राजनीति

जनार्दन शर्मा भन्छन् – गणतन्त्र विरोधी गर्नेप्रति सरकार लचिलाे देखियाे

जनार्दन शर्मा भन्छन् – गणतन्त्र विरोधी गर्नेप्रति सरकार लचिलाे देखियाे

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले केपी शर्मा ओलीकाे सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् । आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए । ‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ’ उनले प्रस्तावमा भनेका छन्, ‘यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं ।’ सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साहित देखिएका र खुलेआम संघीय लोकत...
ओलीले स्थायी कमिटीलाई लेखेको पत्र (पूर्णपाठ)

ओलीले स्थायी कमिटीलाई लेखेको पत्र (पूर्णपाठ)

राजनीति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टीको स्थायी कमिटी बैठकमा अनुपस्थित हुँदै पत्र लेखेका छन् । उनले महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही नेताहरुको व्यग्र नेतृत्वमोह/ सत्तामोहका कारण पार्टीमा संकट निम्तिएको आरोप लगाएका छन् । ओलीले लेखेको पत्रको पूर्णपाठ यस्ताे छ । स्थायी कमिटीका प्रिय कमरेडहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत: २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव‘ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ । पार्टीभित्र हुने स्वस्थ र...
नेकपा विवाद : स्थायी कमिटी बैठक मंसिर २८ सम्म स्थगित

नेकपा विवाद : स्थायी कमिटी बैठक मंसिर २८ सम्म स्थगित

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक एक हप्ता पछि सरेकाे छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली बिना बसेकाे बैठकले स्थायी कमिटी बैठक मंसिर २८ सम्मलाई स्थगित गरेकाे हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा ओली सहभागि थिएनन् । तर, बैठकलाई सम्बोधन गर्दै उनले पत्र पठाएका थिए । पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्‍य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।...
परराष्ट्र नीति सार्वजनिक : सीमा सुरक्षा र आर्थिक कूटनीति चुनौती

परराष्ट्र नीति सार्वजनिक : सीमा सुरक्षा र आर्थिक कूटनीति चुनौती

राजनीति
काठमाडौं । सरकारले आइतबार परराष्ट्र नीति सार्वजनिक गरेको छ । मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याएको मन्त्री ज्ञवालीले बताए । परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको ज्ञवालीले बताए । ‘परराष्ट्र नीतिमा सीमा सुरक्षा, हामीलाई अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ तर त्यो राष्ट्रिय हितमा हो वा होइन भन्ने हेराइ, आर्थिक कूटनीति इनह्यान्स गर्ने क्षमता चुनौती रहेका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनबाट फाइदा हासिल गर्ने, कोरोना महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग कसरी ल्याउने भन्ने कूटनीतिक चुनौती छन् ।’...
स्थायी कमिटी बैठक सुरु, ओली गएनन्

स्थायी कमिटी बैठक सुरु, ओली गएनन्

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा केहीबेर अगाडि सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी बनेका छैनन् । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेजसमेत तयार नभएको भन्दै ओली बैठकमा सहभागी नबनेका हुन् । शनिबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकका बारेमा असहमति राखेका प्रधानमन्त्री ओली आजको बैठकमा अनुपस्थित भएका हुन् । ओलीले बहुमत अल्पमतको निर्णय नमान्ने भन्दै अहिलेका कमिटी अन्तरिम कमिटी भएको बताएका थिए । आफुलाई घेराबन्दी गरिएको आरोप लगाउदै स्थायी कमिटीको बैठकका बारेमा असहमति जनाएका थिए । शनिबारको सचिवालय बैठकले बहुमतले आजको स्थायी कमिटी बैठक बोलाएर दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने निर्णय गरेको थियो ।...
ललितपुर महानगरमा वेथिति : मेयरको एकलौटी निर्णयविरुद्ध १८ वडा अध्यक्ष

ललितपुर महानगरमा वेथिति : मेयरको एकलौटी निर्णयविरुद्ध १८ वडा अध्यक्ष

राजनीति
ललितपुर । ललितपुर महानगरपालिका मेयर चिरिवावु महर्जनको एकलौटी निर्णयको विरुद्धमा १८ वडा अध्यक्ष सहितको सदस्यले आन्दोलन गर्ने चेतावनी दिएका छन् । कार्यपालिका बोेर्डको सदस्य र समितिको निर्णयबिना मेयर महर्जनले मनपरी गर्न थालेपछि वडा अध्यक्षले कडा आपत्ती जनाएका छन् । मेयर महर्जन विरुद्ध ९ अभियोग लगाइएको छ । महानगगरमा २९ मध्य १८ वडा नेकपाका अध्यक्षले जितेका हुन । बहुमतको निर्णय बिनानै मनोमानी गर्न थालेपछि वडा अध्यक्षले गएको बोर्डका बैठक समेत बहिष्कार गरेका थिए । आफु अल्पमतमा पर्ने भएपछि मेयर महर्जनले प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाको सहयोग लिएर मनोमानी निर्णय गर्ने गरेका छन् । महानगपािलका वडा २४ का अध्यक्ष दिनेश कार्कीले मेयरको मनपरी निर्णयको कारण महानगरका सबै विकास योजना भद्रगोल भएको बताउनुभयो । उहाले भन्नुभयो–मेयर महर्जन कार्यकारी अधिकृतको अधिकृतको सहयोगमा कानुन प्राय सबै निर्णय कानुन...
मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको कांग्रेसकाे बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गर्दै तनहुँ घटनाका साथै कोभिड-१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गरेकाे हाे । ‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,’ बैठकमा सहभागी नेता अर्जुननरसिंस केसीले भने, ‘यसको पछिल्लो कडी तनहुँ घटना हो ।’ कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।...
‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा शुक्रबार आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकनाको जग्गाको मुआब्जा विवादमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर आफ्ना निहित फाइदा उठाउनेलाई सम्झाइबुझाइ गर्नुपर्ने बताए । उनले भने, “खोकनामा जनतामा मात्र होइन, त्यहाँका देवताका मठमन्दिर पनि उठाउन लागियो भन्ने गलत कुरा फैलाएर स्थानीयवासीको सेन्टिमेन्ट लिन खोजिएको छ । समस्या ...
‘रअ’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

‘रअ’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आएको बताएका छन् । संसदीय समितिमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो जवाफ दिएका हुन् । सांसदहरू पुरानै कुरामा अडेर बसेको व्यंग्य गर्दै उनले भने–‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू । उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।’ रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले गोयलको भ्रमण पारदर्शी नभएको भन्दै प्रश्न उठाएका हुन् । दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको भन्दै ज्ञवालीले यसलाई ठूलो विषय बनाउनु नपर्ने पन...
नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा देखिएकाे संकट अन्त्ये भएर विहानी आउने बताएका छन् । नेकपा अहिले फुटकाे संघारमा रहेकाे छ । नेकपाको सचिवालय बैठक पनि मंसिर २० गतेसम्मका लागि सरेकाे छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचकाे विवादलाई टुंगो लगाउन विभिन्न बैठक सकेपनि कुनै ठाेस निर्णय हुन सकेकाे छैन् । ओलीमाथि प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्नु पर्ने दबाब रहेका बेला सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जाल मार्फत नेकपा विवाद चाँडै अन्त्ये भएर विहानी आउने बताएका हुन् ।...