राजनीति

ओली सरकारले हस्तक्षेप गरेकाे भन्दै प्रदेशद्वारा सर्वोच्चमा रिट

ओली सरकारले हस्तक्षेप गरेकाे भन्दै प्रदेशद्वारा सर्वोच्चमा रिट

राजनीति
काठमाडाैं । प्रदेश नम्बर २ सरकारले संघीय सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ को परिपत्र र समृद्ध तराई मधेस सिँञ्चाइ विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै रिट दायर गरेका हुन् । मन्त्री सोनले दायर गरेको रिटको पेशी मंसिर २६ गतेलाई ताेकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि स‌ंघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेकाे थियाे । प्रदेश २ सरकारले संविधानको अनुसूची ६ अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय सरकारले हस्तक्षेप गरेको बताएको छ ।...
रामचन्द्र पौडेलद्वारा बुल्दीखोला मोटरेबल पुल उद्घाटन

रामचन्द्र पौडेलद्वारा बुल्दीखोला मोटरेबल पुल उद्घाटन

राजनीति
काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा बुधबार भएकाे झडपछि रोकिएको बुल्दीखोलामा नवनिर्मित पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन् । पुल उद्घाटन कार्यक्रममा पौडेलसँगै कांग्रेसका केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत सहभागी छन् । सत्तारुढ दल नेकपाले बुधबार पुल उद्घाटनविरुद्ध प्रदर्शनसहित अबराेध गरेको थियो । बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो । प्रहरीले पौडेललाई नियनत्रणमा लिएर साँझमात्रै छाडेको थियो । पौडेलले रिहा भएलगत्तै आज पुल उद्घाटन गर्ने बताएका थिए । बुधबारको झड्पछि बिहीबार कांग्रेसले कार्यक...
राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

राजनीति
काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो। यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

राजनीति
काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधामन्त्री निवास बालुवाटारमा दिउँसाे चार बजे बस्ने बैठक नियमित बैठक रहेकाे बताइएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका आजकाे मन्त्रिपरिषद् बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ। सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन्। आजकाे मन्त्रिपरिषद् बैठकले उनीहरू मध्येबाट एकजनालाई सचिवमा बढुवा गर्नेछ ।...
पौडेलमाथि भएको धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन

पौडेलमाथि भएको धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन

राजनीति
काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । गृहजिल्ला तनहुँमा बनेको पुलको उद्घाटन गर्न पुगेका पौडेलसहितका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि तत्काल रिहाइको माग गर्दै नेविसंघले माइतीघरमा प्रदर्शन गरेको हो । पक्राउ परेका पौडेलसहित सबैलाई प्रहरीले बुधबार साँझ रिहा गरिसकेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधको राजनीति नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् । प्रदर्शनकारीहरुले नेकपा प्रहरी मुर्दावाद जस्ता 'प्ले कार्ड' बोकेर नाराबनजी लगाएका थिए ।...
संघीयता फाल्नलाई ओली सरकारले हारिसकेका शक्तिसँग मोर्चाबन्दी गर्याे : उपेन्द्र यादव

संघीयता फाल्नलाई ओली सरकारले हारिसकेका शक्तिसँग मोर्चाबन्दी गर्याे : उपेन्द्र यादव

राजनीति
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार संघीयता समाप्त पार्ने खेलमा लागेकाे आरोप लगाएका छन् । बुधबार महोत्तरीमा भएकाे एक कार्यक्रममा अध्यक्ष यादवले ओली नेतृत्वको सरकारले विभिन्न शक्तिसँग मोर्चाबन्दी गरेर संघीयता समाप्त पार्ने खेलमा लागेकाे जिकिर गरेका हुन् । ‘संघीयता समाप्त पार्न संघीय सरकारले विगतमा हारिसकेका शक्तिसँग मोर्चाबन्दी गरिरहेको छ’ उनले भने, “तर यो सपना नदेख्न आग्रह गर्छु ।” अध्यक्ष यादवले संघीयतालाई असफल पार्न सत्तारुढ दलले सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट हारिसकेका शक्तिसंग मोर्चाबन्दी गरेको बताए ।...
पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने

पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने

राजनीति
काठमाडौं । नेपाली कांग्रेस तनहुँले भाेलि तनहँमा प्रदर्शन गर्ने भएकाे छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तनहुँ कांग्रेसले जनाएको छ । निषेधाज्ञा तोडेका आरोपमा आज प्रहरीले वरिष्ठ नेता पौडेल, काँग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा दिउँसो २ बजे पक्राउ गरिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे रिहा भएका थिए । कांग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन सुरु गरिने घोषणा गरे । प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष सूर्...
देउवाको गृह जिल्लामा ‘राजा आउ देश बचाउको नारा’ सहित मोटरसाईकल र्‍याली

देउवाको गृह जिल्लामा ‘राजा आउ देश बचाउको नारा’ सहित मोटरसाईकल र्‍याली

राजनीति
डडेल्धुरा । हिन्दु राष्ट्र घोषणाकाे माग गर्दै डडेल्धुरामा मोटरसाईकल र्‍याली तथा चर्काे नाराबाजीसहित प्रर्दशन गरिएको छ । बुधबार राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले नेपाललाई राजतन्त्रसहित हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै डडेल्धुरा सदरमुकाममा र्‍यालीसहित प्रदशन गरेको हो । ‘मेची काली हल्ला छ राजा ल्याउने सल्लाह छ’, ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र नेपाल जिन्दावाद’ ‘गणतन्त्र मुर्दावाद’भन्दै संवैधानिक राजतन्त्र पुर्नबाहालीको माग गरेर प्रर्दशन गरिएकाे थियाे । र्यालीमा नेकपा, काँग्रेस लगायतका राजनीतिक दलका नेता कायकर्ताहरूको समेत सहभागिता रहेको थियो । डडेल्धुरा जिल्ला पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । र्यालीमा सहभागीहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थाप...
नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : कांग्रेस सभापति देउवा

नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : कांग्रेस सभापति देउवा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँमा रामचन्द्र पौडेललाई गिरफ्तार गरेको घटनाकाे चर्को विरोध गरेका छन् । सभापति देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोपसमेत लगाएका छन् । उनले घटना आपत्तिजनक एवं निन्दनीय भएको भन्दै सरकारको यो प्रवृत्तिविरुद्ध देशव्यापी विरोध हुने चेतावनीसमेत दिएका छन् । बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए ।...
डा. भट्टराईकाे प्रश्न – राजावादीहरूलाई छुट दिने गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?

डा. भट्टराईकाे प्रश्न – राजावादीहरूलाई छुट दिने गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेकाेप्रति आपत्ति जनाएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा तनहुँकाे स्थानीय प्रशासनले आकस्मिक कर्फ्यू लगाएर पौडेललाई पुल उद्घाटन गर्न रोक लगाएर प्रहरीले नियन्त्रणमा लिएको थियाे । पौडेल गिरफ्तारीपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन्।...