राजनीति

‘संसदबाट पारित हुने गरी पशु कल्याण ऐनको मस्यौदा बन्‍छ’

‘संसदबाट पारित हुने गरी पशु कल्याण ऐनको मस्यौदा बन्‍छ’

राजनीति
काठमाडाैँ – कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रा राय यादवले वर्तमान संसदबाट नै पारित हुने गरी पशु कल्याण ऐनको मस्यौदा बन्‍ने बताएका छन । राजधानी काठमाडौंमा मंगलबार आयोजित "नेपालमा पशु कल्याणको वर्तमान अवस्था र आगामी कार्यदिशा" नामक राष्ट्रिय गोष्टीमा उनले साे कुरा बताएका हुन्। पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश र स्नेहाज् केयरको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रमले नेपालमा पशु कल्याण ऐन तुरुन्त बन्नुपर्ने सहितको घोषणा पत्र पनि पारित गरेको छ । संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सातवटै प्रदेश मन्त्रालय, नेपालमा कृयाशील विभिन्न पशु कल्याण संघहरु र अन्य सरोकारवालाहरुको सहभागिता भएको उक्त कार्यक्रममा नेपालको शिक्षा प्रणाली, चिडियाखाना, पशु कल्याणको अवस्था, विश्व पशु स्वास्थ्य सङ्गठन अनुरुप पशु कल्याणको व्यवस्ठा र पशु कल्याण सम्बन्धी विद्यमान कानुनी अवस्था...
चीनमा ‘विद्रोह’ गरेको आरोपमा जेल परेका ताइवानी अधिकारकर्मी ५ वर्षपछि स्वदेश फिर्ता

चीनमा ‘विद्रोह’ गरेको आरोपमा जेल परेका ताइवानी अधिकारकर्मी ५ वर्षपछि स्वदेश फिर्ता

अन्तराष्ट्रिय, राजनीति
एजेन्सी । एक ताइवानी अधिकारकर्मीलाई चीनमा 'विद्रोह' गरेको आरोपमा पाँच वर्षको जेल सजाय तोकेको थियो। उनले चीन सरकारले तोकेको पाँच वर्षको सजाय भुक्ता गरी गत शुक्रबार ताइवान फर्किएका छन्। ताइवान फर्किएलगत्तै सञ्‍चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै उनले चीनमा मानव अधिकार उल्लंघको चरम अवस्था रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। चीनले एक हजार ८५२ दिनभन्दा बढी समयसम्म अनुचित रूपमा थुनामा राखेपछि ली मिङ चेह शुक्रबार बिहान करिब १० बजे ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको रेडियो फ्री एशियाले जनाएको छ। आफ्नी श्रीमतीसँग जारी गरिएको संयुक्त विज्ञप्तिमा लीले पाँच वर्ष जेलमा बिताएपछि संसार अपरिचित देखिन थालेको तर चीनमा आफूले भोगेको एक्लोपनभन्दा अहिलेको एक्लोपन पूर्णतया फरक रहेको बताएका छन्। 'अहिले म प्रेमको अँगालोमा छु, आतंकले घेरिएको छैन,' मिडिया आउटलेटले उनलाई उद्धृत गरेको छ। 'हाम...
नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

राजनीति
काठमाडाैँ – नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई नेपालका लागि नयाँ भारतीय राजदूतमा राजदूत नियुक्त गरेको औपचारिक घोषणा गरेको हो। निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तवलाई पठाउन लागिएकाे हाे । उनको नाम नेपालबाट स्वीकृत भएसँगै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउन लागेका हुन् । भारतीय विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यारत श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्। सन् २०२० मा भारत–चीन सीमा क्षेत्रको लाइन अफ एक्च्युल कन्ट्रोल (एलओसी)मा दुई देशका सैनिकबीच विवादको अवस्था सिर्जना हुँदा चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि श्रीवास्तवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्र...
प्रधानमन्त्री माेदीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास

प्रधानमन्त्री माेदीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास

राजनीति
काठमाडौँ – बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । आठ वर्षअघि भारतको प्रधानमन्त्री भएपछि हुनलागेको उहाँको यो पाँचौँ भ्रमण हो । धार्मिक एवं आध्यात्मिक प्रकृतिको भ्रमण भए पनि दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिको कार्यान्वयन तथा भावी योजनाबारे उहाँहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका निम्ति भारतसँग अनुरोध गर्ने प्रधानमन्त्री देउवाको सार्वजनिक अभिव्यक्त...
‘भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ’

‘भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ’

राजनीति
काठमाडौँ - पछिल्लाे नेपाल–भारत बीचकाे सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको छ । पछिल्लाे केही वर्षयता भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीले नेपाल–भारतकाे सम्बन्ध थप उचाइमा पुगेकाे बताउँदै आएका छन् । पछिल्लाे समय भारत र नेपालको मैत्री सम्बन्ध, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदरदास माेदीकाे धार्मिक एवं आध्यात्मिक हिसाबले हुने जेठ २ गतेकाे भ्रमण तथा दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । भारतीय प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिको कार्यान्वयन तथा भावी...
बालेन शाहलाई केशव स्थापितले किन भने ‘अन्तर्राष्ट्रिय ठग’ ?

बालेन शाहलाई केशव स्थापितले किन भने ‘अन्तर्राष्ट्रिय ठग’ ?

राजनीति
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन् । राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले यस्ताे आराेप लगाएका हुन् । स्थापितले बालेनलाई 'दर्तावाला ठग' रहेकाे आरोप समेत लगाए। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । मसित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ,’ स्थापितले भने, ‘सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’ स्थापितले बालेनसँग सामान्य ज्ञानसमेत नरहेको दाबी गरे। बालेन शाह काठमाडाैँ महानगरकका स्वतन्त्र उम्मेदवार हुन् ।...
स्थानीय तह निर्वाचन : ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

स्थानीय तह निर्वाचन : ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

Featured, राजनीति
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ। हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन्। पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। नेपाली काँग्रेसबाट तीन जना उम्मेदवार नेपाल निर्विरोध निर्वाचित भएका छन्। कम्युनिष्ट पार्टी एमालेबाट एक जना र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको...

सर्वोच्च अदालत खुल्नुअघि नै नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न

Featured, राजनीति
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिह्न लगाउँदै छन् । गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न प्रदान गर्नेछ । सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने उनीहरुको तयारी छ । अदालतमा आज रिट परेर आज नै पेशी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्न सक्ने भएकाले बिहानै कार्यक्रम तय भएको बुझिएको छ । यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि आज दर्ज्यानी चिह्न लगाउने भएका छन् ।...
परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

Featured, राजनीति
  बैशाख २, २०७९ शुक्रबार काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको छ । बिहान आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इञ्चार्जको विस्तारित बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको हो । बैठकले जतिसक्दो छिटो उम्मेदवार चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ । माओवादी केन्द्रले सत्तागठबन्धनबीच भएको सहमतिअनुसार तालमेल गर्दै अगाडि बढ्ने जनाएको छ । केही समयअघि पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको थियो । तर, भागबन्डा मिलाउन भने बाँकी छ । यसैबीच, सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय क...
एमालेको चुनाव चिन्ह सूर्य बिक्रीमा !

एमालेको चुनाव चिन्ह सूर्य बिक्रीमा !

Featured, राजनीति
  शुक्रवार, बैशाख २ २०७९ काठमाडौं - बुधबार एमालेले राप्रपा नेपाल र परिवार दललाई आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य लिएर स्थानीय तहमा जान सक्ने सहमति गर्यो । एमालेको सो निर्णयपछि नेता भीम रावलले कडा आपत्ति जनाए । उनले बिहीबार सामाजिक सञ्जालमा एमालेको चुनाव चिन्ह सूर्य बिक्रीमा रहेको भन्दै नेतृत्वप्रति आपत्ति जनाए । लगत्तै एमाले महासचिव शंकर पोखरेलले सूर्य चुनाव चिन्हमा अरु दलले चुनाप लडे आपत्ति जनाउन नपर्ने भन्दै सामान्य भएको बचाउ गरे । बिहीबार नै निर्वाचन आयोगले जुन चिह्नबाट चुनाव लड्छ, उक्त व्यक्ति सोही पार्टीको हुने स्पष्ट पारेको छ । राप्रपा नेपाल र परिवार दलले सूर्य चिह्नबाट चुनाव लड्ने गरी तालमेलका लागि एमालेसँग सहमति गरेको अर्को दिन आयोगको भनाइ आएको हो । ‘सम्बन्धित पार्टीको आधिकारिक व्यक्तिले दस्तखत गरेर दिएको अवस्थामा त्यो उम्मेदवार हुन सक्ने हो । कुन व्यक्ति कुन दल...