राजनीति

बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। बालुवाटार स्रोतले दुई अध्यक्षबीच भेटवार्ता भएकाे पुष्टि गरेपनि कुन-कुन विषयमा छलफल भएकाेबारे सार्वजनिक नगरिएकाे बतायाे । पार्टीभित्र दुई अध्यक्षबीच प्रतिवेदन र पत्र जुहारी चलेको र पछिल्लो समय संवाद समेत हुन छाडेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ। मंसिर २१ गतेबाटख सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो। स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ।...
सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो : सञ्चारमन्त्री गुरुङ

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो : सञ्चारमन्त्री गुरुङ

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त भएकाे बताएका छन् । बहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुधबार आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले भने, “सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।” मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । फरक प्रसङ्गमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले काेराेना खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको जानकारी दिए । मन्त्री गुुरुङले जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्र निर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी...
सत्तारूढ दलकाे किचलाेले राष्ट्रियता र संघीयता संकटमा पर्‍याे : मोहन वैद्य

सत्तारूढ दलकाे किचलाेले राष्ट्रियता र संघीयता संकटमा पर्‍याे : मोहन वैद्य

राजनीति
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता र संघीयता संकटमा परेकाे बताएका छन् । बुधबार बिहान क्रान्तिकारी पत्रकार महासंघ प्रदेश-१ ले गाईघाटमा गरेकाे पत्रकार सम्मेलनमा उनले सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले राष्ट्रियता संकटमा परेको बताए। पत्रकार सम्मेलनमा उनले भने, ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक संकट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता संकटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा ल्याएकाे छ । फरक प्रसङ्ग जाेड्दै उनले भने, 'भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान हुँदैन, आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्छ ।'...
एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस

एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस

राजनीति
काठमाडाैं । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव पदका लागि ३ जनाकाे नाम सिफारिस गरेकाे छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हाे । बढुवा सिफारिस समितिले प्राविधिक सह-सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको हो ।...
साझा र विवेकशील दोस्रो पटक पार्टी एकता गर्दै 

साझा र विवेकशील दोस्रो पटक पार्टी एकता गर्दै 

राजनीति
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच आज दाेस्राे पटक पार्टी एकता हुँदैछ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच बुधबार दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता हुन लागेकाे हाे । पहिलाे पटक एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए । यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।...
देशलाई फेरि हत्याहिंसातर्फ फर्काउने प्रयास भयो : प्रधानमन्त्री

देशलाई फेरि हत्याहिंसातर्फ फर्काउने प्रयास भयो : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि हत्या हिंसा तर्फ फर्काउने प्रयास भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा एक जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बलजफ्ती राजनैतिक समस्या निम्त्याउन प्रयास भइरहेका भन्दै सफल हुन नदिन विभिन्न तत्वहरू लागिपरेकाे बताए । मोरङको मिक्लागुङमा शिक्षकको हत्या भएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘आज मात्रै मिक्लाजुङ भन्ने ठाउँमा केही गलत तत्वहरुले हाम्रै एक जना दाजुभाइलाई अपहरण गरेर लगे, पर लगेर मारे ।’ ‘एउटा हाम्रै देशको दाजुभाइलाई यदि पैसा दे भनेर डकैतीको शैलीमा भन्छ । पैसा दिन सक्दिनँ भन्यो भने घिसारेर लगेर गोली हानेर मार्छ, नेपाल यस्तै खालको विकराल कालखण्ड पार गरेर आएको छ, अब फेरि त्यता फर्काउने प्रयास हुन खोजेको छ ।’...
जनता आवास कार्यक्रमबारे सांसद साहद्वारा सरकारसंग जवाफ माग

जनता आवास कार्यक्रमबारे सांसद साहद्वारा सरकारसंग जवाफ माग

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रभु साहले प्रदेश-२ का आठ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका छन् । जिल्ला सदरमुकाम गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश नं २ का अध्यक्ष साहले सङ्घीय सरकारले तीन वर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भनी प्रदेश नं २ सरकारसंँग जवाफ माग गरे । “घरवारविहीन दलित समुदायको घर निर्माणका लागि सङ्घीय सरकारले अर्बौंँ रकम तीन वर्षदेखि पठाएको छ”, सांसद साहले भने, “तर प्रदेश सरकारको लापरवाहीले दलित समुदायका घर बन्न सकेको छैन ।” प्रदेश सरकार जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको आरोप पनि उहाँले लगाए । रासस...
सगरमाथाको उचाइसँगै बढ्यो देशको स्वाभिमान

सगरमाथाको उचाइसँगै बढ्यो देशको स्वाभिमान

राजनीति
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरुले उल्लेख गरेका छन् । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज यहाँ आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताए । “नेपालको पहिचान र गौरवका रुपमा रहेको सगरमाथाको उचाइ मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्ष...
जनकपुर विमानस्थलमा तीनै तहको मित्रताको सेतु हो : मन्त्री भट्टराई

जनकपुर विमानस्थलमा तीनै तहको मित्रताको सेतु हो : मन्त्री भट्टराई

राजनीति
जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे । सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उनले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भने । सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उनले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औंल्याए। मन्त्री भट्टराईले जनकपुरधामबाट अ...
३ देशका लागि राजदूत सिफारिस

३ देशका लागि राजदूत सिफारिस

राजनीति
काठमाडौं । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।...