कोरोना बढ्दै गएपछि माधव नेपालको ४ बुँदे अपील

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभर बढिरहेको कोरोना भाइरस संक्रमण बढेकाले पार्टीका बैठक तथा भेलाहरु गर्दा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिल जारी गर्दै अध्यक्ष नेपालले पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेकाले सवै नेपालीलाई सचेत हुन अनुरोध पनि गरेका छन् ।

अध्यक्ष नेपालले पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न चार बुँदे निर्देशन जारी गरेका छन् ।

‘थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउँडो छोपिने गरी मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ’, अध्यक्ष नेपालले जारी गरेको निर्देशनमा भनिएको छ, ‘सार्वजनीक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागी हुने व्यवस्था गर्न÷गराउन निर्देशन गरिन्छ । ’

त्यस्तै उनले संक्रमण दर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरू कडाइका साथ पालना गर्न÷गराउन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरू हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ’, नेपालको निर्देशन छ ।

अपीलमा एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टी पङ्क्ति परिचालित हुन निर्देशन दिएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.