राजनीति

राजीनामाको मनस्थितिमा राष्ट्रपति भण्डारी

राजीनामाको मनस्थितिमा राष्ट्रपति भण्डारी

Featured, राजनीति
काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सिर्जित ‘विवाद’ले राष्ट्रिय राजनीतिलाई गम्भीर मोडमा पुर्‍याएको छ । यसबाट सत्तारूढ गठबन्धन, सदन र राष्ट्रपतिबीच गम्भीर द्वन्द्व सिर्जना भएको छ भने राष्ट्रिय राजनीतिलाई नै तरंगित पार्ने अवस्था बनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते ‘संघीय संसद्बाट पुनर्विचार हुनु आवश्यक देखिएको’ भन्दै संविधानको धारा ११३ को उपधारा (३) बमोजिम १५ बुँदे ‘सन्देश’सहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । सत्तारूढ गठबन्धनले राष्ट्रपतिले ‘राजनीतिक स्वार्थ’ले विधेयक फिर्ता पठाएको समीक्षा गर्दै जस्ताको तस्तै पारित गरेर पठाउने निष्कर्ष निकालेको थियो । सोहीअनुसार उक्त विधेयक ‘फास्ट ट्र्याक’मार्फत भदौ २ गते नै प्रतिनिधिसभाले हुबहु पारित गरेर राष्ट्रियसभामा पठाइएको छ । त्यहाँ पनि सत्...
पेचिलो बन्दै सिट बाँडफाँट : प्रत्यक्षतर्फ १६५ सिट, २३० बढीमा दाबी

पेचिलो बन्दै सिट बाँडफाँट : प्रत्यक्षतर्फ १६५ सिट, २३० बढीमा दाबी

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन् । लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँटलगायत संरचना टुंगो लगाउने भनिए पनि आकांक्षीको अडानका कारण बैठक नै स्थगित हुन पुग्यो । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट बिहीबारको बैठकमा पदाधिकारीलगायत विषयमा नामावाली पेश गर्ने सहमति बुधबारको बैठकमा भएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारदेखि जारी स्थायी कमिटी बैठकले बिहीबार पदाधिकारी सहितको नामावाली पेश गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो । राजधानी दैनिकबाट...
माओवादी केन्द्रमा पदाधिकारी चयनमा सकस, तनावमा प्रचण्ड

ठाकुरले देउवालाई सोधे : गठबन्धनमा ल्याउने कि नल्याउने ?

ठाकुरले देउवालाई सोधे : गठबन्धनमा ल्याउने कि नल्याउने ?

Featured, राजनीति
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन् । देउवालाई भेट्न बिहीबार बिहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए । ‘तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एक/दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ ।’ नागरिक दैनिकबाट...
राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

Featured, राजनीति
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ । अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने बताएका हुन् । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने उनले बताए । उनले भने,’यो निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ । यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन । प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं ।’ कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको अध्यक्ष लामिछानेले बताए ।...
निर्वाचन सुरक्षा योजना : पाँच तहको कमान्ड तहगत रूपमा नै रणनीति बनाइँदै

निर्वाचन सुरक्षा योजना : पाँच तहको कमान्ड तहगत रूपमा नै रणनीति बनाइँदै

Featured, राजनीति
काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म पाँच तहको सुरक्षा कमान्ड गठन गरेको छ । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको सोमबार बसेको बैठकले ‘सुरक्षा कमान्ड’ गठन गरेको हो । निर्वाचन सुरक्षा योजना बनाउन केन्द्रदेखि प्रदेश र जिल्लासम्मको चार तह र सुरक्षा निकायबाट समेत केन्द्रदेखि जिल्लासम्म छुट्टै निर्वाचन ‘सेल’ गठन गर्ने रणनीतिसमेत बनाइएको छ । केन्द्रमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ गठन गरिएको हो । यी कमान्डले निर्वाचनका लागि आवश्यक रणनीति बनाउनेदेखि सुरक्षा चुनौती विश्लेषण, सुरक्षाकर्मी परिचालन तथा आवश्यक व्यवस्थापनका लागि योजना प्रस्तुत...
आफ्नै घोषणा विपरीत सरकारी गाडी चढ्दै विराटनगरका मेयर कोइराला

आफ्नै घोषणा विपरीत सरकारी गाडी चढ्दै विराटनगरका मेयर कोइराला

Featured, राजनीति
बिराटनगर । स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक सूचना जारी गरेर निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिएको भन्दै यस्तो निर्णय गरेको बताएका छन् । महानगरपालिका प्रमुखले प्रयोग गर्ने गाडी लामो समयसम्म प्रयोग नगर्दा बिग्रिने भएका कारण निजी काम बाहेक सरकारी गाडी प्रयोग गर्ने उनले बताए । मेयर कोइरालासँग तीन करोड ३० लाख रुपैयाँमा खरिद गरेको निजी गाडी छ । यो गाडी गत चैतमा मात्रै खरीद गरेका थिए । सबै विषयमा पारदर्शिता अपनाउने बताउँदै उनले आफ्नो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने बताए ।...
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

Featured, राजनीति
काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। निर्वाचन आयोगले आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो। सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ। आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।...
रामचन्द्र पौडेल भन्छन्- गठबन्धन कर र डर दुवै हो

रामचन्द्र पौडेल भन्छन्- गठबन्धन कर र डर दुवै हो

Featured, राजनीति
चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए । 'कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्,' उनले भने, 'यसैले गठबन्धन कर पनि हो डर पनि हो ।' अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो । उनले भने, '...
दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

Featured, राजनीति
काठमाडाैँ । आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बीचमा ४० राजनीतिक दल दर्ता भएका छन’ पौडेलले भने । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।...