इगोका कारण सत्तागठबन्धन अप्ठ्यारोमा
काठमाडौं । पाँच दलीय सत्तागठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरुले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे छलफल चलाएका थिए । तर, तिनै पार्टीका नेताहरुका अनुसार आगामी चुनावमै वाम समाजवादी मोर्चाको संभावना क्षीण भएको छ । नेताहरु अब छुट्टाछुट्टै दलकै रुपमा रहेर गठबन्धनमार्फत चुनाव लड्ने तयारीमा जुटेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेल प्रष्टै भन्छन्, ‘आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्दैन ।’ अहिले भैरहेको पाँच दलीय गठबन्धन भन्दा भित्र या बाहिर अर्को गठबन्धन नबन्ने उनको भनाइ रहेको छ ।
पाँच दलीय सत्तागठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरुले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे छलफल चलाए । तर, सबै दलहरुलाई आफ्नो पार्टीले चुनाव चिन्ह जोगाउन खोजे । कुरा नमिल्दा छुट्टाछुट्टै दलका रुपमा रहेरै गठबन्धनमार्फत चुन...








