राजनीति

प्रधानमन्त्री ओलीले भने -विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व सुरक्षित हुँदैन

प्रधानमन्त्री ओलीले भने -विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व सुरक्षित हुँदैन

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म कोभिड–१९ बाट विश्व सुरक्षित नहुने वताएका छन् । प्रधानमन्त्री ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि स्वागत गरे । प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ।’ कोरोना महामारीलाई केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो । प्रधानमन्त्री ओलीले यो संसार सानो डु...
प्रेमनारायण कँडेल सचिवमा बढुवा

प्रेमनारायण कँडेल सचिवमा बढुवा

राजनीति
काठमाडाैं । सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव बुढुवाका लागि सहसचिव कँडेलसहित निरु दाहाल र कृष्ण आचार्यको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले बढुवा सिफारिस भएका तीन प्राविधिक सहसचिव मध्येबाट कँडेललाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।...
सर्वाेच्चद्वारा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने सरकारी निर्णयमा कारण देखाउ आदेश जारी

सर्वाेच्चद्वारा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने सरकारी निर्णयमा कारण देखाउ आदेश जारी

राजनीति
काठमाडौं । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को सट्टा देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय गर्नु संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी भएको छ । अधिवक्ता सुब्बा श्रेष्ठले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । बिहीबार सर्वोच्चका न्यायाधीश मीरा खड्काको इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिनु नपर्ने कुनै आधार भए प्रमाणसहित १५ दिनभित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनेको छ । रिटमा मन्त्रिपरिषद्को असोज ११ को निर्णयअनुसार कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालयमार्फत भएको परिपत्र बदर गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो ।...
मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ । बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको स्राेतले बतायाे । हरेक हप्ता सोमवार र बिहीवार नियमित रूपमा बस्ने बैठक आज अपरान्ह ४ बजेका लागि डाकिएको थियाे । तर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेपछि बैठक एक घण्टा सारेर पाँच बजेका लागि बोलाइएको थियो । सोहि अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकअघि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा भेटघाट भएको थियो । प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर पछिल्लो समय सत्तारूढ नेकपामा विवाद चर्किरहेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ। त्यस्तै आज साँझमा मन्त्रिपरिषद् बैठक बसिरहेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपत...
गणतन्त्र पक्षधर एकताबद्ध हुन जनमोर्चाको आग्रह

गणतन्त्र पक्षधर एकताबद्ध हुन जनमोर्चाको आग्रह

राजनीति
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ । राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै राजतन्त्र आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्ने भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् । उनले यस परिस्थितिमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा उभिने शक्ति सचेत र सङ्गठित भई प्रतिगामी शक्तिको गतिविधिलाई नियन्त्रण गर्न माग गरेका छन् । रासस...
शीतलनिवासमा पुगे प्रचण्ड 

शीतलनिवासमा पुगे प्रचण्ड 

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । पछिल्लो समय पार्टीभित्र बढीरहेको विवादकाबीच प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुगेका हुन् । नेकपा फुटकाे संघारमा पुगेकाे अबस्थामा पार्टीका दुबै अध्यक्ष पालैपालाे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । आज मध्यान्ह मात्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।...
हत्या अभियोगमा जेल बसेकाहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन : रामचन्द्र पाैडेल

हत्या अभियोगमा जेल बसेकाहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन : रामचन्द्र पाैडेल

Featured, राजनीति
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारलाई ठेगान लगाउने प्रकारकाे आन्दोलन गर्ने घाेषणा गरेका छन् ।  बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै नेता पाैडेलले भने ' ‘ठूला–ठूला घोटाला गर्नेहरु, अर्बौँको काण्डका रचयिताहरुलाई संरक्षण दिन, साना भुरा माछा खाँदै हिँड्ने त्यो अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलन हुन्छ,” । कार्यक्रममा नेता पौडेलले थपे “अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन न्यायीक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुन्छ । अब यहाँ सत्ता हेरेर फैसला गर्ने ? अब हुन सक्दैन।’ उनले भने । राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको उनले बताए। उनले बुधबारको तनहुँ घटनाले प्रजातन्त्रवादीहरु देशैभर जागेको बताए। फरक प्रसंगम...
राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आ-आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो । रासस...
नेविसंघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

नेविसंघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

राजनीति
इलाम । नेपाल बिद्यार्थी संघ इलामले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पुत्ला दहन गरेकाे छ । सरकारले अनेकाैं बहानामा जनतालाई दुख दिएको भन्दै बिहीबार इलामकाे चोकबजारमा प्रधानमन्त्री र गृहमन्त्रीकाे पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा कांग्रेस कार्यकर्ताहरू देशैभर आन्दोलित भएका छन् । उनीहरुले ओली सरकार निरनकुस भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन् । उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबिरुद्ध चर्का नारा समेत लगाएका थिए ।...
सांसद भए पनि किसानसिंह श्रेष्ठ विचौलिया नै हो, ठेकेदार नै हो : प्रदीप पौडेल

सांसद भए पनि किसानसिंह श्रेष्ठ विचौलिया नै हो, ठेकेदार नै हो : प्रदीप पौडेल

राजनीति
तनहुँ । नेपाली कांग्रेस नेता प्रदीप पौडेलले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । तनहुँको व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा नेता पाैडेलले तनहुँका प्रमुख जिल्ला अधिकारीको मात्रै योजनामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रोक्ने कोसिस नगरेको भन्दै संघीय सरकारले नै अधिनायकवादी चरित्र देखाएको बताए । कार्यक्रममा बोल्दै नेता पौडेलले नेकपा सांसद किसानसिंह श्रेष्ठको सम्पत्ति जाँच्‍नुपर्ने माग राखेका छन् । रामचन्द्रलाई तनहुँमा रोक्ने काममा सांसद श्रेष्ठसहितका नेकपाका नेताहरु लागेको आरोप लगाउँदै नेता प्रदिप पाैडेलले नेकपा सांसद किसान श्रेष्ठको सम्पत्ति खोज्नुपर्ने बताए । किसान श्रेष्ठ अहिलेसम्म देश र जनताका लागि एक दिन पनि हिरासत र जेलमा गएका छैनन् । गणतन्त्रका लागि कहिले लडेनन्, एउटा विचौलिया र ठेकेदार विभिन्‍न कारणले सांसद भयो', उनले आक्रोश पोख्दै भने, 'सा...