संविधान मास्ने ओलीलाई नै एमालेले प्रधानमन्त्री बनाउने भनेपछि हुँदैछ यस्तो नोक्सान
काठमाडौं । नेकपा एमालेले आगामी आम चुनावपछि पार्टीबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको रुपमा अघि सारेका छन्। जसको प्रत्यक्ष क्षति पार्टीले व्यहोर्नु परेको छ।
तर एमालेकै नेतृत्वबाट भएको गम्भीर गल्तीलाई बेवास्ता गर्दै भावी प्रधानमन्त्री तोक्ने कामले पार्टीलाई नै ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। खोक्रो राष्ट्रवादलाई बेस्सरी उचालेर २०७४ को निर्वाचनमा जितेका ओली यसपटक आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुने स्थितिमा छन्।
कम्तीमा आफ्नै कदमले प्रतिपक्षीमा खुम्चिएको पार्टीले प्रधानमन्त्री तोक्न हतार गर्नुपर्ने आवश्यक नभए पनि ओलीको हठका अघि कोही बोल्न नसक्ने रहेछन् भन्ने कुरालाई उजागर गरिदिएको छ। विगतका दिनमा ओलीको व्यक्तिगत निर्णयले गर्दा पार्टीमा परेको गम्भीर असरलाई समीक्षा नगरी फेरि त्यही गल्ती दोहोर्याउँदा भोलिका दिनमा गम्भीर संकटमा पर्ने निश्चितजस्तै छ।
त्यसम...







