बालबालिका प्रयोग गरेको भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैं । बालबालिका प्रयोग गरेको भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्यूठानबाट उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नु भएको हो ?’ आयोगले सोधेको छ ।

थापालाई आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.