राजनीति

नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

राजनीति
२९ भाद्र, काठमाडाैं । नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेश मन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो । बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सचिव विनय मोहन क्वात्रा सहभागी थिए । ‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क...
द्विपक्षीय सहयोगमा भएको प्रगतिबारे छलफल गर्न नेपालका परराष्ट्र सचिव भारत जाँदै

द्विपक्षीय सहयोगमा भएको प्रगतिबारे छलफल गर्न नेपालका परराष्ट्र सचिव भारत जाँदै

Featured, राजनीति
काठमाडाैँ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल आफ्ना भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा सेप्टेम्बर १३ र १४ गते भारत भ्रमणमा जाँदैछन् । सेप्टेम्बर १३ मा, परराष्ट्र सचिवहरूले भारत र नेपाल बीच बहुपक्षीय सहयोगको सम्पूर्ण दायरा समेट्ने द्विपक्षीय मुद्दाहरूमा छलफल गर्नेछन्, परराष्ट्र मन्त्रालयले शुक्रबार भन्यो। उनीहरूले यस वर्ष अप्रिल र मेमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरैको उच्चस्तरीय भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका विभिन्न पहल/घोषणाहरूको प्रगतिको समीक्षा गर्नेछन्, परराष्ट्र मन्त्रालयले थपे। प्रधानमन्त्री मोदीले बुद्ध पूर्णिमाको अवसरमा मे १६, २०२२ मा नेपालको लुम्बिनीको औपचारिक भ्रमण गरेका थिए। भ्रमणका क्रममा नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दुवै प्रधानमन्त्रीले लुम्बिनी विहार क्षेत्रमा इन्डिया इन्टर...
आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आउनु संशयपुर्ण

आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आउनु संशयपुर्ण

राजनीति
काठमाडाैँ । राष्ट्रिय एकता अभियानले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमण आउनु संशयपुर्ण रहेकाे बताएकाे छ । चीनको दोस्रो बरियताको नेता नेपालको पाहुना भएर आउनु सुखद समाचार हो। यद्यपि कहिलेकाही समय र सन्दर्भ नमिल्दा अति बिशिस्ट पाहुनालाई पनि स्वागत गर्न नसकिने अवस्था बन्न जान्छ भनी अभियानद्वारा जरी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएकाे छ, 'गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण हो।' तर्सथ, उनीहरूको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्छ भन्ने अभियानकाे धारणा रहेको छ। त्यस्तै, उनीहरूको सबै भेटघाट पुर्ण रूपले सरकारी अधिकारी र नागरिक समाजको प्रतिनिधि राखेर मात्र गर्न गराउनहुन आवश्य...
लोसपा बर्दियाले ग‍र्‍यो उम्मेदवार सिफारिस

लोसपा बर्दियाले ग‍र्‍यो उम्मेदवार सिफारिस

राजनीति
बर्दिया । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। लोसपा जिल्ला कार्यसमिति बर्दियाको बैठकले निर्णय गर्दै उम्मेदवारको नामावली सिफारिस गरेको हो। बर्दिया प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ प्रत्यक्षबाट महेन्द्र किशोर झा, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (ख) मा सुरेश कुमार शुक्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर १ समानुपातिकतर्फ केशव कुमार यादव, कीर्तिनाथ यादव र ममता बंजाराको नाम सिफारिस गरेको पार्टीका बर्दिया अध्यक्ष सुरेश कुमार शुक्लाले जानकारी दिए। पार्टीले प्रदेश सभा समानुपातिक तर्फ पुनम शुक्ला (मधेसी महिला), ममता बंजारा (जनजाति), केशरानी रैदास (दलित महिला), निशा यादव (मधेसी महिला), लक्ष्मी गुप्ता (मधेसी महिला) को नाम सिफारिस गरेको जनाएको छ। प्रतिनिधि सभा सदस्य क...
नेपालमा चिनियाँ नेताहरुको मोह, ली झान्सु चार दिनका लागि आउँदै

नेपालमा चिनियाँ नेताहरुको मोह, ली झान्सु चार दिनका लागि आउँदै

राजनीति
काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् । लीको नेपाल भ्रमणको औपचारिक घोषणा परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् । परराष्ट्रका अनुसार भदौ २७ गते सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । सोही दिन सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ १३ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । भदौ १३ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग श...
जसपा बर्दियाले गर्‍याे उम्मेदवाहरूकाे नाम सिफारिस

जसपा बर्दियाले गर्‍याे उम्मेदवाहरूकाे नाम सिफारिस

राजनीति
बर्दिया । जनता समाजवादी पार्टी, (जसपा) नेपाल बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। जसपा जिल्ला समन्वय समिति बर्दियाले निर्णय गर्दै उम्मेदवारको नाम सिफारिस गरेको हो। बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ सदस्यका लागि केशवराज पौडेल र रेशम बहादुर खत्रीको नाम सिफारिस भएको बर्दिया जनता समाजवादी पार्टीका सचिव तारा बहादुर सुनारले जानकारी दिए। समानुपातिकतर्फ प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट चिरञ्जीवी थारु (जनजाति) र हासिम अलि सिद्धिकी (मुस्लिम) र प्यारेलाल गुप्ता( मधेसी) सिफारिस भएका छन्। क्षेत्र नम्बर १ (क) प्रदेश सभा प्रत्यक्षतर्फ दीप बहादुर शाही र १ (ख) मा कृष्णप्रसाद अहिर तथा मलखे यादव सिफारिस भएका हुन्। समानुपातिकतर्फ १ (क) मा खसआर्यबाट केशवराज पौडेलको नाम सिफारिस भएको सुनारले बताए। प्रदेश सभा सदस्य क...
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु पाल्पा १ मा सिफारिस

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु पाल्पा १ मा सिफारिस

राजनीति
पाल्पा । नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई संघिय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघिय सांसद उमेद्वारको सिफारिश गरेको छ । विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनितीमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य र नेकपा एमाले, पाल्पा काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष छन् । त्यस्तै उनी धितोपत्र बोर्डको विज्ञ संचालकको रुपमा ३ बर्ष काम गरेको अनुभव समेत छ । संघीय सांसदको उमेद्वारमा सिफारिस भएपछि बोल्दै चार्टड एकाउन्टेन्ट सारु मगरले पार्टिले पुस्ता हस्तान्तरण अभियान र युवाहरुको चाहना बमोजिम आफुले उमेद्वारी दिएको वताए । आर्थिक नितीमा पिएचडी गरिरहेका सारुले नेताहरुले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा सम्पुर्ण अग्रज नेताहरुको सोगदानको सम्मान गर्दै उहाहरुको सल्लाह वमोजिम अगाडी वढ्ने र चुनावमा भारी मतान्तरका साथ विज...
मुस्लिम आयोगको कार्यालय अगाडि प्रदर्शन

मुस्लिम आयोगको कार्यालय अगाडि प्रदर्शन

Featured, राजनीति
काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले आज काठमाडौँमा प्रदर्शन गरेको छ । जेहादीहरूविरूद्द अभियानले मुस्लिम आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको हो । अभियानका अध्यक्ष विनय यादवले नेपालमा जेहादीहरूले मुस्लिम आयोगकाे नाममा आतंकवाद फैलाइरहेकाे आराेप लगाइरहेका छन् । प्रदर्शनमा सहभागी युवाहरूले जेहादी प्रवर्द्धक मुस्लिम आयाेग खारेज गर, अपराधी भगाउने समिम मियाँलाई कारवाही गर, नेपाललाई जेहादी आश्रय केन्द्र बनाउन पाइँदैन, इस्लामिक अतिवाद मुर्दावाद, विमानस्थलकाे सुरक्षामा खलल पुर्याउने समिम मियाँलाई कारवाही गर लगायतकाे नारा लगाएका थिए ।...
महाअभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला चोलेन्द्रको बयान ?

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला चोलेन्द्रको बयान ?

Featured, राजनीति
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरूको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ बजे पुन: बयान हुने जानकारी दिइएको थियो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ । तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।...
झलनाथ खनाल इलाम-१ बाट सिफारिस

झलनाथ खनाल इलाम-१ बाट सिफारिस

राजनीति
काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् । आगामी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को 'क' र 'ख'का लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ 'क' र 'ख'का लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।...