राजनीति

१ घण्टा पर सर्‍यो नेकपा बैठक, ओली पनि सहभागी हुने

१ घण्टा पर सर्‍यो नेकपा बैठक, ओली पनि सहभागी हुने

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा पछाडि सरेको छ । सचिवालय बैठककाे कुनै औचित्य नभएको भन्दै सहभागी नुहने बताएका प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन भएसँगै उनकै चाहनाअनुसार बैठक बुधबार दिउँसो २ बजेमलाई सारिएको बताइएकाे छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले औचित्य नभएको बैठकमा सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका थिए । यसबारे रणनीति बनाउन बालुवाटारमा भएको ओली पक्षीय छलफलले बैठकमा सहभागी हुनुनै सही हुने निष्कर्ष निकालेपछि उनी बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । सोहीअनुसार ओलीले आफूले आवश्यक तयारी गर्नुपर्ने बताएपछि बैठक एक घण्टा सारिएको बताइएको छ ।...
केपी ओलीकै निर्देशनमा राजावादीको आन्दोलन :  खगेन्द्र संग्रौला

केपी ओलीकै निर्देशनमा राजावादीको आन्दोलन :  खगेन्द्र संग्रौला

राजनीति
काठमाडौं। लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा भएकाे दाबी गरेका छन्। उनले सडकमा राजावादीको आन्दोलन ओलीको निर्देशनमा भएको टिप्पणी समाजिक संजाल मार्फत गरेका हुन्। मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखक संग्रौलाले यस्तो टिप्पणी गरेपछि यसकाे सबैतिर चर्चा चुलिएकाे छ। उनले फेसबुकमा लेखेका छन्, ‘ओलीतन्त्रको कुशासन र भ्रष्टाचार देखेर जनता वाक्क भएको मौका छोप्दै इतिहासको रछ्यानमा मिल्किएका बराबिचरा राजावादी भिउँटहरू गणतन्त्रविरूध्द सडकमा कुर्लिराछन्। स्वतन्त्रताप्रेमी जनता शंका गर्छन्- यो गणतन्त्रविरोधी विष-बमनमा कतै बयडगाडे कान्छाको हात र साथ त छैन ? सही प्रश्न! ’ राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा भइरहेको छ।...
पञ्चायत र कम्युनिस्ट उस्तै देखिए : वरिष्ठ नेता पौडेल

पञ्चायत र कम्युनिस्ट उस्तै देखिए : वरिष्ठ नेता पौडेल

राजनीति
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वकाे सरकारले कम्युनिस्ट अधिनायकवाद लाद्न खोजेकाे आराेप लगाएका छन् । नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कम्युनिस्ट अधिनायकवाद लाद्न खोजिएको छ, उनले भने,' पञ्चायत र कम्युनिष्ट उस्तै देखिएका छन्।' देशमा लोकतन्त्र सानो दुःखले नआएको भन्दै कुनै पनि नाममा राजतन्त्र नफर्कने दावी गरे । ईश्वर वा कसैको नाममा प्रतिगमन हुन सक्दैन, ' उनले भने,' । राजतन्त्रका पक्षमा भएको आन्दोलनप्रति लक्षित गर्दै उनले यसले राजतन्त्र फर्काउन नसक्ने बताए। उनले लोकतन्त्र जोगाउने र परिष्कृत गर्ने आन्दोलन आवश्यक रहेको भन्दै त्यो तनहुँबाट सुरू गर्ने बताए । पौडेलले कांग्रेसको शासनमा नै धेरै विकास भएको दावी गर्दै अहिले सरकारले विकासमा जस लिन खोजेको जिकिर गरे। नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा ...
सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

राजनीति
काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै भएपछि बुधबारको बैठकमा नआउने बताएका ओलीले आज आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्। नेकपाको सचिवालय बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। आज दिउँसो पुनः बैठक बस्ने गरी मंगलबार स्थगित भएको थियो। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो बैठकमा आरोप–प्रत्यारोप भएपछि ओलीले बुधवारको बैठकमा उपस्थित नहुने बताएका थिए। ओली उपस्थित नभए पनि आजको बैठक अघि बढाउने दाहाल पक्षको तयारी छ। नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक बोली बाराबारको अवस्थामा छ। अध्यक्षद्वय ओली र दाहालबीचको विवाद लिखित रुपमै आरोप...
सचिवालय बैठक : ओलीको अनुपस्थितिमा कुनै अप्रिय निर्णय भए १५ मिनेटभित्र एकता भङ्गकाे घाेषणा ! 

सचिवालय बैठक : ओलीको अनुपस्थितिमा कुनै अप्रिय निर्णय भए १५ मिनेटभित्र एकता भङ्गकाे घाेषणा ! 

राजनीति
काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागिता नजनाउने भएका छन् । ओलीको अनुपस्थितिमा बस्ने सचिवालय बैठकले ओलीलाई चित्त नबुझ्ने कुनै अप्रीय निर्णय भए त्यसको १५ मिनेटमा ओलीले एकता भङ्गको बक्तब्य जारी गर्न सक्ने नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पक्षका नेताहरूले अनुमान गरेका छन् । पार्टी एकता भएपछी महाधिवेसन वा अर्को चुनाब नभएको अवस्थामा चुनाब चिन्ह सूर्यसहित साबिक दल नेकपा एमाले कायम गर्न माग राख्दै निर्वाचन आयोगमा निवेदन गर्ने तयारीसमेत ओलीले गरेका स्राेतकाे दावी छ । ओलीकै माग अनुसार आयोगले एमाले र सूर्य चिन्ह दिने बिश्वास ओली टीममा छ र एकता भङ्गको रटान लगाईरहेका छन् । यसमा सत्यता कति छ? त्याे भने हेर्न बाँकी नै छ ।...
विवाद बढेकाे बेला सचिवालय बैठककाे औचित्य छैन त्यसैले अब बैठक नराखौं : केपी ओली

विवाद बढेकाे बेला सचिवालय बैठककाे औचित्य छैन त्यसैले अब बैठक नराखौं : केपी ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको औचित्य नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकमा बोल्दै उनले तत्काल सचिवालय बैठक आवश्यक नभएको बताएका हुन्। 'विवाद भइरहेको अवस्था छ। यस्तो अवस्थामा बैठक राखेर काम छैन। बैठकको औचित्य पनि छैन', ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, 'त्यसैले अब बैठक नराखौं।' ओलीले बैठकको सुरुमै आफ्नो धारणा राखेका थिए। ती सचिवालय सदस्यका अनुसार विष्णु पौडेल बाहेक सबैले बैठक राख्नुपर्ने कुरामा जोड दिएका थिए। 'विष्णु कमरेड भने मौन बस्नुभयो', उनले भने। बैठकमा पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि मंसिर १३ को बैठकमा ओलीले लगाएको आरोपको खण्डन गरेका थिए। उनले बुँदागत रुपमा आफूमाथि सबैजसो आरोपको खण्डन गरेका थिए। प्रचण्डले बैठकबारे ओलीको धारणाको पनि खण्डन गर्दै बैठकको औचित्यबारे बोल...
बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप

बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकाे नेकपा सचिवालय बैठमका प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका ओलीले गुटबन्दी गरेको पनि जिकिर गरेका छन् । यसअगाडि पनि ओलीमाथि शक्तिकेन्द्रित गरेको तथा व्यक्तिवाद बढिरहेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको थियो । नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले ओलीलाई ‘तपाईंले अगाडि सारेको पत्रमा व्यक्तिवाद छ, अंहकार छ । तपाईंमा ‘आई एम द स्टेट’ भन्ने ठूलो भ्रम छ,’ भनेका थिए । प्रचण्डले आफूमाथि लगाइएका आरोपको पनि खण्डन गरेका छन् । सचिवालयका ती सदस्यका अनुसार ओलीले गुटबन्दी गरेको आरोप लगाउँदै दाहालले भनेका थिए, ‘तपाईंमा जति गुटवाद कसैमा छैन । दिनदिनै बालुवाटारमा गुटबन्दी गर्नुहुन्छ...
नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन

नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन

Featured, राजनीति
काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डबीच मंगलबार पनि भनाभन भएको हाे। प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको थियो भने ओलीले पनि प्रचण्डको जवाफी प्रतिवेदन ल्याएपछि पार्टीभित्रको विवाद र नेतृत्वतहमा इगो कुन हदसम्म रहेछ भन्ने सार्वजनिक भएको थियो । दुई अध्यक्ष पार्टीको वैचारिक लाइन, नीति र एजेण्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा रुमल्लिरहेको उनीहरुले ल्याएको प्रस्तावबाट झल्किएको कतिपयले टिप्प्णी गर्दै आएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल ग...
नेकपा सचिवालय बैठक दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु

नेकपा सचिवालय बैठक दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलबार बसेकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै छुट्टै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि हमला गर्दै प्रस्ताव ल्याएका थिए । एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ओली र प्रचण्डले ल्याएको प्रस्तावमाथि नै सचिवालयमा छलफल सुरु भएको हो । अर्को बैठक भोलि १ बजेका लागि तय गरिएको छ ।...
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ७० औँ सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक प्रधानमन्त्रीसमेत रहेकाे नेकपा अध्यक्ष केपी शर्मा ओली धुम्बाराही जान नमाने पछि बालुवाटारमा नै बैठक बसेकाे हाे । नेकपा अहिले विभाजनकाे खतरामा रहेकाे छ । पार्टी विभाजनतिर पुगेको अवस्थामा दुई अध्यक्षको पत्र र जवाफपछि आज बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । त्यसैले पनि बैठकमा साझा प्रस्ताव बन्ने र स्थायी कमिटीमा लैजाने संभावनाका सम्बन्धमा धेरैले चासो दिएका छन् । गत मंसिर १३ गते बसेको सचिवालय बैठकले तय गरेको आजको बैठकलाई महत्वपूर्ण मानिनुको अर्को कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको जवाफ पनि हाे । गत १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए भने पार्टीका अर्का अध्यक्ष पु...