राजनीति

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीकाे चर्काे आलोचना

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीकाे चर्काे आलोचना

राजनीति
काठमाडौं । सर्वदलीय बैठकमा सरकारको चर्काे आलोचना भएको छ । पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले चर्को आलोचना गरेको हुन्। बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा मागेका थिए । त्यसपछि बोल्ने प्रमुख प्रतिपक्ष दल कांग्रेस, जनता समाजवादीलगायतका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए । त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई प्रतिगामीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका हुन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको बताए । सरकार सच्चिएर लोकतान्त्रिक पद्धती अनुसार चल्यो भने त्यस...
सर्वदलीय बैठकबाट देउवा बाहिरिए

सर्वदलीय बैठकबाट देउवा बाहिरिए

राजनीति
काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने लिखित धारणा राखेर बाहिरिएका छन् । उनी बैठकबाट बाहिरिएपनि बैठकमा के धारणा राखे भन्ने सार्वजनिक भएको छैन । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ । जारी बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन सबैलाई आग्रह गरेका छन्।...
संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं : प्रधानमन्त्री ओली

संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन्। पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्ने प्रधानमन्त्री ओलीकाे जाेड थियाे । बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए। पछिल्लो समय मुलुकभर राजतन्त्र पक्षधरको प्रदर्शन भइरहेको छ । साथै प्रतिबन्धित 'विप्लव' ले हिंसात्मक राजनीति जारी राखेको छ।...
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकको औचित्य छैन : धनराज गुरुङ

प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकको औचित्य छैन : धनराज गुरुङ

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङ आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टी बैठकमा समेत उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका हुन्। सर्वदलीय बैठक त कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चा कस्नका लागि आवश्यक रहेको उनको भनाइ छ। ‘आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन। बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ’, कांग्रेस सभापति शेरबहादुर देउवालाई ...
निकम्मा गृह प्रशासन, अनुभव नै नभएकालाई सिडिओ बनाउँदाको परिणाम

निकम्मा गृह प्रशासन, अनुभव नै नभएकालाई सिडिओ बनाउँदाको परिणाम

राजनीति
काठमाडौं । तनहुँ घटनाले गत साता गृह प्रशासन मात्र होइन, सरकार आलोचित बन्न पुग्यो । पुल उद्घाटन कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको घटनाले तनहुँ मात्र होइन देशभरी कांग्रेसले सरकारविरुद्ध प्रदर्शन ग-यो । भोलिपल्ट पुल उद्घाटन गर्न अनुमति दिन प्रशासन बाध्य भयो । कांग्रेसको राजनीतिक स्टन्ट सफल भयो । यो घटनाले सरकारको चर्को आलोचना भयो । यसरी सरकार नै बदनाम हुने गरी तनहुँ प्रशासनले नेता पौडेललाई निषेध गर्नुका पछाडी गृह मन्त्रालयमा भइरहेको चलखेल एउटा प्रमुख कारण हो । तनहुँका सिडिओ सागर आचार्यसँग यसअघि सिडिओका रुपमा काम गरेको अनुभव छैन । कार्यक्षमता र अनुभव होइन, चलखेलका आधारमा उनी सिडिओ भएका हुन् । जसकारण जसले उनलाई सिडिओ बनाएर तनहुँ लग्यो, नेकपाको त्यही समूहले पुल उद्घाटन रोक्न दबाब दिएको थियो । परिस्थितिको मूल्याङकन नगरी दबाबको भरमा निर्णय गर्दा त्यसले ठूलो रुप ल...
सर्वदलीय बैठक बस्नु अगाडि मन्त्रिपरिषद् बैठक सुरू

सर्वदलीय बैठक बस्नु अगाडि मन्त्रिपरिषद् बैठक सुरू

Featured, राजनीति
काठमाडौं । मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बसेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो। बैठक नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतको दाबी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताए। राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ।...
आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । केही सातायता काठमाडौं उपत्यकासहित झापा, पोखरालगायतका क्षेत्रमा राजावादीले प्रदर्शन गरिरहेका छन् । ती प्रदर्शनमा राप्रपाले आफ्नो समर्थन रहेको बताए पनि अन्य विभिन्न राजवादी समूहहरूको प्रदर्शनमा संलग्नता देखिएको छ। सडकमा भइरहेको प्रदर्शनलाई संकेत गर्दै संघीयता, धर्मरिनपेक्षता र गणतन्त्रको पक्षमा एकजुट भएको सन्देश दिन र जनतालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हुनसक्ने एक नेताले बताए । यसअघि मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दा...
राजसंस्थाको पक्षमा भएको आन्दोलनको कमल थापाद्वारा समर्थन

राजसंस्थाको पक्षमा भएको आन्दोलनको कमल थापाद्वारा समर्थन

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहमा अध्यक्ष थापाले अहिले नागरिकस्तरबाट स्वतस्फुर्त रुपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेको प्रति खुशी व्यक्त गरे । उनले भने– ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धन्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिँडिराखेका छन्, त्यसले हामीलाई खुशी लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ ।’ राजसंस्था पुनस्र्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौंमिकतासँग गासिएको उनकाे भनाइ छ ।...
‘ईयूले नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य’

‘ईयूले नेपाली उड्‍डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत दिनु स्वागतयोग्य’

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियन(ईयू)ले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले ईयूले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत गर्नु खुसीको कुरा भएको बताए । पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुन:संरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसद्‍मा छलफल भइरहेको छ । संसद्‍बाट ऐन पारित भएपछि ईयूले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे । ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्ड्यनलाई कालो सूचीमा राखेको थियो ।...
राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाए

राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाए

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। भाेलीका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायाे । केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतको दाबी छ । कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ। पछिल्लाे समय देशका विभिन्न स्थानमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् ।...