राजनीति

चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

राजनीति
काठमाडौं । काठमाडौं पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि तीव्र ढंगले बढिरहेको छ । नेपालले लिने नीति र पक्षमा चीनले चासोसमेत दिँदै आएको छ । त्यति मात्र होइन, नेपालमा हरेक महिना उच्चस्तरको चिनियाँ प्रतिनिधिमण्डल भ्रमणमा आइरहन्छन् । त्यसैले अहिले चीनले नेपालमा किन यति धेरै चासो राखिरहेको छ भन्नेतर्फ सबैको ध्यान गएको छ । कतिसम्म कोभिड महामारीको बेला विभिन्न देशमा हवाई उडान बन्द गरेको र विदेशी पाहुनालाई आफ्नो देशमा आमन्त्रण नगर्ने चीनले नेपालमा भने आफ्ना दूतहरू पठाइरह्यो । चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन सकिएको दुई साताभित्रै नेपालमा उच्चस्तरका नेता आउन लागेका छन् । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन शुक्रबार नेपाल आउने भएका छन्। पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबहाकले चिनियाँ मन्त्री छय्ुन चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्ने बताए । निर्व...
किरणले मतदातालाई भने पुर्ण बहादुरलाई भोट हालौ

किरणले मतदातालाई भने पुर्ण बहादुरलाई भोट हालौ

राजनीति
काठमाडाैं ।  युवा नेता रवि किरण हमालले सुर्खेत प्रतिनिधिसभा सदस्य उम्मेदवार पुर्ण बहादुर खड्कालाई भोट हाल्न अनुरोध गरेका छन् ।सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न वडा र टोलमा गएर किरणले काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्कालाई भोट मागिरहेका छन् , सिम्ता किरणको जन्मस्थल हो । उनले मतदाता सङ खड्काको पक्षमा भोट माग्दै भनेका छन् युवाहरूको भविष्यको कुरा छ , सुर्खेतको बिकासको कुरा छ ,पुर्ण बहादुर जस्तो इमानदार र अब्बल नेतालाई भोट हालौ। पछिल्लो दुई हप्ता देखि युवा नेता किरण सुर्खेत (१ का विभिन्न ठाँउमा पुगेर पुर्ण बहादुर खड्काको लागि मत मागिरहेका छन् । उनले प्रतिनिधिसभामा पुर्ण बहादुर खड्का र प्रदेशसभामा खड्ग पोखरेललाई भोट दिन सबैसँग अनुरोध गरिरहेका छन् ।नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्का र एमाले उम्मेदवार ध्रुब कुमार शाही बिच चुनावी प्रतिस्पर्धा छ ।...
गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस्  : महान्त्री शर्मा

गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् : महान्त्री शर्मा

राजनीति
काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि घरदैलो अभियानमा क्रममा आज उहाँले मुलुक र जनताको समृद्धिका लागि प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गर्नुभएको हो । “संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो, “गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् ।” उहाँले यस क्षेत्रको सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रका काम गरेको उल्लेख गर्दै भन्नुभयो, “स्थानीय समस्याका बारेमा म जानकार छु, ती समस्या समाधानका लागेको छु र अझैँ गर्दै जानेछु ।”...
मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न नेता सिटौलाको आग्रह

मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न नेता सिटौलाको आग्रह

राजनीति
काठमाडाैं ।  बनियानी (नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताउनुभयो । आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसले घोषणपत्रमा समेटेको ‘३(७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताउनुभयो । काङ्ग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।...
मधेशको हितका लागि संघर्ष गर्ने क्रममा २३ पटकसम्म जेल बसालियो : स्वतन्त्र उम्मेदवार शेष

मधेशको हितका लागि संघर्ष गर्ने क्रममा २३ पटकसम्म जेल बसालियो : स्वतन्त्र उम्मेदवार शेष

राजनीति
काठमाडाैं । बाँके क्षेत्र नम्बर २ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक प्रशासनले जेलमा राखेको बताएका छन । उनले घरदैलो महाभियान क्रममा जनता समक्ष सम्बोधन गर्दै २३ पटक सम्म हिरासतमा बसेको बताएका हुन । उनले भने, ‘अहिले सम्म नेपाल सरकारले दिएका नाजायज पाँच वटा राजद्रोह, सात सार्वजनीक मुद्दा मधेशी जनताहरुका लागि झेलिसकेको छु ।’ उनले किसानका लागि मल खाद्य, बिउ विजनको लागि लड्ने क्रममा खुट्टा भाचिएको, रंगभेद खिलाप संघर्ष क्रममा कानको जाली फुटालिएको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले, ‘भर्खरै मात्र विपक्षी पार्टीका कार्यकर्ताहरु मिलेर म माथि आक्रमण गर्दै लाठी चलाएर शक्त घाइते बताएका थिए । त्यतिबेला हात भाचिँएको थियो । मैले गरीब, किसान, नागरिकता बिहीन, सुकुम्बाँसी, ब्यापारी, पिडित रिक्सावालाहरुको लागि संर्घष गरेकै कारण म...
गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : प्रदीप पौडेल

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : प्रदीप पौडेल

राजनीति
काठमाडाैँ ।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन् । “गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री हुनुभएन तर उहाँको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ”, उनले भने । उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन नसकेकामा गुनासो गरे । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावि पुस्तालाई बुझाउनुपर्ने बताए ।नेता पौडेलले प्रधानमन्त्री पद प्...
प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा.बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’...
ओली–प्रचण्ड मिलाउन चिनियाँ पर्यटन उपमन्त्री भाेलि नेपाल आउँदै!

ओली–प्रचण्ड मिलाउन चिनियाँ पर्यटन उपमन्त्री भाेलि नेपाल आउँदै!

Featured, राजनीति
काठमाडाैं । चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउने कसरत सुरू गरेकाे छ। उच्च स्राेतका अनुसार चीनको सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई मिलाउने उद्देश्य बाेकी नेपाल आउन लागेका छन् । स्राेतले भन्याे,'चीनले एमाले, माओवादी केन्द्र र एमालेबाट फुटेकाे नेकपा (एकीकृत समाजवादी) लाई मिलाउन भित्राभित्रै अथक प्रयास गरिरहेकाे छ।' तेस्राे कार्यकालका लागि चिनियाँ राष्ट्रपतिमा सी चिङपिङ पुन: नियुक्त भएपछि उनले नेपालमा आफ्नो पहिलो दूत पठाउन लागेको हुन् । चिनियाँ राष्ट्रपति सीले नेपालमा कम्युनिष्ट सरकार हाे भन्ने हेतुले बेला बेला यहाँकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आइरहेका छन् । कम्युनिष्ट शक्तिहरु मिलेर जानुको विकल्प नरहेकाे बारे थप स्पष्ट पार्न चिनियाँ राष्ट्रपतिमा सीले आफ्ना दू...
भारतद्वारा निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

भारतद्वारा निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

Featured, राजनीति
काठमाडौँ । भारत सरकारले नेपालमा आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दौरानमा आवश्यक ८० सवारी साधन निर्वाचन आयोगलाई सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ । ‘यी सवारी साधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउनेछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दूतावासका अनुसार नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारी साधनकै हिस्साको रुपमा यी ८० वटा सवारी साधन निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको हो । नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउ...
‘राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी’

‘राजनीतिक समस्या समाधानका लागि स्वतन्त्र उम्मेदवारी’

Featured, राजनीति
महेन्द्रनगर (धनुषा) – रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका लागि उम्मेदवारी दर्ता गराएको दाबी गर्नुभयो । जनकपुरधाममा आज आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियानको बृहत कार्यकर्ता भेलामा साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइन । त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।” उहाँले जनताका लागि केही गर्न सक्ने संसद् आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रबाट मात्र हुनसक्ने दाबीसमेत गर्नुभयो । पूर्वमन्त्रीसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई अपवित्र गठबन्धन विरुद्धसमेत रहेको जिकिर गर्नुभयो ।...