राजनीति

कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे छलफल

कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे छलफल

राजनीति
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको खोप नेपाल ल्याउने विषयमा छलफल गरेका छन् । नेपाली जनतालाई समयमै निःशुल्क काेराेना खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको बताइएकाे छ। उपप्रधानमन्त्री पाेखरेलले शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग छलफल गरेका हुन् । बैठकमा समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको छ । यस्तै कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।...
काठमाडौंको शान्तिवाटीकामा राजतन्त्रकाे पक्षमा प्रर्दशन

काठमाडौंको शान्तिवाटीकामा राजतन्त्रकाे पक्षमा प्रर्दशन

राजनीति
काठमाडाैं । राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन भएकाे छ । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंको शान्तिवाटीकामा प्रर्दशन गरेको हााे । शुक्रबार गरिएकाे प्रर्दशनमा राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्राउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन माग गरिएकाे छ। त्यस्तै धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजावादी जनप्रदर्शन गरिएको समाजको जानकारी दिएको छ । नेपालका राजनीतिक दलका कारण मुलुक धरासयी हुदै गएको र भ्रष्टाचार बढ्दै गएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने प्रदर्शनमा सहभागीहरुको भनाई छ । पछिल्लो समय राजावादीहरुले देशभरि नै प्रदर्शन गर्दै आएका छन् ।...
मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइन्छः मुख्यमन्त्री पौडेल

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइन्छः मुख्यमन्त्री पौडेल

राजनीति
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गरेका छन्। नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले पत्रकारले आफूलाई अनुशासन र मर्यादाको दायरामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारले पनि आफूलाई समीक्षा गर्न पाउने बताए । प्रदेश सरकारले आफ्नो प्रदेशभित्र स्थापित रेडियो, टेलिभिजन, अनलाइन र छापा सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने नीति रहेको जनाउँदै उनले प्रदेशमा पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सञ्चार रजिष्ट्रारलाई प्रभावकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिइएको बताए । उनका अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आगामी दिनमा ज्येष्ठ पत्रकारलाई निवृत्तिभरण दिन नेपाल पत...
नेकपा नेताका छोराहरु के-केमा संलग्न छन् छानबिन गरौँ : बिष्णु रिजाल

नेकपा नेताका छोराहरु के-केमा संलग्न छन् छानबिन गरौँ : बिष्णु रिजाल

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बिष्णु रिजालले नेकपा नेताका छोराहरु के-के मा संलग्न छन् भन्दै छानबिन गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नारायणकाजी श्रेष्ठ विवादमा परेकाे विषयमा लेख्दै नेताका छोराहरु के-के मा संलग्न छन् छानबिन गर्न आग्रह गरेका हु्न् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ' नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली-गलौज गर्ने चलन चलेकै छ ।' उनले अझै थपेका छन् 'सार्वजनिक अडिओ-भिडिओ अनुसार उहॉले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण नभएकाे उनले भनेका छन् । केन्द्रीय सदस्य रिजालकाे स्टाटस यस्ताे छ । नाराय...
भ्रष्टाचारविरोधी आन्दोलनमा लागेका कारण मेराे चरित्र हत्या गर्न खाेजियाे : नारायणकाजी

भ्रष्टाचारविरोधी आन्दोलनमा लागेका कारण मेराे चरित्र हत्या गर्न खाेजियाे : नारायणकाजी

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नाे  खाेजिएकाे बताएका छन् । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको मृत्यु भएपछि विभिन्न सञ्चारमाध्यममा नारायणकाजीसँग जाेडेर विभिन्न समाचार बाहिर आएका छन् । तर ती विभिन्न समाचारमा कुनै सत्यता नभएकाे श्रेष्ठले बताएका छन् । हाइड्राेपावरकाे सेयरकाे विषयमा विवाद हुँदा आफूले विवाद समाधानका लागि मध्यस्तता मात्रै गरेकाे नारायणकाजीले बताए । तर साेही विषयलाई लिएर लामाकाे निधन भइसकेपछि चरित्रहत्या गर्ने उद्देश्यले अडियाे सार्वजनिक गरिएकाे उनकाे भनाइ छ । काेराेना संक्रमण पुष्टि भएपछि लामाले लेनदेनकाे विवाद रहेकाे देखिने गरी सामाजिक सञ्जालमा स्टाटसहरू लेखेका थिए । तर ती कुनै पनि स्टाटसमा नारायणकाजीकाे नाम उल्लेख छैन । लामाले नामै उल्लेख नगरेकाे अवस्थामा उनकाे मृत्युपछि आफ्नाे नाम जाेडेर अतिरञ्जित तरिकाले प्रचार गरिनु ...
पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

राजनीति
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि नलाग्न पार्टी कार्यकर्तालाई आग्रह गरे । शुरुमा पार्टी एकीकरण हुँदा तत्कालीन एमालेमा ६० प्रतिशत र माओवादी केन्द्रमा ४० प्रतिशतका आधारमा पद बाँडफाँट गरे पनि अहिले पार्टी एक भइसकेपछि बहुमत र अल्पमतको कुरा नरहेको बताए । पार्टी एउटै भएपछि बहुमत र अल्पमत नहुने उनको भनाइ छ । सांसद तथा नेकपाका केन्द्रीय सदस्य मनकुमारी केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्य तिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री गुरुङले अहिले दुई अध्यक्ष मिलेर जाने आम पार्टीकार्यकर्ताले...
मणिराम गेलाल सचिवमा बढुवा

मणिराम गेलाल सचिवमा बढुवा

राजनीति
काठमाडौं । सरकारले (सहसचिव) सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक मणिराम गेलालाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ समूहका गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हाे । वरिष्ठतम सहसचिवमध्ये गेलालको बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए । हाल उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन् । यस्तै, बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूतमा पठाउने निर्णय गरेको छ। महावाणिज्यदूत सिफारिसका लागि घिमिरेको केही दिनअघि परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।...
कांग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी

कांग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो । कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ । सोही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको विधानअनुसार आगामी फागुन २० गतेसम्म १४औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार व...
प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बालुवाटार स्राेतका अनुसार मङ्सिर २८ गते आइतबार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएको जानकारी दियाे । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा धेरै निकायहरुमा संवैधानिक पद खाली रहेको छ । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री स्वयम नै रहने व्यवस्था रहेको छ । त्यस्तै प्रधानन्यायाधिश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुने व्यवस्था रहेको छ । साथै सरकारको मुख्य सचिव परिषद्को सदस्य सचिवको रुपमा काम रहने व्यवस्था रहेको छ ।...
भैरहवामा राजतन्त्रको पक्षमा प्रदर्शन

भैरहवामा राजतन्त्रको पक्षमा प्रदर्शन

राजनीति
भैरहवा । रूपन्देहीकाे भैरहवामा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन भएको छ । सम्पूर्ण देशभक्त नागरिक समाज रुपन्देही तथा राष्ट्रिय नागरिक आन्दोलन २०७७ ले भैरहवामा पृथ्वीनारायण शाहको तस्बिर र राष्ट्रिय झन्डासहित राजतन्त्रका पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले सनातन हिन्दूराष्ट्रको पुनर्स्थापना गरी धर्मनिरपेक्षता खारेज गर, हिन्दूराष्ट्र कायम गर, गणतन्त्र खारेज गर, संघीयता खारेज गर, हिमाल पहाड तराई कोही छैन पराईलगायतका नारा लगाउँदै भैरहवाको बर्मेलीटोल, नयाँसडक, देवकोटा चोकलगायतका स्थानमा प्रदर्शन गरेपछि लुम्बिनी गेटमा सभा गरेका थिए । सभामा राष्ट्रवादी युवा अभियन्ता डा. मनोज झा, डा. सुरेन्द्र भण्डारी, रञ्जन खनाल, भीमराज अधिकारीलगायतले राजतन्त्रका पक्षमा बोल्दै राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दूराष्ट्रको विकल्प नभएको बताए ।...