किन विवादित बन्दै छन कांग्रेस प्रदेश सभापति बानियाँ ?

काठमाडाैं । पछिल्लो समय नेपाली कांग्रेसको प्रदेश कमिटी विवादित बन्दै गएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणकाे क्रममा देखाएका एकलाैटी रवैया कारण प्रदेश कमिटीमा समस्या उत्पन्न भएकाे हाे ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा प्रदेश सभापति बानियाँले प्रदेशबाट वितरण हुने स्थानीय तहकाे टिकट वितरणकाे क्रममा एकल निर्णय गर्न खाेजकाे नेताहरूकाे आराेप छ ।

साेही क्रममा प्रदेश कमिटीकाे निर्णय नै पूरा नभई टिकट अनाधिकृत रूपमा वितरण भएकाे कांग्रेस नेता कार्यकर्ता हरूकाे आराेप छ ।

जस्तै टाेखा नगरापलिकाकाे मेयरकाे टिकट विवादस्पद हुनकाे प्रमुख कारण पनि प्रदेश कमिटीले आधिकारिक निर्णय नै नगरिक रजनी थापाले नेपाली कांग्रेसकाे तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

जबकी प्रदेश संसदीय समिति बैठकले टाेखा नगरपालिकाकाे विषयमा निर्णय नै नगरिकन उक्त उम्मेदवारी दर्ता हुनलाइ टिकट कहाँ काे बाट प्राप्त भयाे भन्ने प्रश्न आएको र सो प्रश्न अहिलेसम्म पनि अनुत्तरीत रहेको छ ।

थापालाई पूर्णबहादुर खड्काकाे दबाबमा प्रदेश सभापति बानियाँले बिना निर्णय टिकट दिएकाे प्रदेश कमिटीका एक सदस्यकाे आराेप छ ।

बागमती प्रदेश कमिटीले वैशाख ११ गते निकालेकाे प्रेस विज्ञप्तिमा अन्य स्थानीय निकायकाे निर्णय भएपनि टाेखा नगरपालिकाकाे टिकट दिएकाे भने कुनै निर्णय नभएकाे देखिन्छ ।

त्यस्तै गाेकर्णश्वर नगरपालिकाकाे विषयमा केन्द्रीय सदस्य अम्बिका बस्नेतकाे जायज रायलाई पनि अवमुल्यन गर्दै
प्रदेश सभापति बाँनियाले टिकट वितरणकाे निर्णय गरेकाे हुनाले उहाँ बैठकबाट बाहिरिनु भएकाे र पार्टी सभापति सामु राजीनामा पेस गर्नु भएको थियाे ।

त्यसैगरी बैठकमा केन्द्रीय सदस्यकाे पनि प्रदेश सभापति बानियाँले मान मर्दन गरेका गरेका थिए । प्रदेश सभापति बाँनियाले पार्टीकाे विधि विधान तथा शिद्धान्त उल्लघंन गर्दै पार्टीका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूलाइ बैठकमा मान मर्दन गरी अभद्र व्यवहार देखाएकाे नेताहरू बताउँछन् ।

प्रदेश सभापति बाँनियाले पार्टीकाे बिना निर्णय मनाेमानी ढंगले टिकट दिँदा पार्टी भित्र रहेका ईमान्दार, लगनशील र पार्टीलाई लामाे समयदेखि याेगदान पुर्‍याइरहेका नेता तथा कार्यकर्ताहरूमाथि अन्याय भएकाे छ।

त्यसैगरी प्रदेश सभापति बानियाँले आफ्नो गृह जिल्ला रहेको मकवानपुरमा कांग्रेसको संगठन बलियो बनाउन प्रयास नगरेको मात्रै होइन गत स्थानीय निर्वाचन र संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको कांग्रेस नेताहरुको आरोप छ र सोही विषयमा केन्द्रिय कार्यलयमा परेको उजुरी समेत छलफल कै क्रममा रहेको छ ।

प्रदेश सभापति बानियाँले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको नीति विपरित काम गरेपछि उहाँ कमजोर देखिनु भएको कांग्रेस कार्यताहरुको भनाइ छ । निर्वाचनमा प्रदेश सभापति बानियाँले पार्टी हित विपरित अन्तर्घात गरेपछि कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ र आनन्दराम पराजुलीले हार व्यहोर्नु परेको कुरा कांग्रेस भित्र चलिरहेको छ ।

पछिल्लाे समय प्रदेश सभापति बानियाँले बैठकमा आफुखुसि गर्दै आइरहेका छन् । प्रदेश सभापति बानियाँकाे यस्ताे सनकपुर्ण रवैयाले प्रदेश कमिटीमा मनमुटाव भएकाे छ । यस्ता विवादस्पद प्रदेश सभापति बानियाँ फेरि संसदीय दलकाे नेतामा चयन भएमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल एकलाैटी ढंगमा चल्ने हाे की भन्ने नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

अहिले पनि प्रदेश सभापति बानियाँ पूर्णबहादुर खड्काकाे ईसारामा मात्र चालिरहेकाे पार्टी भित्र गाइगुई सुनिने गरेकाे छ । पछिल्लाे समय स्थानीय निर्वाचनमा टिकट बितरणको क्रममा भएको अनिमियतता कै कारण प्रदेश सभापति बाँनिया बिबादित हुँदै आएकाे नेताहरुकाे भनाइ छ ।