राजनीति

गोरखा-२ बाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड विजयी

गोरखा-२ बाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड विजयी

Featured, राजनीति
गोरखा । गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याए । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३९३ मत प्राप्त गरे । गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १२४ बदर भएको बताइएको छ । तर निर्वाचन आयोगले भने मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।...
ललितपुर ३ बाट प्रतिनिधिसभामा तोसिमा कार्की विजयी

ललितपुर ३ बाट प्रतिनिधिसभामा तोसिमा कार्की विजयी

Featured, राजनीति
काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छिन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन् । खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी भुसालले ८ हजार ७६९ मत पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट विजयी थिइन् ।...
काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

Featured, राजनीति
काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका छन् । भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएका छन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।...
नेपाल–भारत सम्बन्धमा चिनियाँ हस्तक्षेप

नेपाल–भारत सम्बन्धमा चिनियाँ हस्तक्षेप

Featured, राजनीति
काठमाडाैँ । शताब्दीयाैँ देखि नेपाल र भारतबीच बलियो सामाजिक, आर्थिक, वैचारिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध रहँदै आएकाे छ । दुई देशले खुला सिमाना साझा गर्दै सधैँ राम्राे सम्बन्ध स्थापित गर्दै आइरहेका छन् । दुई देशका जनता निर्बाध रुपमा आवतजावत गर्न पाइरहेका छन् । नेपाल र भारतबीच राेटी बेटीकाे सम्बन्धकाे कारण गहिराे नाता जाेडिएकाे छ । अपार रणनीतिक महत्वका बाबजुद नेपालले भारतको भूराजनीतिक र सुरक्षाको हिसाबकिताब राखेको भएता पनि भारतले यो सम्बन्धलाई शक्ति वृद्धि गर्ने दृष्टिकोणको संकीर्ण स्वार्थबाट हेरेको छैन। बरु नेपालसँगको भारतको सम्बन्ध सधैं सार्वभौमसत्ता, समानता, सदियौंदेखिको पारस्परिक सम्मानको सिद्धान्तमा आधारित छ । परम्परागत मूल्य र 'छिमेक पहिलो' नीतिकाे सन्दर्भमा, भारतको मुख्य फोकस नेपालमा पूर्वाधार विकासको लागि सहायता र अनुदानमा बढावा दिनु, सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्नु, मानव व...
ओलीले १० करोडमा कमल थापालाई सूर्य चिन्ह बेचेको खुलासा

ओलीले १० करोडमा कमल थापालाई सूर्य चिन्ह बेचेको खुलासा

राजनीति
हेटौंडा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको खुलासा भएकाे छ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले एमाले अध्यक्ष ओलीले राप्रपा नेपालका अध्यक्ष थापालाई सूर्य चिन्ह बेचेको खुलासा गरेका हुन्। शुक्रबार लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ मा उम्मेदवार रहेका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले १० करोडमा सूर्य चिन्ह बेचेको दावी गरे । पूर्वमन्त्रीसमेत रहेको खतिवडाले ओलीले राजावादी र विखण्डनकारीसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बचेको दावी गरे । अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हज...
एमालेका क्षेत्रीय सदस्य नेपाली काङग्रेस प्रवेश

एमालेका क्षेत्रीय सदस्य नेपाली काङग्रेस प्रवेश

राजनीति
मोरङ । निर्वाचनको मिति नजिकिएसँगै मोरङ क्षेत्र नं ३ मा नेपाली काङग्रेस प्रवेश गर्नेको लहर चलेको छ । प्रतिनिधिसभाको निर्वाचनमा यस क्षेत्रले डाक्टर सुनिल शर्मालाई उम्मेद्धार बनाएसँगै नेपाली काङग्रेस प्रवेशको लहर चलेको हो । यसैक्रममा नेकपा एमालेका क्षेत्रीय सदस्य समेत रहेका युवा नेता जिवन कट्वाल नेपाली काङग्रेस प्रवेश गरेका छन् । उनलाई नेपाली काङग्रेसका नेता तथा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धार डाक्टर सुनिल शर्माले पार्टीमा स्वागत गरेका हुन् । पथरीशनिश्चरे वडा नं १० निवासी कट्वाल विभिन्न संघसंस्थाको नेतृत्व गरि नगरमै परिचित छन् । उनले पथरी जेसिजमा अध्यक्ष, जालपा आधारभुत विद्यालय पथरीशनिश्चरे १० को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, डाँस मोरङगी सामुदायीक बनको अध्यक्ष, नवसृजना सहकारीको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् । उनलाई पथरीशनि...
एमालेका अर्का केन्द्रीय सदस्यले दिए राजीनामा

एमालेका अर्का केन्द्रीय सदस्यले दिए राजीनामा

राजनीति
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन मिति नजिक्दै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुले धमाधम राजीनामा दिन थालेका छन् । एमालेका एक केन्द्रीय सदस्यले राजीनामा दिएको एक साता नबित्दै अर्का एक केन्द्रीय सदस्यले पुन राजीनामा दिएका छन् । एक साता अघि केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्चार्ज रिता साहले राजीनामा दिएकी थिइन् । आज फेरि केन्द्रीय सदस्य एवं सिरहा जिल्लाका सहइन्चार्ज रामप्रित रामले राजीनामा दिएका छन् । पर्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग गठबन्धन गरेको भन्दै सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा रामले गरेका छन् । केही नेताहरुको व्यक्तित स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाक...
रूखमा भोट हाल्न जसपा नेता यादवको आव्हान

रूखमा भोट हाल्न जसपा नेता यादवको आव्हान

राजनीति
काठमाडौं । चुनावको मुखमा जनता समाजवादी पार्टी नेपालका नेताहरूका धमाधम पार्टी नीति विपरीत काम गर्न थालेका छ्न। जसपा रौतहटको जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाको अर्का प्रभावशाली नेता अनिल यादव खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छ्न । अनिल यादव जसपा नेपालबाट गरूडा नगरपालिकाको मेयर प्रत्याशी थिए। उनै यादवले रौतहट ३९ख० का लागि नेपाली काग्रेसका प्रदेश उम्मेदवार जितेन्द्र यादवलाई भोट हाल्न सार्वजनिक आव्हान गरेका छ्न। जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिने अनिल यादवले त्यसो गर्नुका कारण जसपाभित्रको चरम जातिवाद रहेको देखिन्छ। एमालेसङ्ग गठबन्धन गरेपनि जसपाका यादव नेताहरूले काग्रेसको यादव उम्मेदवारलाई सघाउने ‘अप्रत्यक्ष’ नीति लिएको अनिल यादव निकटको स्रोतबाट बुझिएको छ।...
निर्वाचनको पुर्वसन्ध्यामा कम्युनिस्टलाई मिलाउन चीनियाँ मन्त्री नेपाल आउदै

निर्वाचनको पुर्वसन्ध्यामा कम्युनिस्टलाई मिलाउन चीनियाँ मन्त्री नेपाल आउदै

राजनीति
काठमाडाैं ।  मंसिर ४ गतेको निर्वाचन हुने नदिने षडयन्त्र गरिरहेको आरोप खेपेको चीनका सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउन लागेका छन् । भूकम्पपछि चीनको सहयोगमा पुनःनिर्माण भएका सम्पदाहरूको अवलोकन गर्न उनी नेपाल आउन लागेको वताईए पनि उनको भ्रमणलाई शंकास्पद रुपमा हेरिएको छ । उपमन्त्री ली छ्युन शुक्रवार नेपाल आउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको स्वकीय सचिवालयले पुष्टि गरेको छ। सचिवालयले चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्न ली छ्युन नेपाल आउन लागेको जनाएको छ। तर, निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। देश पुर्ण रुपमा चुनावमा केन्द्रित भएका वेला पुनर्निमाणको उदेश्य लिएर छिमेकी राष्ट्रको मन्त्री भ्रमणमा आउनुलाई सामान्य रुपमा वुझन नहुने जानकारहरु वताउँछन्। कुवेलामा भएको भ्रमणका कारण उनको आतिथ्यमा पनि कमजोरी हुन सक्ने उनीहरुको भनाई छ। ची...
ललितपुर १ मा एमालेलाई धक्का, निर्वाचित वडाध्यक्ष नै कांग्रेस प्रवेश

ललितपुर १ मा एमालेलाई धक्का, निर्वाचित वडाध्यक्ष नै कांग्रेस प्रवेश

राजनीति
काठमाडौं ।  मंसिर ४ गतेको आम निर्वाचन अघि नेकपा एमालेलाई ललितपुर क्षेत्र नम्बर १ मा ठूलो धक्का लागेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गोदवारी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट विजयी भएका बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदशसभा ९क० का उम्मेदवार मधुसुदन पौडेलको वसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे नै नेपाली कांग्रेसमा प्रवेश गरेपछि एमालेलाई चुनावकै मुखमा संकट परेको हो । २०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु विर्सिएकाले आफूले नेपाली कांग्रेस रोजेको बताएका छन् । ३ वटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् । २ पटक एमालेको जिल्ला सचिवालय सदस्य समेत रहेका घिमिरेलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार तथा नेपाली ...