राजनीति

‘हिंसा छोड्दा विप्लव र राजतन्त्र छोड्दा थापालाई साथ दिनु आवश्यक छ’

‘हिंसा छोड्दा विप्लव र राजतन्त्र छोड्दा थापालाई साथ दिनु आवश्यक छ’

राजनीति
काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरलले सूर्य चिह्न अरू दलले स्वीकार्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र नेपाल परिवार दलले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने प्रसंगबारे बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विखण्डनलाई छोड्दा सीके राउतलाई, हिंसालाई छोड्दा नेत्रविक्रम चन्द 'विप्लव'लाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनुपर्ने बताए । उनले लेखेका छन्-'विखण्डनको वाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा (एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।' राप्रपा नेपाल र नेपाल परिवार दलले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट...
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय यसअघि नै गरिसकेको छ । बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो । उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् ।...
तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था गर्न बाबुराम भट्टराईको प्रस्ताव

तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था गर्न बाबुराम भट्टराईको प्रस्ताव

Featured, राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे प्रस्ताव गरेका हुन् । पैसा खर्च गरेर चुनाव जित्ने र असुल्न राज्यकोषको दोहन गर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको भन्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । चुनावी खर्च र यसका सीमाबारे बहस भइरहँदा भट्टराईले ट्वीट गर्दै जहिलेसम्म पैसा खर्च गरेर चुनाव जित्ने प्रवृत्ति रहन्छ त्यो बेलासम्म राज्यको दोहन भइरहने खतरा हुने बताए । उनले लेखेका छन्-‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं-तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ...
एमाले नेतृत्वलाई भीम रावलको प्रश्न : के सूर्य बिक्री हुने चिन्ह हो ?

एमाले नेतृत्वलाई भीम रावलको प्रश्न : के सूर्य बिक्री हुने चिन्ह हो ?

Featured, राजनीति
  नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् । ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच/पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो । सम्झौतामा राप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चि...
चुनावअगाडि गरिने तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा

चुनावअगाडि गरिने तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा

फोटो फिचर, राजनीति
  काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअगाडि गरिने नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन्। नयाँ वर्षको अवसरमा मित्रपार्कमा आयोजित चियापान समारोहमा बोल्दै उनले यसले तालमेलले कुनै पार्टीलाई पनि राम्रो नगर्ने बताए। उनले तालमेल नेपालको लोकतन्त्रको दीर्घकालीन हितमा छ कि छैन भनेर उचित समयमा छलफल गर्नैपर्छ, बहस गर्नैपर्छ भन्ने लाग्छ। स्थानीय निर्वाचनमा स्थानीय मुद्दाभन्दा पनि बढी गठबन्धनको विषयले चर्चा पाएकोमा पनि उनले असन्तुष्टि जनाए। 'मैले केही समयअघि केन्द्रीय समिति बैठकमा राखेको कुरा स्मरण गर्छु, राजनीतिक व्यवस्था, खासगरी संसदीय व्यवस्थाभित्र दलहरुका बीचमा तालमेल नहुने होइन। तर हामी जुन खालको तालमेलको संस्कृतितर्फ जाँदैछौँ। यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन,' उनले भने। आफू तालमेलको पक्षमा नभए पनि पार्टीको निर्णय मानेको र मा...
केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

फोटो फिचर, राजनीति
  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याएका छन् । निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको संज्ञा दिएका छन् । ‘ताजा जनादेश भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन अराजक समूहका कुनै आफ्ना एजेण्डा छैनन्,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चार पृष्ठ लामो शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।...
२०७९ साल देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

२०७९ साल देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

फोटो फिचर, राजनीति
  काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले २०७९ संघ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताए । संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने नेपालको भनाइ छ । 'समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ,' नेपालले सन्देशमा भनेका छन् । 'बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ,' नेपालले भनेका छन्, 'नया...
सिके राउत र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न माग

सिके राउत र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न माग

Featured, राजनीति
  गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटमा विसं २०७५ फागुन २४ गते नेपाल सरकार र तत्कालिन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ। भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरे। स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाँणले बताए। त्यस्तै सहमति कार्यान्वयनका लागि फेरि बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ। छलफल सकारात्मक रहेकाले अर्को बैठक बसेर टुंग्याउने सहमति बनेको मन्त्रालयल स्रोतले जनाएको छ। गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।...
नेपाल परिवार दलले सूर्य चिन्हबाट चुनाव लड्ने, एमालेसँग भयो ५ बुँदे सहमति

नेपाल परिवार दलले सूर्य चिन्हबाट चुनाव लड्ने, एमालेसँग भयो ५ बुँदे सहमति

राजनीति
  काठमाडौँ : सत्ता साझेदार पाँच दलले स्थानीय तहमा साझा उम्मेदवार उठाउने र गठबन्धनका दलहरू बाहेकका दलसँग चुनावी तालमेल गर्न नपाइने निर्णय गरेसँगै ठूलो दल एमालेले पनि अन्य दलसँग चुनावी तालमेल थालेको छ। एमालेले नेपाल परिवार दलसँग स्थानीय तहको चुनावमा गठबन्धन गर्ने पाँच बुँदे सहमति गरेको छ। एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ। नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो। सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन्। निर्वाचनमा विजयी भएपश्चात् भने नेपाल परिवार दलमै आबद्ध हुनेछन्। देशभरका ...
निर्वाचन निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा जोड

निर्वाचन निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा जोड

राजनीति
  विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखे । उनले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिए । उनले १० हजार २०० मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए । प्रदेश नं १ क...