राजनीति

ओलीको प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भए : नेता भुसाल

ओलीको प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भए : नेता भुसाल

Featured, राजनीति
रुपन्देही । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजको र त्यसको प्रतिवाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको दावी गरेका छन् । रुपन्देही-३ मा जारी घरदैलो अभियानका क्रममा उनले मंगलबार यस्तो बताएका हुन् । उनीसँगै प्रदेशसभा सदस्य पदका उम्मेदवारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि रोहिणी, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिइरहेका हुन् । उम्मेदवारहरूले रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका-१० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार नेता भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तिव्रता दिने बताए । उनले सुकुम्मबासी समस्याको समाधान गरिने पनि बताए । सुकम्बासी ...
बालबालिका प्रयोग गरेको भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

बालबालिका प्रयोग गरेको भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

Featured, राजनीति
काठमाडाैं । बालबालिका प्रयोग गरेको भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्यूठानबाट उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । ‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नु भएको हो ?’ आयोगले सोधेको छ । थापालाई आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।...
सिमा मिचेको देखि कम्युनिस्ट मिलाउने सम्मको बिवाद बोकेर बिदा भइन यान्छी

सिमा मिचेको देखि कम्युनिस्ट मिलाउने सम्मको बिवाद बोकेर बिदा भइन यान्छी

Featured, राजनीति
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपालबाट बिदा भएकी छन् । कम्युनिस्ट एकतापछि नेपालमा नांगो हस्तक्षेपमा उत्रेकी यान्छी समयक्रममा चरम असफलतासँगै उतारचढावपूर्ण चार वर्ष कटाएर गएकी छन् । उनको कार्यकालमा चीनले मिचेको नेपाली भूमिमा चिनियाँ दाबीदेखि देशको प्रधानमन्त्रीलाई कुर्सी छोड्ने निर्देशनसम्मको गतिविधि दूतावासबाट भएका छन् । माओको तस्बिरमा मास्क छापेको भन्दै नेपाली सम्पादकलाई धम्क्याउने काम पनि यान्छीकै पालामा भयो । तर उनको चरम हस्तक्षेपको सीमा धेरै टिकेन । कम्युनिस्टहरु फेरि फुटेर लोकतान्त्रिक सरकार आएसँगै उनको चुरीफुरी अन्त्य भयो । प्रधानमन्त्रीभन्दा माथि आफूलाई सम्झेर निर्देशन दिने उनको उर्लिएको हैसियत स्वात्तै घटेर राजदूतकै हैसियतमा आइपुग्यो । कम्युनिस्टहरुले चीनलाई बोकेकोमा शेरबहादुर देउवा सरकारले दुबै छिमेकीलाई समान हैसियतमा अगाडि बढाएपछि यान्छीको सबै प्रयास असफल भयो ...
चुनाव नजिकिएसँगै झुट आश्वासन दिएर जनतालाई भ्रमित पार्दै उपेन्द्र

चुनाव नजिकिएसँगै झुट आश्वासन दिएर जनतालाई भ्रमित पार्दै उपेन्द्र

Featured, राजनीति
काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेसी जनतालाई भ्रमित पार्दै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काम गरिरहेका छन्। उनले विगतका निर्वाचनमा कहिले संविधान त कहिले नेकपा एमालेको विरोध गर्दै चुनाव जित्दै आएका थिए। तर, यसपटक भने उनी आफ्नै कारण चुनाव हार्ने अवस्थामा पुगेका छन्। जसपा अध्यक्ष यादवले आफू सांसद् हुँदा संसद् विकास कोषको रकमले आफ्ना कार्यकर्ता पाल्नेबाहेक काम गरेनन्। तर, उनले प्रचार भने विकास गरेको भन्दै जनतालाई भ्रमित पार्ने काम गरे। उनले २०७४ को निर्वाचनमा इन्जिनियरिङ कलेज स्थापना गर्ने भने पनि त्यसका लागि उनले सामान्य पहलसमेत गरेनन्। यद्पि आफूले संसद् विकास कोषबाट इन्जिनियरिङ कलेज स्थापनाका लागि रकम उपलब्ध गराएको भन्दै भ्रम फैलाउँदै हिँडिरहेका छन्। उनले मधेसी जनतालाई कति भ्रमित पार्ने काम गरेका छन् भन्‍ने कुरा पनि यहीबाट पुष्टि हुन्छ। उनले सप्तरीको राज...
विष्णु पौडेललाई आइलाग्यो ठूलो आपत, गठबन्धनले लिएको निर्णयले रुपन्देहीमा भूकम्प

विष्णु पौडेललाई आइलाग्यो ठूलो आपत, गठबन्धनले लिएको निर्णयले रुपन्देहीमा भूकम्प

Featured, राजनीति
काठमाडौं । पाँच दलीय गठबन्धनले रूपन्देही क्षेत्रनम्बर–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन जनाउने निर्णय गरेको छ । गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले केशवबहादुरलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको हो ।
प्रदीप पौडेललाई शुभकामना दिँदै डा.भोला रिजालले भने ‘अब युवाहरुले जित्नुपर्छ’

प्रदीप पौडेललाई शुभकामना दिँदै डा.भोला रिजालले भने ‘अब युवाहरुले जित्नुपर्छ’

Featured, राजनीति
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार प्रदीप पौडेलले चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनले मतदातासँगको भेटघाटलाई जारी राखेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनका उम्मेदवार पौडेलले बुधबार वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालसँग छलफल गरेका छन् । अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका प्रदीपलाई अब युवाहरुले जित्ने पालो भएको भन्दै शुभकामना दिए । उनले प्रदीप पौडेल शान्त र निष्कलंकित नेता भएको उल्लेख गर्दै यस्ता व्यक्ति जीवनमा कहिल्यै पछि नपर्ने पनि बताए । ‘जसको हाँसो उज्यालो छ नि, त्यो जीवनमा कहिल्यै पनि पछि पर्दैन । यसलाई सधैँ कायम राख्नू’, पौडेललाई शुभकामना दिँदै रिजालले भने । उनले कवितात्मक शैलीमा पौडेललाई थप भने, ‘अन्धकार पन्छाएर छरिदेउ उज्यालो । जागे युवा जाग अब उठ्ने तिम्रो पालो ।’ पौडेलले आफ्नो चुनावी नारा पनि सार्वजनिक ...
पार्टी अध्यक्षकै पुत्ला जलाउने उम्मेदवार

पार्टी अध्यक्षकै पुत्ला जलाउने उम्मेदवार

Featured, राजनीति
वीरगंज । मन्त्री बन्न नपाउँदा आफ्नै पुत्ला जलाउने प्रदीप यादवलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पर्सा–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन्। घटना २०७८ मंसिरकै हो। मन्त्री बन्न नपाएको भन्दै त्यसबेला जसपाका सांसद प्रदीप यादवको नेतृत्वमा उनका कार्यकर्ताले वीरगंजमा पार्टी अध्यक्ष यादवविरुद्ध नाराबाजी गर्नुका साथै पुत्लासमेत जलाएका थिए। उनीहरुले पार्टीको झण्डासमेत जलाएको प्रत्यक्षदर्शीको भनाई थियो। प्रदीप यादवका कार्यकर्ताले काठमाडौँदेखि मधेशसम्म सडकमै उत्रिएर ‘उपेन्द्र यादव मधेस छोड्’जस्ता नाराबाजीसमेत गरेका थिए। पार्टी अध्यक्षकै पुत्ला दहन गरेकोमा सांसद यादवलाई त्यो बेला केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्यमा घटुवा गरिएको थियो। सांसद यादवलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको तयारी भए पनि सांसद पद जाने भएकाले साधारण सदस्यसम्म रहने गरी कारबाही गरिएको थियो। सांसद यादवल...
ओलीले टिकट नदिएका १४ निर्वतमान सांसद्ले के गर्लान् ?

ओलीले टिकट नदिएका १४ निर्वतमान सांसद्ले के गर्लान् ?

Featured, राजनीति
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई निशाना बनाएका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको टिकट नदिएका नेताहरु आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई हराउनका लागि भूमिका खेल्‍ने भन्दै पार्टीभित्र तनाव सिर्जना भएको छ। नेकपा एमालेका ८० जना निवर्तमान सांसदमध्ये १४ जनाले टिकट पाएनन्। यसरी टिकट नपाउनेमा ६ जना सशक्त दाबेदार नै परेका छन्। बाँकी कोही प्रदेशतिर पनि जान इच्छुक थिए भने केहीले ओलीले टिकट नदिने छनक पाएपछि पहिले नै साइड लागेका देखिन्छन्। ओलीले टिकट नदिएपछि पार्टीमै रहेर पार्टीका उम्मेदवारलाई भूमिका खेल्‍ने गरी भीम रावल, पार्वत गुरुङ, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल झापा र राजबहादुर बुढा दैलेख २ का रहेका छन् । उनीहरुले विगतमा संसद् विघटन हुँदा आफ्नो विरुद्ध उभिएको भन्दै उनीहरुलाई टिकट नदिएका हुन्। पाल्पाका दलबहादुर राना, म्याग्दीक...
सप्तरीमा विकासको नाममा उपेन्द्रकाे उपद्रो !

सप्तरीमा विकासको नाममा उपेन्द्रकाे उपद्रो !

Featured, राजनीति
सप्तरी । लामो समयदेखि मधेसी जनताको अधिकारका लागि राजनीति गरिरहेको भन्दै आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेका उपेन्द्र यादबले विकासको नाममा उपद्रो गरेको भन्दै मतदाता रुष्ट भएका छन् । मधेसका जनताको जीवनस्तर सुधार गर्न र जिल्लाको समग्र विकासमा भने कुनै ध्यान दिन नसकेको भन्दै मतदाता रुष्ट बनेका हुन् । उनले विकासका नाममा हुने बजेट छुट्याउने र उक्त काम आफू निकटका ठेकेदारलाई दिएर जनतालाई धोका दिने काम गरिरहेको स्थानीय नेताहरूको भनाई छ । उनले विकासका नाममा उपद्रव मात्रै गरेको भन्दै उनको चर्को आलोचनासमेत हुन थालेको छ । तिलाठी कोईलाडी वार्ड नम्बर ५ स्थित बरसाइनदेखि बनरझुला कोशी बाँधसम्म जाने सडकमा बनेको पुलको उपेन्द्रले गरेको उपद्रोको नमुना हो भन्दै स्थानीय नेताहरूले आक्रोश पोखेका छन् । उक्त पुल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको भए पनि उपेन्द्रले आफ्नो मान्छेलाई ठेक्का दिएपछि पुलको ह...
उपेन्द्र यादवले एमाले सँग गरेको चुनावी गठबन्धनबाट धोखा, एमाले कार्यकर्ताले असहयोग गर्दै

उपेन्द्र यादवले एमाले सँग गरेको चुनावी गठबन्धनबाट धोखा, एमाले कार्यकर्ताले असहयोग गर्दै

Featured, राजनीति
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई नेकपा ( एमाले) सँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु भएको छ । एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको बरु उल्टै एमालेले फाइदा लिएको जसपाका नेताहरूको बुझाइ छ । यादव सप्तरी आएकोे बेला दुई दिन अगाडि उनलाई स्थानीय नेताहरुले एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको विफिङ गरेका थिए । ‘अध्यक्ष ज्यु सुन्न मात्र भयो । प्रतिक्रिया दिनु भएन । तर उहाँले पनि पनि यो महशुस गर्नु भएको जस्तो लाग्छ’ जसपा सप्तरीका एक नेताले भने । एमालेसँगको गठबन्धनले सबैभन्दा नोक्सान जसपाका नेता इस्तियाक रार्ईलाई भएको छ । रार्ईले बाँके २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणाले पनि उम्मेदवारी दिएका छन् । एमालेले राणालाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसै क्षेत्रमा रार्ईकै भतिजा सामसुल राईले ...