आज प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा एमसीसीमाथि छलफल हुने छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ। गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.