राजनीति

ठूला दललाई चुनावी घोषणापत्रको चटारो

ठूला दललाई चुनावी घोषणापत्रको चटारो

राजनीति
काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरू चुनावी घोषणापत्र तयारीमा व्यस्त भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई टिकटसँगै घोषणा पत्रको चटारोले च्यापेको हो । पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस र माओवादीले घोषणा पत्र निर्माणका लागि समिति बनाएर विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् । उनीहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रमहरू ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । एमालेले पनि टिकटसँगै घोषणापत्रको काम सकेर जनतामाझ जाने बताएको छ ।...
कांग्रेसमा सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

कांग्रेसमा सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो। शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ। आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजनक उपस्थिति खोजेको छ। पार्टीभित्र न्याय र समानताका लागि भन्दै सङ्घर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबन्धनका नाममा प्रचण्ड माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीभित्र एकाधिकारवाद झाँगिएको बताइन्। उनले भनिन् हामीले लाखौँ नेता कार्य...
यी हुन् कांग्रेसको बन्दसूचीमा परेका ११० समानुपातिक उम्मेदवार [नामावलीसहित]

यी हुन् कांग्रेसको बन्दसूचीमा परेका ११० समानुपातिक उम्मेदवार [नामावलीसहित]

Featured, राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ । शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला देउवानिकट नेताहरुको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो । जसमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म समावेश भएका छन् । प्रतिनिधिसभातर्फ बन्दसूचीमा निधिको नाम पहिलो नम्बरमा छ । बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव लगायतको नाम समावेश गरिएको छ। शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउन...
‘सरुवा भएका कर्मचारी आजै आफ्नो नयाँ कार्यालयमा हाजिर हुनू’

‘सरुवा भएका कर्मचारी आजै आफ्नो नयाँ कार्यालयमा हाजिर हुनू’

Featured, राजनीति
काठमाडौं । सरुवा भएका कर्मचारीलाई आफ्नो नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरुका लागि तत्कालीन कार्यालयबाट रमाना भइ नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो । आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो । त्यसअवधिसम्म सरुवा भइसकेकाहरुको हकमा नयाँ कार्यालयमा हाजिर गर्न आजसम्मका लागि समय दिएको थियो । आयोगले बिहीबारदेखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको थियो । आकस्मिक सरुवा गर्नुपरेको अवस्थामा आयोगको सहमति लिनका लागि पनि निदेर्शन दिएको थियो ।...
मधेसका प्रभावशाली नेता धमाधम एमाले प्रवेश गर्दै

मधेसका प्रभावशाली नेता धमाधम एमाले प्रवेश गर्दै

राजनीति
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ । शनिबार नै धनुषाको तीन कौरियामा पुगेर उनले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराए ।त्यसअघि, उनले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसकेका छन् । हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट सांसद भएका...
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्ता निकट विद्यार्थी संगठनद्वारा प्रदर्शन

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्ता निकट विद्यार्थी संगठनद्वारा प्रदर्शन

Featured, राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्। बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्। संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको थियो । नागरिकताविहीन भएकाहरूलाई नागरिकता प्रमाण पत्र दिन सरकारले विधेयक ल्याए पनि राष्ट्रपतिबाट रोक्ने काम हुँदा नागरिकताविहीन हुनेहरूका समस्या दिनप्रतिदिन झन् बढ्दै गइरहेको उनिहरुको भनाई छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।...
राजनीतिक विश्लेषक वाग्लेले भने – राष्ट्रपतिको कदम संविधान असफल बनाउने संगीन षडयन्त्र हो

राजनीतिक विश्लेषक वाग्लेले भने – राष्ट्रपतिको कदम संविधान असफल बनाउने संगीन षडयन्त्र हो

Featured, राजनीति
काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो ।’ संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।...
‘सरकारले संविधान उल्लंघन गर्‍यो, राष्ट्रपतिले ‘मौनता’बाट जवाफ दिनुभयो’

‘सरकारले संविधान उल्लंघन गर्‍यो, राष्ट्रपतिले ‘मौनता’बाट जवाफ दिनुभयो’

Featured, राजनीति
काठमाडौं । सरकारले नै संविधान उल्लंघनगरी नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाएको राष्ट्रपति कार्यालयले दाबी गरेको छ। संसद् र सरकारले संविविधानको विधि पूरा नगरेरै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको कार्यालयको दाबी छ । राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकाल संसद् र सरकारबाट भएको संविधान उल्लंघनलाई राष्ट्रपतिको ‘मौनता’बाटै जवाफ मिलेको बताउँछन् । ‘नागरिकता विधेयकमा संविधान उल्लंघन गरी सरकार र संसद्ले प्रमाणीकरण गर्न पठाएको थियो’ उनले भने, ‘राष्ट्रपतिले प्रमाणीकरण नगरी मौनताबाट यसको जवाफ दिनुभएको छ ।’ उनी प्रधानमन्त्रीबाट संविधानको धारा ८१ पालना नहुँदा संविधानको उल्लंघन भएको दाबी गर्छन् । संविधानको धारा ८१ मा संघीय संसद्मा पेश गरिने विधेयकबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । उनी भन्छन्, ‘यो व्यवस्था पालना भएको छैन र राष्ट्रपतिबाट पुनर्विचार गर...
पाँच ठाउँबाट सिफारिस आरजु देउवा समानुपातिक उम्मेदवार

पाँच ठाउँबाट सिफारिस आरजु देउवा समानुपातिक उम्मेदवार

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ। कांग्रेसल सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो । आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ । कैलाली ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजुलाई समानुपातिकमा राख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका हुन् । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसद...
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

Featured, राजनीति
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ ।प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । राजधानी दैनिकबाट...