राजनीति

गाउँपालिका अध्यक्षको कार्यशैलीको विरोध गर्दै उपाध्यक्षले दिइन् राजीनामा

गाउँपालिका अध्यक्षको कार्यशैलीको विरोध गर्दै उपाध्यक्षले दिइन् राजीनामा

राजनीति
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएकी छन् । उनले गाउँपालिका अध्यक्षको कार्यशैली लगायतको कुरामा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए । रासस
राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

राजनीति
काठमाडौं । अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए ।...
अनेरास्ववियूको कार्यकर्ता भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

अनेरास्ववियूको कार्यकर्ता भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

राजनीति
काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीकाे भेलालाई सम्बाेधन गर्ने भएका छन् । अनेरास्ववियूले आज काठमाडाैंमा वृहत कार्यकर्ता भेलाको आयोजना गरेकाे छ । मध्यान्ह १२ बजे कार्की ब्याङकेटमा सुरु हुने भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । माइतीघर मण्डलामा भेला भई कार्की ब्याङकेट जाने उक्त भेलालाई अध्यक्ष ओलीलगायत अन्य शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिए ।...
प्रचण्डलाई सरकार ढाल्ने बानी परेको छ : ऊर्जामन्त्री रायमाझी

प्रचण्डलाई सरकार ढाल्ने बानी परेको छ : ऊर्जामन्त्री रायमाझी

राजनीति
अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशलाई अस्थिरतामा धकेलेकाे आराेप लगाएका छन् । प्रेस संगठन अर्घाखाँचीले आइतबार बिहान सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन प्रचण्ड–नेपाल सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको दावी गरे । नेकपामा अहिलेकाे अबस्था आउनुमा पनि प्रचण्ड र नेपाल नै मुख्य कारक रहेको बताएका छन् । उनीहरुको व्यवहारले नेकपामा ठूलो दुर्घटना भएको रायमाझीकाे भनाइ थियाे । विगतमा प्रचण्डले आफू नेतृत्वसहित आठवटा सरकार ढालेको जनाउँदै रायमाझीले अहिले ओली नेतृत्वको सरकार पनि ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए । उनले भने, ‘सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो, उहाँ (प्रचण्ड)लाई सरकार ढाल्ने बानी परेको छ।’...
‘चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय’

‘चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय’

राजनीति
काठमाडौं । छिमेकी मुलुक चीनको एक टोली अनाैपचारिक रूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलाउन काठमाडौंमा अझै सक्रिय रहेकाे भारतीय सञ्चार माध्यमले दाबी गरेकाे छ। भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने गरी टाेलीलाई परिचालित गरेका छन्। पत्रिकामा जनाएअनुसार तीन सदस्यीय टोली अझै काठमाडाैँमा रहेर नेकपा मिलाउने प्रयास गरिरहेका छन्। सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ । उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’ नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ...
आन्दोलन छाडेर निर्वाचनकाे तयारीमा लाग्न मन्त्री गुरुङको आग्रह

आन्दोलन छाडेर निर्वाचनकाे तयारीमा लाग्न मन्त्री गुरुङको आग्रह

Featured, राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आन्दोलन छाडेर चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले आन्दोलनरत दलहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सरकारले चुनावको तयारी गरिसकेको छ, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको आशा नगरी चुनावको तयारीमा जुट्नुस ।’ सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विभिन्न दलहरुले संसद विघटन असंवैधानिक कदम भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक स‌घर्ष गर्दै आएका छन् ।...
दुई महिनाभित्र सम्पती विवरण बुझाउन मन्त्री भट्टराईकाे निर्देशन

दुई महिनाभित्र सम्पती विवरण बुझाउन मन्त्री भट्टराईकाे निर्देशन

राजनीति
काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनु भएको छ । आज मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिदै गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गर्नु भएको छ । मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकिकृत गर्ने योजना भएको बताउदै महिना दिन भित्र सुझाव दिन सवैलाई आग्रह गर्नुभयो । उहाँले विकास समितिहरुले मितब्यहिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा ब्यवस्थित गरी लेखा परिक्षण अनिवार्य गर्न तथा बेरुजु फस्यौट गर्न तर्फ लाग्ने निर्देशन दिनु भएको हो । उहाँले धार्मिक तथा साँस्कृतिक स्थलको विका...
स्थायी कमिटी अनिश्चित भएपछि ओली-प्रचण्डबीच फेरि छलफल

स्थायी कमिटी अनिश्चित भएपछि ओली-प्रचण्डबीच फेरि छलफल

राजनीति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी छलफलमा जुटेका छन् । स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भएकाे छलफल कुनै निष्कर्षमा नपुगेपछि अहिले नेकपा महासचिव विष्णु पौडेललाई साक्षी राखेर दुई अध्यक्ष छलफलमा जुटेका छन् । स्थायी कमिटीको बैठक अझै सुरू हुन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष फेरि छलफल जुटेका हुन् । यसअघि भएको छलफलमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई १९ बुँदे प्रतिवेदनमा छलफल हुन नसक्ने बताएका थिए । बालुवाटारमै बसेकाे स्थायी कमिटीकाे बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।...
अध्यादेशविरुद्ध सर्वोच्चमा रिट (यस्ताे छ रिटको पूर्णपाठसहित)

अध्यादेशविरुद्ध सर्वोच्चमा रिट (यस्ताे छ रिटको पूर्णपाठसहित)

राजनीति
काठमाडाैं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अध्यादेश जारी भएलगतै त्यसकाे विराेध भइरहेकाे छ । प्रतिपक्षले मात्रै हाेइन अध्यादेशकाे सत्तारूढ नेकपाका नेताहरूले पनि त्यसकाे विराेध गरिरहेका छन् । त्यस्त बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । उनले दायर गरेकाे रिटको पूर्णपाठः श्री सर्वाेच्च अदालत, संवैधानिक इजलासमा चढाएको निवेदनपत्र विषयः संविधानसंग बाझिएको अध्यादेश अमान्य र बदर घोषित गरी उत्प्रेषण, प्रतिषेध लगायत उपयुक्त आदेश समेत जारी गरी पाऊँ । १. गुल्मी जिल्ला साविक अमरपुर गा.वि.स. वडा नं. ४ परिवर्तित इस्मा गा.पा. वडा नं. ६ बस्ने अधिवक्ता ओमप्रकाश अर्याल (फोन ९८४१२९३८६७) .................. ...............१ निवेदक विरुद्ध १. प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन...
ओली नगएपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित

ओली नगएपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रभावित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली अनुपस्थित भएपछि बैठक प्रभावित बनेकाे हाे । यसैबीच बैठक प्रभावित भएपछि नेकपाका दुई नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षर सहित स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेका स्राेतले जानकारी दियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ । यही विवादका कारण स्थायी कमिटी बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका हुन् ।...