राजनीति

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राजनीति
काठमाडौं । राष्‍ट्रपति विद्यादेवी भण्डारीलाई तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्ड राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।...
विष्णु रिजालले भने- ओली एक नम्बर फटाहा, १० प्रतिशत पनि सही छैनन् (भिडियोसहित)

विष्णु रिजालले भने- ओली एक नम्बर फटाहा, १० प्रतिशत पनि सही छैनन् (भिडियोसहित)

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै नेताहरुले एक-अर्काको आलोचनालाई तीव्र पारिरहेका छन् भने विगतमा नेताहरु विरुद्ध दिएका अभिव्यक्तिहरु पनि खोजेर सामाजिक सञ्‍जालमा शेयर हुने गरेका छन्। यस्ता क्रियाकलापहरुले नेताहरुको चरित्र र उनीहरुको व्यवहारलाई उदांगो पारिदिन्छ। जसमध्येका एक हुन्, नेकपा एमालेका नेता विष्णु रिजाल। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्त बन्‍न खोजेका उनी विगत माधव नेपाल समूहमा रहेका थिए। तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीविरुद्ध उनी चर्को रुपमा खनिने गरेका थिए। अहिले भने ओलीको निकै बचाउ गरिरहेका हुन्छन् भने विगतमा ओलीविरुद्ध खनिएजसरी नै अहिले अन्य नेताहरुविरुद्ध खनिरहेका हुन्छन्। त्यस समयमा नेता रिजालले केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक काम भएको भन्दै ओलीले संविधानलाई मास्‍ने काम गरेको बताएका थिए। अहिले भन...
घरमै पुगेर प्रदीप पौडेलले मत मागेपछि हरीवंशले के भने?

घरमै पुगेर प्रदीप पौडेलले मत मागेपछि हरीवंशले के भने?

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका युव नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेटघाट भएको छ। काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका पौडेल र कलाकार आचार्यबीच बुधबार बूढानीलकण्ठमा भेटघाट भएको हो। घरदैलो अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ। मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए। ‘बूढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’ ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य)ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने। पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ ...
नेपालका लागि नयाँ अमेरिकी राजदूत काठमाडौं आइपुगे, को हुन् थम्पसन ?

नेपालका लागि नयाँ अमेरिकी राजदूत काठमाडौं आइपुगे, को हुन् थम्पसन ?

राजनीति
काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन काठमाडौं आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरीले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा लिएपछि नवनियुक्त राजदूत थम्पसन बिहीबार काठमाडौं आइपुगेका हुन् । श्रीमतीसहित काठमाडौं आएका राजदूत थम्पसनले केही दिनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ‘आउँदा केही दिनहरू राजदूत थम्प्सन, वहाँकी पत्नी जेनसमेत वहाँहरूको पारिवारिक कुकुर बोगीले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउनुहुनेछ । त्यसपछि राजदूत थम्प्सनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुनेछ,’ दूतावासले जनाएको छ । हालका राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएर गएका छन् । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ खाएका थम्पसन यसअघि अमेरिकाका लागि दक्षिण तथा मध्य...
प्रभु साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउन तोके ८ जिल्लाको कमाण्ड

प्रभु साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउन तोके ८ जिल्लाको कमाण्ड

Featured, राजनीति
काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् । अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक (कमाण्ड) तोकेका छन् । आइतवार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लाको संयोजक तोकेको जानकारी दिएका छन् । अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह 'अमर', सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मे...
‘काङ्ग्रेसको पिठ्यु पछाडिबाट छुरा हान्ने धोको अपुरो रहन्छ’

‘काङ्ग्रेसको पिठ्यु पछाडिबाट छुरा हान्ने धोको अपुरो रहन्छ’

राजनीति
काठमाडाैँ । बाँके भृकुटीनगर नेवा गुठीका अध्यक्ष तथा नेवाः पुँच कार्यसमितका सदस्य चन्द्रबहादुर श्रेष्ठलगायत सक्रिय विभिन्न क्षेत्रका अगुवाहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। बुधबार एक कार्यक्रमबीच जसपा नेता एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले उनीहरूलाई पार्टी भित्र स्वागत गर्दै प्रवेश गराएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य लालिमा मल्ल, नेकपा एमालेका सोमता शाही, सोमता सन्यासी, नेकपा माओवादी नगर कमिटी सदस्य गीता मल्ल, वैश्य समाजका अगुवा ओमकर वैश्यलगायतलाई पनि मन्त्री राईले स्वागत गरेका हुन्। त्यस्तै मन्त्री राईले गठबन्धनमा नेपाली काङ्ग्रेसको पिठ्यु पछाडिबाट छुरा हान्ने धोको अपुरो रहने जिकिर गरे । साथै जसपाका तर्फबाट बाँके क्षेत्र न २ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका मन्त्री राईले बाँकेमा समग्र विकासको लहर ल्याउनका...
राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Featured, राजनीति
काठमाडौं । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्रपाको रहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता थियो । जसअन्तर्गत राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभा गरेर देशभर उम्मेदवार उठाएकाे उनले बताए । प्रवक्ता श्रेष्ठले दिएको जानकारीअनुसार राप्रपाका यी हुन् उम्मेदवार : ताप्लेजुङ प्रतिनिधिसभा- राम कार्की प्रदेशसभा क- चन्द्र थापा प्रदेशसभा ख- ललित लिम्बू सुब्बा पाँचथर प्रतिनिधिसभा- कमल प्रसाद चेम्जोङ प्रदेशसभा क- ओम बजगाई प्रदेशसभा ख- सगुन सुन्दर लावती इलाम प्रतिनिधिसभा १- टि...
चिनियाँ शून्य कोभिड नीति अन्तर्गत लकडाउन, चेङ्दुका २१ मिलियन जनतालाई संकट

चिनियाँ शून्य कोभिड नीति अन्तर्गत लकडाउन, चेङ्दुका २१ मिलियन जनतालाई संकट

राजनीति
काठमाडौं । चीनको दक्षिणपश्चिमी सहर चेङ्दुका अधिकारीहरूले २१ मिलियन बासिन्दाका भएको सहरमा लकडाउन गरेकाे छ। मानिसहरूलाई उनीहरूको घरमा बन्दी बनाएर चार दिनको सामूहिक, अनिवार्य कोभिड-१९ परीक्षणको घोषणा गरेका छन्। यो अस्पष्ट थियो कि सहरले १५७ सामुदायिक-अधिग्रहित केसहरू रिपोर्ट गरेपछि आएको प्रतिबन्धहरू आइतबार चार दिनको परीक्षण समाप्त भएपछि हटाइने वा यथावत राख्‍ने केही खुलाएको छैन। दक्षिणी सहर शेन्जेन र उत्तरपूर्वी बन्दरगाह सहर डालियानका अधिकारीहरूले मनोरञ्‍जन स्थलहरू पनि बन्द गरेका छन् र उनीहरूका सहरका केही क्षेत्रहरूमा मानिसहरूलाई घरबाट काम गर्न आदेश दिएका छन्। चेङ्दुका बासिन्दाहरूलाई बेलुका ६ बजेदेखि घरभित्रै बस्न आदेश दिइएको थियो। स्थानीय समय सेप्टेम्बर १ मा सहरमा आवासीय परिसरहरूमा कडा प्रवेश र बाहिर निस्कने प्रतिबन्ध र सार्वजनिक जमघटहरूमा पूर्ण प्रतिबन्ध लगाइएका छन्। घरपरिवारहरूलाई अत्याव...
तीनै तहका सरकारलाई निर्वाचन आचारसंहिता पालन गर्न आयोगको निर्देशन

तीनै तहका सरकारलाई निर्वाचन आचारसंहिता पालन गर्न आयोगको निर्देशन

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतवारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधवारदेखि निर्वाचन आचारसंहिता २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन ३ वटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्न आयोगले गत भदौ १३ गते नेपाल राजपत्रमा निर्वाचन आचारसंहिता २०७९ प्रकाशन गरेको थियो ।...
न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी घिमिरेकाे घाेषणा

न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी घिमिरेकाे घाेषणा

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् । पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्ड विरुद्ध उम्मेदवार हुने कुरा भएन,’ शेखर कोइराला पक्षका घिमिरेले भने । नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भनाइ छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ । ‘४० भनेर ४० प्रतिशत नै हुनुपर्छ भन्ने होइन, न्यायोचित हुनुपर्यो,’ शेखर पक्षको खबरदारी कार्यक्रमको अगुवाइ गर्दै आएका घिमिरेले भने, ‘त्यसमा ४÷५ प्रतिशत तलमाथि हुनसक्छ । तर, न्यायोचित हुनुपर्छ ।’ सत्ता घटकका अन्य दल माओव...