राजनीति

प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवाबीच भेटवार्ता

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागका इञ्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। नेकपाभित्र संकट गहिरिएका बेला चौथाइवाको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । भेटवार्तामा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।...
काँग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री कोइराला

काँग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री कोइराला

राजनीति
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन्। पत्रकारसँग यहाँ आज कुरा गर्दै डा.कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारे । यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, “मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपर्यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुपर्यो ।” महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उनको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उनले बताए । उनले भने, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्म...
कांग्रेस पदाधिकारी बैठक : ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह

कांग्रेस पदाधिकारी बैठक : ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध देशभर व्यापक रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकाे छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले  २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वानसमेत गरेको छ । यस्तै बैठकमा मोरङमा बर्बर ढंगले गरिएको शिक्षक हत्याको विरोध गरिएको छ । दोषीलाई कडा कार्वाही गर्न माग गरिएको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ । व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’ साथै हिं...
नेविसंघले २८ गते सिठ्ठी जुलुस गर्ने

नेविसंघले २८ गते सिठ्ठी जुलुस गर्ने

राजनीति
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी जुलुस गर्ने भएकाे छ। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारकाे विरोधमा ‘सर्व सत्तावाद विरुद्ध सिठ्ठी फुकौँ मङ्सिर २९ को तयारीमा सबै जुँटौँ नाराका साथ विराेध प्रदर्शन गर्न लागेकाे हाे । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको नेविसंघले जनाएकाे छ । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ‘सर्व सत्तावाद विरुद्ध सिठ्ठी फुकौँ मङ्सिर २९ को तयारीमा सबै जुँटौँ ‘भन्ने नाराका साथ नेविसंघले प्रदर्शन गर्न लागेको हो ।...
सरकारविरुद्धको विरोध प्रदर्शन केन्द्रीत कांग्रेस पदाधिकारी बैठक जारी

सरकारविरुद्धको विरोध प्रदर्शन केन्द्रीत कांग्रेस पदाधिकारी बैठक जारी

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनकाे व्यबस्थापनका विषयमा छलफल हुनेछ । सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। मंसिर २९ गते कांग्रेसले देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्दैछ। तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको छ। ‘बैठक सभापतिज्यूको निवास बूढानीलकण्ठमा सुरु भयो,’ महतले भने, ‘बैठकमा पर्सी हुने विरोध प्रदर्शन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित हुन्छ।’...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

राजनीति
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बाेलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसाे ४ बजे बस्ने छ । आजकाे मन्त्रिपरिषद् बैठक नियमित भएकाे र नियमित एजेण्डामा नै छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
नेपालमा कोरोना महामारीलाई नियन्त्रण गर्न सफल भएको प्रधानमन्त्री ओलीको दाबी

नेपालमा कोरोना महामारीलाई नियन्त्रण गर्न सफल भएको प्रधानमन्त्री ओलीको दाबी

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने वताएका छन्। विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने पनि वताए। प्रधानमन्त्री अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने उल्लेख गरे । उनले भनेका छन्, ‘आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।’ प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको दाबी गरे । उनले कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु-याउन...
३ जना सचिवको सरुवा

३ जना सचिवको सरुवा

राजनीति
काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । गत मंसिर १८ गते बसेकाे मन्त्रिपरिषद बैठकले हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेकाे छ । यस्तै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहमा र अतरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएकाे सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिए । यस्तै सरकारले नेपाली सेनाका महासेनानी साेवित बहादुर अधिकारीलाइ सहयक रथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय गरेकाे मन्त्री गुरूङले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।...
विवेकशील र साझाबीच फेरी एकता

विवेकशील र साझाबीच फेरी एकता

राजनीति
काठमाडाैं । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ । विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच दोस्रो पटक पार्टी एक भएको घोषणा गरिएको हो । एकीकृत पार्टीका नेताले हिजो जानेर/नजानेर अलग हुनु परेकोमा माफी मागेका छन् । नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहेका छन् । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ । दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ गरी १३० र सचिवालयमा १३/१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महि...
एआईजीकाे दरबन्दी थप्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन

एआईजीकाे दरबन्दी थप्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन

राजनीति
काठमाडौ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) काे दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयलाई निर्देशन दिएको हो । गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मन्त्रिपरिषद्ले ३ मंसिरमा एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । यसको केही दिनपछि डिआइजी विश्वराज पोखरेललाई आकस्मिक रुपमा एआईजीमा बढुवा गरिएको थियो। पोखरेललाई एआईजी बनाउनेबित्तिकै उनी निर्विवाद रुपमा आइजी बन्नेछन्। सरकारले पोखरेललाई निर्विवाद आइजी बनाउन दरबन्दी थपेको भन्दै आलोचना भइरहेको छ। समितिको बैठकमा सभापति शशि श्रेष्ठले सम्बन्धित मन्त्रालयको प्रस्तावबिनै एआइजीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता दिन निर्देशन दिएकी थिइन्। गृहको ...