राजनीति

सभामुख नगएपछि संवैधानिक परिषद् बैठक स्थगित

सभामुख नगएपछि संवैधानिक परिषद् बैठक स्थगित

राजनीति
काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएकाे छ। सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि म‌ंगलबार बिहान डाकिएको सं‌वैधानिक परिषद् बैठक अब साँझ ५ बजे बस्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि साँझ बस्नेगरि स्थगित भएकाे हाे । सभामुख सापकोटा अनुपस्थित भएपनि परिषदकाे बैठक केहिबेर बसेकाे थियाे । पर्याप्त तयारी नपुगेको भन्दै सभामुख सापकाेटा बैठकमा उपस्थित नभएको उनीनिकट स्रोतले बताउछ । बैठकमा प्रधान न्यायाधीश चाेलेन्द्र शमसेर जबरा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना सहभागी छन्। गत आइतकाे बैठकमा देउवा अनुपस्थित भएपछि औपचारिक रूपमा बैठक नबसी स्थगित भएको थियो । संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफ...
संवैधानिक परिषद्को बैठकमा सापकोटा अनुपस्थित, आजपनि काेरम पुगेन

संवैधानिक परिषद्को बैठकमा सापकोटा अनुपस्थित, आजपनि काेरम पुगेन

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभामुख अग्निप्रसाद सापकोटाले असहयोग गरेका छन् । आइतबार बस्न नसकेको संवैधानिक परिषदको बैठक प्रधानमन्त्री ओलीले मंगलबार बिहान बोलाएका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेपछि सभामुख सापकोटा बैठकमा अनुपस्थित भई परिषद अध्यक्ष समेत रहेका ओलीलाई असहयोग गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भए पनि सापकोटाको अनुपस्थितिले विभिन्न संवैधानिक निकायमा हुनुपर्ने नियुक्तिमा प्रभाव परेको छ। परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ। परिषद बैठकमा सबैको उपस्थितिका आधारमा विभिन्न संवैधानि निकायमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ। नेकपाभित्रको जारी विवादका कारण प्रचण्ड–माधव नेपाल समूहले विभिन्...
भिसामा मनपरी निर्णय

भिसामा मनपरी निर्णय

राजनीति
काठमाडौं । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिसा)को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष (२०२१)का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका विदेशीलाई नेपाल बसिरहेकै अवस्थामा पुनः पर्यटक भिसा दिन मिल्दैन। अध्यागमन नियमावलीको नियम ६ (२)मा ‘पर्यटक भिसा एक भिसा वर्षमा बढीमा पाँच महिनाका लागि दिइनेछ’ भन्ने स्पष्ट प्रावधान छ। तर, गृहले उक्त नियमावलीविपरीत भिसा नियमित गरेर अर्को वर्षका लागि पनि भिसा दिने निर्णय गरेको हो। मंसिर २३ को गृहमन्त्रीस्तरीय उक्त निर्णय अध्यागमन नियमावलीविरुद्ध छ। अन्तर्राष्ट्रिय उडान भइरहेका मुलुकका नागरिकलाई फिर्ता नपठाई अर्को वर्षका लागि पनि भिसा दिने गृहको निर्णय आश्चर्यजनक छ। अन्तर्राष्ट्रिय उडान भइसकेका चीनलगायत अन्य मुलुकको नागरिकका हकमा गृहको उक्त निर्णय सान्दर्भिक छैन। गृहले त्यस्ता विदेशीलाई निष्क...
कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल

कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल

राजनीति
दमौली । कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले काँग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे । “गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उनले भने । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा. रिजालको आरोप थियो । संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वतन्त्रतामाथि अङ्कुश लगाए । कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले सरकारले राम्रो काम नगरेको जनाउ...
नेकपा विवाद : ओलीले संवैधानिक परिषद्काे बैठक बोलाए पछि प्रचण्ड झनै रूष्ट

नेकपा विवाद : ओलीले संवैधानिक परिषद्काे बैठक बोलाए पछि प्रचण्ड झनै रूष्ट

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषद्को बैठक बोलाइएको प्रति असन्तुष्टि जनाएका छन् । पार्टीकाे स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका हुन्। 'मंगलबार फेरि संवैधानिक परिषदको बैठक बोलाइएको छ। यसले पार्टीमा देखिएको संकटलाई थप बढाउने निश्चित छ' प्रचण्ड निकट एक नेताले भने, 'उहाँकै आग्रहमा कहिले १० दिन, कहिले ३ दिन बैठक सारिएको छ। अलिकति छलफल र सहमतिको वातावरण बनोस भनेर लागिरहेको बेलामा उहाँले त्यो पहलकदमीलाई लात्ती हानीरहनुभएको छ भनेर प्रचण्डले भन्नुभएको छ।' हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत...
मलाई चीनको इसारामा सांसदबाट हटाइएको हो : सरिता गिरी

मलाई चीनको इसारामा सांसदबाट हटाइएको हो : सरिता गिरी

राजनीति
सप्तरी । पूर्व सांसद सरिता गिरीले चीनको इसारामा आफूलाई सांसद पदबाट हटाएको बताएकी छिन् । साथै उनले आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत दावी गरिन् । सप्तरी सदरमुकाम राजविराजमा सोमबार भएकाे मधेश जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।’उनले आफूलाई हटाउने विषयमा सत्तारुढ नेकपा र आफ्नो पार्टी जनता समाजवादी पार्टी मिलेको आरोप लगाइन् । चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।...
सत्तारूढ नेकपाको विवादले देश बन्धक बन्याे : महन्थ ठाकुर

सत्तारूढ नेकपाको विवादले देश बन्धक बन्याे : महन्थ ठाकुर

राजनीति
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलकाे आन्तरिक विवादले मुलुक अस्तव्यस्त बनेकाे बताएका छन् । महोत्तरी भएकाे एक कार्यक्रममा अध्यक्ष ठाकुरले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे आन्तरिक किचलोका कारण देश बर्बाद हुन लागेकाे दावी गरे । ‘अहिले शिक्षा, स्वास्थ्य, व्यवसाय सबै धाराशायी बनिसकेको छ । नेकपाले यसमा ध्यान दिनुपर्नेमा आन्तरिक विवादमै मस्त छ’ अध्यक्ष ठाकुरले भने, ‘उनीहरुकै विवादले देश बन्धक बनिसकेको छ ।’ कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार प्रदेश २ सरकारसँग सौताको व्यवहार गरिरहेको आरोप लगाए । ‘बजेटको बाँटफाँटलगायतको विषयमा संघीय सरकार सौताको व्यवहार गर्दै आएको छ’ उनले भने ।...
सरकारविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

सरकारविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । काठमाडौंसहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन गर्नुका साथै आमसभा गरेको हो । काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे । महामन्त्री डा. शशांक कोइराला प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए भने नेता गगन थापा धनगढीको कार्यक्रममा सहभागी भए । पार्टी सभापति शेरबहादुर देउवाले भने बागमती प्रदेशको राजधानी हेटौंडाको कार्यक्रममा सहभागी भए । सभापति देउवाले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको दाबी गर्दै अब संसद् र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने स्पष्ट पारेका छन्। उनले आजको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोल...
ओली सरकार नालायक हो, भ्रष्टाचारी हो : रामचन्द्र पौडेल

ओली सरकार नालायक हो, भ्रष्टाचारी हो : रामचन्द्र पौडेल

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा लिप्त भएकाे बताएका छन् । सरकारविद्धकाे प्रदर्शन कार्यक्रममा नेता पौडेलले भ्रष्टचारको कथा त भनिसाध्य नभएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचारी हो ।’ भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको उनले बताए । आफूहरु दूधले नुहाएका छौं नभन्ने उनले बताए । तर आफैंले अख्तियारको कानुन प्रस्ताव पेस गरेर त्यही कानुनअनुसार हत्कडी लगाएको दृष्टान्त पेस गरेको उनले बताए ।...
संविधानलाई उल्ट्याउने सपना पूरा हुन सक्दैन: गृहमन्त्री थापा

संविधानलाई उल्ट्याउने सपना पूरा हुन सक्दैन: गृहमन्त्री थापा

राजनीति
चितवन । गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् । प्रेस सङ्गठन चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगेपनि तिनको सपना पूरा नहुने स्पष्ट पारे। नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, ‘यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।’ अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे।रासस...