावेश गरिएको थिएन।...
कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला

कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला

Featured, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा केन्द्रित हुने बताएका छन् । मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रित हुने बताए। ‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं,’ उनले भने, ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ। हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।’ कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताए। आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुनः सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद रहेको उनले बताए । ...
रामचन्द्रले शेखरलाई साथ दिने बताएपछि देउवा परे संकटमा

रामचन्द्रले शेखरलाई साथ दिने बताएपछि देउवा परे संकटमा

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि छ जनाले उम्मेदवारी दिएका छन्। जसमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाले मात्रै पूर्ण टिमसहित मैदानमा उत्रिएका हुन्। देउवालाई शेखर मैदानमा उत्रिएपछि भने निकै ठूलो संकट परेको छ। सुरुमा सिटौलाको साथले पुग्ने आँकलन गरेका देउवाले शेखरको टिम हेर्दा भने देउवा निराश बनेका छन्। उनले रामचन्द्रको साथ खोज्न शनिबार राति बोहराटार पुगेका थिए। रामचन्द्र पौडेलले भने आफूले शेखर कोइरालालाई साथ दिने प्रतिक्रिया दिएपछि देउवा थप सकसमा परेका छन्। देउवा टिमभित्र व्यापक असन्तुष्टि पनि देउवालाई कमजोर बनाउने अर्को कारण हो। तर, देउवा समूहमा रहेर देउवाको चाकरी गर्नेहरुले भने प्रकाशमान पनि उम्मेदवार भएकोले शेखर कमजोर हुने ब्रिफिङ गरिरहेका छन्। तर, त्यो ब्रिफिङ निकै फितलो र निर्वाचनको समीकराणीय धरातलमा आधारित छैन। संस्थापनइतर समूहका साझा उम्मेदवार अहिले शेखर को...
यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह प्यानलसहित मैदानमा छन् भने विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले एकल उम्मेदवारी दिएका छन्। छ जना उम्मेदवारहरुमध्ये डा. शेखर कोइरालाले अब्बल टिम छनोट गरेका छन्। शेखर कोइराला बीपीको लिगेसी उनबाट नै राजनीति सिकेका व्यक्ति भएको र विभिन्न आन्दोलनहरुमा अह्म भूमिाका खेलेका पात्र हुन्। उनले लामोसमयदेखि बीपीको म्यासेन्जरको रुपमा काम गरेका थिए भने शान्ति सम्झौता गर्ने क्रममा गिरीजालाई लिएर दिल्ली लैवाने पात्र पनि शेखर नै हुन्। संस्थापनइतरले साझा उम्मेदवार तय गर्न लामो रस्साकस्सी र छलफलहरु गरेको भए पनि अन्तमा साझा उम्मेदवार चयन गर्न प्रकाशमान बाधक बनेपछि शेखर र प्रकाशमानको साझा उम्मेदवारी परेको हो। तर, पनि शेखरले जित्ने आधारहरु स्पष्ट देखिएका छन्। ...
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, यी हुन् एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, यी हुन् एजेण्डा

राजनीति
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज आइतबार बिहान बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्नेछ। शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो । त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ । बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।...
पौडेल निवासमा देउवाको ४५ मिनेट वार्ता : देउवाले भने– मलाई सहयोग गर्नुहोस्

पौडेल निवासमा देउवाको ४५ मिनेट वार्ता : देउवाले भने– मलाई सहयोग गर्नुहोस्

Featured, राजनीति
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् । शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गरेका हुन् । ‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले न्युज कारखानासँग भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’ उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए । शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताए...
कांग्रेस महाधिवेशन : यी हुन् महामन्त्रीमा टिक्न नसकेका नेता

कांग्रेस महाधिवेशन : यी हुन् महामन्त्रीमा टिक्न नसकेका नेता

राजनीति
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केही नेताले आफ्नो उम्मेदवारी महामन्त्री पदमा भन्दै महाधिवेशन उद्घाटन अघि देखि दाबी गर्दै आएका थिए । तर, अन्तिम समयमा भने उनीहरु महामन्त्रीबाट सहमहामन्त्रीमा होइन सिधै केन्द्रीय सदस्य पदमा झरे । खासगरी संस्थापन पक्षबाट महामन्त्रीमा धेरैको आकांक्षा थियो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । त्यसैगरी अहिलेका सहमहामन्त्री प्रकाशशरण महतको पनि दाबी थियो । प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की पनि आकांक्षी थिए । सबै नेताले आफू महामन्त्रीको दाबेदार भन्दै प्रचार गरिरहेका थिए । प्रचार प्रसारमा एनपी साउद अग्रपंक्तिमा थिए । उनी सम्पर्क कार्यालय खोलेरै प्रचारमा लागेका थिए । तर, देउवा समूह...
बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने, अन्तिम नामावली पनि आजै

बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने, अन्तिम नामावली पनि आजै

Featured, राजनीति
काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । समितिले शनिबार राति उम्मेदवारकाे प्रथम नामावली प्रकाशन गरिसकेकाे छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाकाे उम्मेदवारी परेकाे छ । सभापतिमा मात्र ६ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएकाे समितिले जानकारी दिएकाे छ । आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, महेन्द्र पुलिस ...
कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली सार्वजनिक (सूचीसहित)

कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली सार्वजनिक (सूचीसहित)

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ । सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ। दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्। दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। जसमा गगनकुमार थापा, डा मिनेन्द्र...
माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

राजनीति
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो । प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन । अधिवेशनलाई दिउँसो एक बजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ । सातबटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् । माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडाैंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।...