राजनीति

नेकपा स्थायी कमिटी बैठक बालुटारमा सुरु, ओली अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक बालुटारमा सुरु, ओली अनुपस्थित

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा केपी शर्मा ओली सहभागी छैनन् । ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन् । बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ । गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।...
ओली र प्रचण्डबीचको वान टु वान वार्ता सकियो

ओली र प्रचण्डबीचको वान टु वान वार्ता सकियो

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता भएकाे छ। नेकपाभित्रकाे विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच वान टु वान वार्ता भएको हाे । स्थायी समिति बैठक अगाडि नै अध्यक्षद्वयबीचको वार्ता भएकाे हाे । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ । बुधबार बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन्।...
ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । नेकपा स्थायी कमिटी बैठक अगाडि पार्टी दुवै अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरू भएकाे हाे । स्थायी कमिटी बैठक १ बजेदेखि भए पनि बैठकअघि दुवै अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ संवाद चलिरहेको ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषको नियुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि प्रचण्डले आलोचना गरेका छन्। पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै उनी चिढिएका छन्। त्यही विषयलाई आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारी गरेका छन्।...
भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्न पत्राचार

भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्न पत्राचार

राजनीति
काठमाडाैं । किसानलाई उखुको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकको निर्णयअनुसार चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको हो । लामो समयदेखि चिनी उद्योगीले किसानको बक्यौता भुक्तानी नगर्दा किसान आन्दोलनमा उत्रिएपछि कृषि, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र गृहमन्त्रीबीच गृह मन्त्रालयमा बैठक भएको थियो । तीन मन्त्रालयका मन्त्रीहरूबीचको छलफल पछि किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीलाई कारबाही गर्ने निर्णय भएपछि सर्लाही, नवलपरासी र रौतहटका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी पठाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । प्रवक्ता बुढाले चिनी उद्योगीले किसानलाई पटक पटक सहमति गरी झुलाउने काम ग...
राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट हटाउन तरुण दलकाे माग

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट हटाउन तरुण दलकाे माग

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ। संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले सो माग गरेको हो । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सम्माननीय राष्ट्रपति ज्युको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’ तरुण दलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशमा टेकेर तत्काल कुनै पनि निर्णय नगर्नसमेत अनु...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट

राजनीति
काठमाडाैं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएकाे छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशविरूद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गर्ने तयारी गरेका हुन् । अधिवक्ता अर्यालले आफ्नो रिट निवेदनमा अध्यादेश जारी गरी द्रूत गतीमा भइरहेको बैठकका कारण 'संविधान माथिको जालसाजी द्रुत गतिमा भैरहेको देखिएको र यस कार्यलाई तत्काल रोकथाम नगरिएमा संवैधानिक मूल्यमान्यतामा व्यापक मात्रामा क्षती पुग्ने, राज्य सञ्चालकका बदनियतयुक्त कार्यका कारणले संवैधानिक प्रणालीका सम्बन्धमा वैद्यताको संकट गहिरिन सक्ने र अन्ततः संवैधानिक दुर्घटना सम्म पनि हुन सक्ने संवेदनशील अवस्था विकसित भैरहेको' उल्लेख गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशअनुसार मंगलबार साँझ नै संवैधानिक परिषद्को बैठक बसेको थियो। अध्...
अध्यादेश प्रकरणले ओलीलाई कारबाही गर्ने बाटाे खुला

अध्यादेश प्रकरणले ओलीलाई कारबाही गर्ने बाटाे खुला

राजनीति
काठमाडाैं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसकाे चर्काे विराेध भइरहेकाे छ । प्रतिपक्षी दलका नेताहरूले मात्रै हाेइन, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले पनि अध्यादेशकाे चर्काे विराेध गरिरहेका छन् । पछिल्लाे समय नेकपाभित्र देखिएकाे विवाद अध्यादेश जारी भएपछि झनै बढ्ने संकेत देखिएकाे छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा समेत छलफल नगरी एकलाैटी रूपमा अध्यादेश जारी गरेकाे भन्दै मन्त्रिपरिषद्का सदस्यसमेत रूष्ट बनेकाे छन् । सभामुख अग्नि सापकाेटा एकदिन संवैधानिक परिषद्काे बैठकमा उपस्थित नहुँदा प्रधानमन्त्री ओलीले एकलाैटी रूपमा अध्यादेश ल्याएर बहुमतका आधारमा निर्णय गर्ने बाटाे खुला गरेका छन् । विवादकाबीच नेकपाकाे स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे...
शंकर पोखरेल एकाबिहानै खुमलटार पुगे

शंकर पोखरेल एकाबिहानै खुमलटार पुगे

राजनीति
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् । अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला उनी प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को विरोध भइरहेका बेला ओलीले पुन सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएका बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् । लुम्विनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेको स्रोतको दावी ...
नेकपा विवाद आन्तरिक रूपमै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

नेकपा विवाद आन्तरिक रूपमै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

राजनीति
बुटवल । अर्थमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपाभित्रको अन्तरिक विवाद आन्तरिक रूपमै समाधान हुने बताएका छन् । रूपन्देहीकाे बुटवलमा एक कार्यक्रममा उनले नेकपाभित्र अहिले देखिएका समस्यामा विग्रहको खोजी गर्नेहरू विफल हुने दाबी गर्दै आन्तरिक रूपमै विवाद समाधान हुने बताए । पार्टीभित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थितरतातिर धकेल्ने प्रयास भएपनि त्यो सफल नहुने उनकाे विश्वास छ । ‘कसैले नेकपा फुटोस् भन्ने चाहँदैमा पार्टी फुट्दैन, पार्टीमा विवाद आउनु र त्यसको समाधान हुँदै जानु नियमित प्रक्रिया हो ।’ उनले भने ।...
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन् । सोमबारको नियमित बैठक नबसेकाले मन्त्रिपरिषद् बैठक आज सारिएको एक मन्त्रीले जानकारी दिए । तर, पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अप्ठ्यारोमा पुगेका प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णय गर्न सक्ने पनि आकलन भएका छन् । पार्टी विवादको प्रभाव संवैधानिक परिषदसम्म पुग्दा पूर्वमाओवादीको कोटाबाट सभामुख बनेका सापकोटा प्रधानमन्त्री अध्यक्ष रहेको परिषद बैठकमा समन्वय अभावको कारण देखाउँदै सहभागी भएनन् ।...