राजनीति

जरिवाना नबुझाउने उमेदवारले ६ वर्ष निर्वाचनमा भाग लिन नपाउने

जरिवाना नबुझाउने उमेदवारले ६ वर्ष निर्वाचनमा भाग लिन नपाउने

Featured, राजनीति
काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र आफूलाई लागेको जरिबाना वापतको रकम नबुझाउने उमेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने भएका छन् । समयमै निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारलाई आयोगले निश्चित समय तोकेर जरिबानासहितको रकम बुझाउन समय दिने र उक्त समयमा पनि खर्च विवरण नबुझाए ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने निर्णय गरिएको आयोगले जनाएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउनु पर्ने कानुनी प्रावधान रहेको छ । २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उमेदवार भएका केहीले निर्वाचन खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले जरिबाना गरेको हो । तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारहरूलाई तोकिएको समयावधिभित्र किन निर्वाचन खर्चको विवरण नबुझाएको भनेर सफाइसहितको स्पष्टीकरण दिने मौका प्रदान गरे पनि...
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै, प्रमुख दल आयोग जाँदै

समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै, प्रमुख दल आयोग जाँदै

राजनीति
काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचन तर्फको बन्दसूची आज बुझाउँदैछन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ गते आइतवार र ३ गते सोमवार गरी दुई दिनभित्र बन्दसूची बुझाउन समय तोकेको छ । सोही कार्यसूचीअन्तर्गत आइतवार प्रतिनिधि सभा सदस्यतर्फ २ वा दलले मात्रै बन्दसूची पेस गरेका छन् । ठूला राजनीतिक दलहरूले समेत आजै समानुपातिक तर्फको बन्दसूची आयोगलाई बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलहरुले सोमबार नै आयोग पुगेर बन्दसूची पेश गर्ने बताएका थिए। आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो ।...
आगामी निर्वाचनमा दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

आगामी निर्वाचनमा दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

Featured, राजनीति
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव ५० हजारले बढी हो। सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ। गृह मन्त्रालयका सहसचिव रघुराम विष्टले आयोगलाई आवश्यक कर्मचारी आयोगले माग गर्नेबित्तिकै पठाउन सकिने बताए। उनका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगलाई आवश्यक पर्ने कर्मचारीको नाम आयोग पठाइने र सो सङ्ख्याबाट पनि अपुग भएमा थप जत्ति आवश्यक हुन्छ ती कर्मचारी सरकारले आयोगलाई उपलब्ध गराउने छ । गोरखापत्र दैनिकबाट...
जबरालाई सर्वोच्चमा छिर्न नदिने बारको निर्णय

जबरालाई सर्वोच्चमा छिर्न नदिने बारको निर्णय

Featured, राजनीति
काठमाडौं । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए । यो खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो ।...
सर्वोच्च फर्कने तयारी गर्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र, गेटबाटै फर्काउने बारको चेतावनी

सर्वोच्च फर्कने तयारी गर्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र, गेटबाटै फर्काउने बारको चेतावनी

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज अदालत फर्कने तयारी गरेका छन् । उनीविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका हुन् । कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले बतायो । ‘म आउँछु, तयारी बढाउनु’ चोलेन्द्रले कामु मुख्य रजिष्ट्रारलाई भनेका थिए। आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने बताएका छन् । उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन् । चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्का बढाइएको छ। जबराले सर्वोच्च फर्किने तयारी थालेको भन्दै नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियनले गेटबाटै फर्काउने चेतावनी दिएको छ । फागुन २२ मा महाभियोग सिफारिस...
प्रतिनिधि सभाको कार्यकाल सकियो

प्रतिनिधि सभाको कार्यकाल सकियो

Featured, राजनीति
काठमाडौं । शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य भएको छ । भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रतिनिधि सभाको कार्यकाल पनि सकिएको छ । शनिबार दिउँसो प्रतिनिधि सभाको अन्तिम बैठक बसेको थियो । जहाँ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।...
देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना

देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको अकाउन्टमा मेन्सन गर्दै देउवाले जन्मदिनको अवसरमा शुभकामना दिएका हुन्। उनले मोदीको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। प्रधानमन्त्री माेदीले प्रधानमन्त्री देउवाले दिएकाे शुभकामनाप्रति अभार व्यक्त गरेका छन् । प्रधानमन्त्री माेदीले भने, 'धन्यवाद प्रधानमन्त्री ज्यु @SherBDeuba तपाईको न्यानो जन्मदिनको शुभकामनाको लागि।' प्रधानमन्त्री मोदी आजबाट ७२ वर्षमा प्रवेश गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जन्मदिनको अवसरमा भाजपाले देशका विभिन्न स्थानमा भव्य कार्यक्रमहरुको आयोजना गरेको जनाएको छ। Thank you Prime Minister @SherBDeuba for your warm birthday wishes. I am deeply touched. https://t.co/72hQrlkDGw — Narendra Modi (@nar...
‘चोलेन्द्र शमशेरले खानसम्म घुस खाए’

‘चोलेन्द्र शमशेरले खानसम्म घुस खाए’

Featured, राजनीति
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भू थापाले चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत आएकै वर्षदेखि 'बेन्च सपिङ' गर्ने गरेको आरोप लगाएका छन्। बुधबार संसदीय समितिमा बोल्दै थापाले क्यासिनोहरूको मुद्दामा राणाले गरेको अन्तरिम आदेश लगायतमाथि प्रश्न उठाउँदै उक्त आरोप लगाएका हुन्। थापाका अनुसार नयाँ लाइसेन्स लिनुपर्ने निर्देशिका आएको थियो। नयाँ लाइसेन्स लिँदा अगाडिदेखिको पैसा तिर्नुपर्ने नियम ल्याइएको थियो। क्यासिनोहरूले यसविरूद्ध सर्वोच्चमा रिट दिए। 'त्यति बेला भर्खरै नियुक्त भएका चोलेन्द्र शमशेरकोमा उक्त मुद्दाको पेसी पारियो। त्यो बेन्च सपिङ थियो। आफ्नो पक्षमा फैसला गराउन प्रधानन्यायाधीश र न्यायाधीश किन्नेलाई बेन्च सपिङ भनिन्छ,' थापाले भने, 'क्यासिनोको रिटमा चोलेन्द्र शमशेरजीले पहिल्यैदेखि चलिआएको क्यासिनो भएकाले अन्तरिम आदेश हुने भन्दिनुभयो। उहाँलाई ल्याउनुहोस् न यहाँ! यहाँ आएर त्यसै खुरखुर गर...
दुई कदम पनि हिँड्न नसक्ने वृद्धले टिकट मागेर हैरान बनाए : माधव नेपाल

दुई कदम पनि हिँड्न नसक्ने वृद्धले टिकट मागेर हैरान बनाए : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई कदम पनि हिँड्न नसक्ने वृद्धले समेत टिकट मागेर हैरान बनाएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालले भने, ‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ।के होला, कस्तो गाह्रो ?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ।’ उनले ती आकांक्षीमा टिकट नपाउँदा बेहोस हुने हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए ।...
नेता बदनाम गराउन अन्तर्राष्ट्रिय मिसन लाग्यो : महेश बस्नेत

नेता बदनाम गराउन अन्तर्राष्ट्रिय मिसन लाग्यो : महेश बस्नेत

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताको बदनाम गर्न अन्तर्राष्ट्रिय मिसन लागि परेको बताउँदै उनीहरूलाई सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् । आज (बुधबार) को प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बस्नेतले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै यस्ता शक्तिहरूलाई कारबाही गर्न सरकार लाग्नुपर्ने धारणा राखेका हुन् । उनले भने, ‘केही बौद्धिक अराजकतावादी शक्तिहरू, केही अभियन्ताहरु केही स्वतन्त्रकर्मीहरू, केही सञ्चारकर्मीहरू केही जनप्रतिनिधिहरू साइबर क्राइमलाई आकर्षित हुने गरी वायर रुम सञ्चालन गर्दै सोसल मिडियालाई दुरुपयोग गर्दै सिस्टमलाई बिथोल्ने, पार्टी व्यवस्थालाई बिथोल्ने, नेता कार्यकर्तालाई बदनाम गराउने गतिविधि गरिरहेका छन् हाम्रो संस्कारलाई समाप्त गर्ने गतिविधिहरू गरिरहेका छन् । त्यस्ता तत्त्वहरू अन्तर्राष्ट्रिय मिसनबाट परिचालि...