राजनीति

सरकार विरोधी प्रदर्शनमा भौतिक दुरि राख्दै उपस्थित हुन कांग्रेस सभापति देउवाकाे आग्रह

सरकार विरोधी प्रदर्शनमा भौतिक दुरि राख्दै उपस्थित हुन कांग्रेस सभापति देउवाकाे आग्रह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि देशभर हुने सरकार विरोधी प्रदर्शनमा भौतिक दूरि राख्दै उपस्थित हुन आग्रह गरेका छन् । कांग्रेस सभापति देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै देशभर उत्साह र एकताको साथ भौतिक दूरी कायम गर्दै सहभागिताका जनाउन अपिल गरेका हुन् । देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै सरकारका प्रवृतीका कारण जनताहरुमा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागेको आन्दोलन महत्वपूर्ण समेत कांग्रेसले जनाएको छ । प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको साथै अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द...
संवैधानिक परिषद्को बैठक स्थगित, अर्काे मिति पनि अन्याैल

संवैधानिक परिषद्को बैठक स्थगित, अर्काे मिति पनि अन्याैल

राजनीति
काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित नहुने भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि बैठक बोलाएका थिए । स्थगित भएको बैठक अब कहिले हुन्छ भन्नेबारे अन्योल छ । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन। संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक आयोगहरू लामो समयखदेखी पदाधिकारीविहीन छन् ।...
‘नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक’

‘नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक’

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकहरूबाट साथ पाउने अपेक्षा गरेको उल्लेख गर्दै जलवायुसम्बन्धी महत्वाकाङ्क्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक भएको बताएका छन् । चिली र इटालीसँगको साझेदारीमा फ्रान्स, संयुक्त अधिराज्य तथा संयुक्त राष्ट्रसङ्घले संयुक्तरूपमा शनिबार आयोजना गरेको जलवायु महत्वाकाङ्क्षा सम्मेलनलाई पूर्व अभिलेखित ‘भिडियो’ बाट सम्बोधन गर्दै उनले पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १।५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन रहेको स्पष्ट गरे । जलवायु उत्थानशील विकासको प्रवद्र्धनका लागि नेपाल पूर्ण प्रतिबद्ध रहेको तथा कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील रहेको बताउँदै उनले हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धनका लागि स्वच्छ एवं नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिइएको, वि...
ओली र देउवाबीच भेटवार्ता

ओली र देउवाबीच भेटवार्ता

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ । कांग्रेस सभापति देउवा शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । आइतबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायहरुमा लामो समयदेखि नियुक्ति हुन सकेको छैन । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच संवैधानिक नियुक्तिका विषयमा छलफल भएकाे बताइएकाे छ। संवैधानिक निकायमा हाल ४५ पद रिक्त छन् ।...
कस्तो उटपट्याङ हो, अंग्रेजी नजान्ने नागरिक हैनन् ? : गगन थापा

कस्तो उटपट्याङ हो, अंग्रेजी नजान्ने नागरिक हैनन् ? : गगन थापा

राजनीति
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले अध्यागमन कार्यविधि–२०६५ मा गरिएकाे संशोधन प्रति आपत्ति जनाएका छन् । गृह मन्त्रालयले अध्यागमन कार्यविधि–२०६५ मा संशोधन गर्दै भिजिट भिसामा विदेश जानेहरुले न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यताको प्रमाणपत्र वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेकाे प्रति आपत्ति जनाएका हुन् । सामाजिक संजालमा टिप्पणी गर्दै थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? भन्दै प्रश्न गरेका छन् । गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै थापाले भनेका छन् - 'यो कसको र कस्तो उटपट्याङ हो ?' साथै थापाले के अंग्रेजी नजान्ने नागरिक नै हैनन भन्दै नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि बोकाइएको आरोप लगाएका छन् ।...
कांग्रेसले तय गर्‍यो आन्दोलनको लागि १० बुँदे नारा

कांग्रेसले तय गर्‍यो आन्दोलनको लागि १० बुँदे नारा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनका लागि १० बुँदे नारा सार्वजनिक गरेको छ । कांग्रेसले यही मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनेको आन्दोलनका लागि नारा तय गरेकाे हाे । पार्टी कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो । 'सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिड-१९ विरुद्धको अकर्मण्यता मुर्दावाद ! संघीय लोकतान्त्रिक गणतन्त्र मुर्दावाद !' विज्ञप्ति मार्फत कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्ने जनाएको छ ।...
‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा’

‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा’

राजनीति
इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भने । उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए । सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ । रासस...
राजतन्त्रकाे पक्षमा दमौलीमा मोटरसाइकल र्‍याली

राजतन्त्रकाे पक्षमा दमौलीमा मोटरसाइकल र्‍याली

राजनीति
दमौली । तनहुँमा राजसंस्थाका पक्षमा युवाहरूले मोटरसाइकल र्‍याली गरेका छन् । राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाको एक समूह राष्ट्रवादी अभियान तनहुँले दमौलीमा शुक्रबार मोटरसाइकल र्‍याली गर्दै प्रदर्शन गरेको हो । तनहुँको दमौली, डुम्रे, थर्पु, दुलेगौंडालगायतका सहरबाट आएका युवाले नेपालको झण्डा बोकेका थिए । उनीहरुले राजसंस्थाको पुनर्वहाली तथा हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए । दमौली अनशन चौतारीबाट सुरु र्‍याली बजारका विभिन्न भाग, भादगाउँ, हाइस्कूलटार हुँदै दमौलीमा आएर टुंगिएको थियो ।...
स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री ढकाललाई लेखाले छलफलका लागि बाेलाउने

स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्री ढकाललाई लेखाले छलफलका लागि बाेलाउने

राजनीति
काठमाडाैं । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई संसदीय समितिले बोलाउने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयमातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा स्वास्थ्यमन्त्री ढकालसँग छलफल लागि आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । यसअघिका बैठकमा पनि समितिले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । अबको बैठकमा भने स्वास्थ्यमन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।...
कांग्रेस पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन

कांग्रेस पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन भएको छ । उनकाे उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा ८० वर्षकाे उमेरमा निधन भएको हो । बिहीबार अस्पताल भर्ना भएका श्रेष्ठको ब्रेन ह्याम्रेजका कारण निधन भएको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कू गरेपछि श्रेष्ठ भारत निर्वासनमा गएका थिए । श्रेष्ठ २०१८ सालमा बम बोकेर भारतबाट नेपाल आएका थिए । सोही क्रममा उनी पक्राउ परेका थिए । श्रेष्ठले प्रजातन्त्र स्थापनाको आन्दोलनमा पटक-पटक गरेर करिब १२ वर्ष जेल जिवन विताएका थिए । श्रेष्ठ कांग्रेस काठमाडौं जिल्लाका पूर्वसभापति हुन् । श्रेष्ठका १ छोरा र ३ छोरी छन् ।...