कांग्रेस बागमती संसदीय दलमा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा को हुन् ?
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि कांग्रेस नेता बहादुर सिंह लामाले उम्मेदवारी दिने भएका छन् ।
नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभामा निर्वाचित भएका लामाले संसदीय दलको नेतामा उम्मेदवारी दिन लागेका हुन् ।
यस्तो छ बहादुर सिंहको राजनीतिक इतिहास
बागमती प्रदेशको संसदीय दलको नेतामा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा विकास प्रेमी नेताको रूपमा चिनिन्छन्। प्रदेश विकास निर्माणमा होस् या पार्टीमा स्पष्ट कुरा राख्न सिधै केन्द्रमा पहुँच भएका नेता हुन् लामा।
प्रदेश सांसद भएर मात्रै प्रदेशको विकास सम्भव नभएकोले उहाँलाई प्रदेश संसदीय दलको नेतामा जिताए मात्रै समग्र प्रदेशको विकास हुने कांग्रेस नेताहरू बताउँछन्।प्रदेशको विकास निर्माणका लागि केन्द्रमा पहुँच राख्न सक्ने हैसियत उहाँमा छ । विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनका लाम...







