राजनीति

काठमाडाैं महानगरद्वारा प्रकाशित ‘इन्द्रजात्रा’ नामक पुस्तक बिमोचन

काठमाडाैं महानगरद्वारा प्रकाशित ‘इन्द्रजात्रा’ नामक पुस्तक बिमोचन

राजनीति
काठमाडाैं । काठमाडौं महानगरपालिकाले प्रकाशन गरेको 'इन्द्रजात्रा' नामक पुस्तक बिमोचन गरिएकाे छ । काठमाडौं महानगरपालिकाको २६औ महानगर दिवस २०७७को अवसरमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले पुस्तककाे बिमोचन गरेका हुन् । पुस्तक बिमाेचन कार्यक्रममा मन्त्री त्रिपाठीले काठमाडाैं महानगर देशकै राजधानी भएकाले जनताप्रति जिम्मेवार र अभिभावक हुन शुभकामना दिए । साथै उनले संघीयता कार्यान्वयनमा महानगर अगाडि रहेको र थप जिम्मेवार बन्नसमेत शुभकामना दिए । राष्ट्रिय सभा गृहमा भएकाे कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्य, शहरी विकास राज्य मन्त्री रामविर मानन्धर, मृगौला बचाउ अभियानका अभियान्ता डा. ऋषि काफ्ले लगायतकाे उपस्थीति रहेकाे थियाे ।...
कांग्रेस महामन्त्री कोइराला भन्छन् – मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन

कांग्रेस महामन्त्री कोइराला भन्छन् – मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन

राजनीति
मोरङ । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा फेरी राजतन्त्र आउने सम्भावना शून्य रहेकाे बताएका छन् । माेरङकाे विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले देशमा अब राजतन्त्र फर्केर नआउने तर जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने बताए । ‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’ पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको भन्दै जेठमा गर्नुपर्ने पनि बताए । उनले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे ।...
राँके–रवि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ : मन्त्री नेम्वाङ

राँके–रवि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ : मन्त्री नेम्वाङ

राजनीति
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन् । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आएका मन्त्री नेम्वाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने बताए । भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि मन्त्री नेम्वाङले चाँडै उपयुक्त निर्णय लिइने बताएका हुन् । “परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी छन्”, स्थलगत निरीक्षणपछि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा आयोजित अन्तरक्रियामा मन्त्री नेम्वाङले भने, “जे गर्दा यो सडक निर्माण चाँडो पूरा हुन्छ, मन्त्रालयले सोही...
पुष १८ गतेभित्र संसदकाे हिउँदे अधिवेशन आव्हान गर्नुपर्ने हुन्छ : सभामुख सापकोटा

पुष १८ गतेभित्र संसदकाे हिउँदे अधिवेशन आव्हान गर्नुपर्ने हुन्छ : सभामुख सापकोटा

राजनीति
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् । आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् । सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए । उनले भने– ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अब पुष १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’ कोभिड–१९ को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए । उनले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही ...
‘प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाउनु भयाे’

‘प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाउनु भयाे’

राजनीति
मोरङ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । साथै उनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए । प्रेस सङ्गठन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने बताउँदै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले महाधिवेशन र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास हुने जिकिर गरे । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र ...
पार्टी प्रवक्ता नारायणकाजीमाथि अनावश्यक विवाद सिर्जना गरियाे : प्रचण्ड

पार्टी प्रवक्ता नारायणकाजीमाथि अनावश्यक विवाद सिर्जना गरियाे : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि अनावश्यक विवाद सिर्जना गरेर भ्रम सिर्जना गरेको बताएका छन् । नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले दिवंगत नेता कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक जोडिएको दावी गरेका हुन् । स्थायी कमिटीको आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले श्रेष्ठविरुद्ध अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आह्वान गरे । बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावरको विवादमा श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै भ्रमपूर्ण प्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरका सम्बन्धित व्यक्तिलाई सँगै राखेर उनीहरूबीच रहेको लेनदेन विवादमा मिल्नुस् भन्नेबाहेक अरु कुनै पनि कुरा नगरेकाले भ्रममा नपर्न पनि दाहालले आग...
राजीनामा माग्दै बालुवाटारमा नारायणकाजी विरुद्ध प्रदर्शन

राजीनामा माग्दै बालुवाटारमा नारायणकाजी विरुद्ध प्रदर्शन

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा बालुवाटार बाहिर प्रदर्शन भएको छ। नेकपा केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि प्रश्न उठेपछि त्यसैलाई आधार बनाएर स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर उनको विरोधमा प्रदर्शन गरेका हुन् । प्रवक्ता श्रेष्ठले सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने माग उनीहरूकाे छ । लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।...
राप्रपा कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने

राप्रपा कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने भएको छ । शनिबार अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीकाे महाराजगन्जस्थित राणाको घरमा बसेको  बैठकले कार्यसम्पादन समितिको बैठक पुस ४ गते काठमाडाैंमा बस्ने तय गरेकाे हाे । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।...
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको बताइएको छ । गत मंसिर २१ गतेबाट सुरु भएको स्थायी कमिटी बैठकको पहिलो दिन ओली अनुपस्थित भएका थिए । आजको बैठकमा भने ओली सहभागी छन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ । ४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा अहिले ४३ सदस्य छन् । सभामुख अग्नी सापकोटा र पूर्वसभामुख कृष्णबहादुर महराको पद रिक्त छ । स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ ।...
संवैधानिक परिषद्को बैठक पर्सी बस्ने

संवैधानिक परिषद्को बैठक पर्सी बस्ने

राजनीति
काठमाडौं । संवैधानिक परिषद्को बैठक मङ्सिर ३० गते बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि गणपुरक संख्या नपुग्दा स्थगित भएकाे बैठक मंगलबार बस्ने भएकाे हाे । कांग्रेस सभापति देउवा आफू बैठकमा उपस्थित नहुने बताएसँगै बैठक स्थगित भएकाे थियाे । सभापति देउवाले कांग्रेस नेता रमेश लेखकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए । बैठकमा ५ जना अनिवार्य उपस्थित हुनुपर्नेमा कोरम नपुगेसँगै बैठक स्थगित गर्नुपरेको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसँग कुरा नमिल्दा धेरै संवैधानिक आयोगहरुले पूर्णता पाउन नसकेको हो । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।...