राजनीति

सभा, जुलुस र प्रदर्शनहरु नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आग्रह

सभा, जुलुस र प्रदर्शनहरु नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आग्रह

राजनीति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस तथा प्रदर्शनहरु नगर्न आग्रह गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कोरोना भाइरसकाे संक्रमण जोखिम दिनानुदिन बढिरहेकाे भन्दै प्रशासनले सभा, जुलुस तथा प्रदर्शनहरु नगर्न आग्रह गरेको हाे । जिल्ला प्रशासन काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ । त्यस्तै जोखिम अझै कम नभएकाले प्रदर्शन तथा नारा जु...
नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने

नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे । आज दिउँसाे १ बजे बस्ने बैठक नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय गरिएकाे थियाे । नेकपाकाे पछिल्लाे बैठक पछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजकाे बैठक धुम्बाराहीमा बस्ने बताएका थिए।...
‘प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि नेकपाकाे विवाद समाधान हुन्छ’

‘प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि नेकपाकाे विवाद समाधान हुन्छ’

राजनीति
काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टीभित्र देखिएको विवाद महाधिवेशनबाट छिनोफानो हुने बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा डा. भट्टराईले पार्टीभित्र देखिएको विवाद सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी हुँदै महाधिवेशनबाट छिनोफानो हुने बताएका हुन् । कार्यक्रममा उनले भने “कमिटीगत हिसाबबाट अहिलेको निकास खोज्नुपर्छ, दायाँबायाँ लाग्ने भनेको विग्रहको बाटो हो, विग्रहको बाटोमा जाने छुट पार्टीका कुनै नेता र कार्यकर्तालाई छैन । पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ । त्यो नै समस्या समाधानको उपाय हो ।” उनले नेपाल र भारतबीचको संवाद पूर्वस्थितिमै फर्केको बताए । उनले भने, “भारतसँगको सम्बन्ध र संवादको स्थिति ट्रयाकमा फर्केको छ ।” दुवै देशबीच माथिल्लो तहमा एकीकृतरुपमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरको संयुक्त ...
सरकारबाट विज्ञापन बोर्ड गठन : पाँच सदस्य नियुक्त

सरकारबाट विज्ञापन बोर्ड गठन : पाँच सदस्य नियुक्त

राजनीति
काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए । बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ । रासस...
महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

राजनीति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत प्राप्त गर्दै हिराचन कोषाध्यक्षमा निर्वाचित बनेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत प्राप्त गरेका थिए । कुल ७२ मत मध्येमा ७१ मत खसेको महासंघका एक केन्द्रीय सदस्यले जानकारी दिए । हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघले तयारी गरेकाे छ ।...
हात-हातमा राष्ट्रिय झण्डा बाेकेर काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन

हात-हातमा राष्ट्रिय झण्डा बाेकेर काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन

राजनीति
काठमाडौं । राजतन्त्र पुनर्स्थापनाकाे पक्षमा काठमाडौंमा बृहत प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले सोमबार गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर विभिन्न नारा समेत लगाएका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊ, बेरोजगार युवालाई रोजगारी दे, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ', जस्ता नारा लगाइएकाे थियाे । प्रदर्शनकारीहरूले हात-हातमा राष्ट्रिय झण्डा बोकेका थिए । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजतन्त्रका पक्षमा लगातार प्रदर्शन भइरहेका छन्। हिजाे पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले राजावादीकाे प्रदर्शनमा सहभागि नहुन अपिल गरेका थिए ।...
अर्थमन्त्री पौडेलले भने-सरकारले एक्लै केही गर्न सक्दैन

अर्थमन्त्री पौडेलले भने-सरकारले एक्लै केही गर्न सक्दैन

राजनीति
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको तर निजी क्षेत्रले साथ दिनुपर्ने बताएका हुन् । सरकार अग्रभागमा रहने भएपनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए । सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्र बीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतीहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने बेला आएको स्पष्ट पारे ।...
पुसको पहिलो साता भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

पुसको पहिलो साता भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विषेश दूतका रुपमा मन्त्री ज्ञवालीलाई पुसको पहिलो साता भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए । सरकारी स्रोतका अनुसार मन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछन् । उनको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारतबीचको संवाद हिनताको निरन्तरता र बिद्यमान विवादलाई संवादबाट सहमतीमा लैजाने हुनेछ ।...
‘सरकार र पार्टीको नेतृत्व लिन युवाहरु तयार छन्’

‘सरकार र पार्टीको नेतृत्व लिन युवाहरु तयार छन्’

राजनीति
रोल्पा । ऊर्जामन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुनले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । तर, नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्ने प्रस्ताव ल्याएको सन्दर्भमा नेता पुनले गृहजिल्ला रोल्पाबाट यो अभिव्यक्ति दिएका हुन् । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’ नेता पुनले नेतृत्व युवालाई हस्तान्तरण ग...
आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

राजनीति
काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय डा. कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि सिफारिस गरेको हो । डा. आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् । आचार्य र कँडेलमध्ये एक जना सचिवमा सिफारिस हुनेछन् । दुई जना बन र एक जना कृषितर्फबाट सिफारिसमा परेका मध्ये कृषिका गोविन्द शर्मा पहिलो नम्बरमा पर्ने भए पनि उनको कार्य सम्पादन मूल्याङ्कन(कासमु) काटिएकोले उनी सिफारिस हुन सकेनन् भने ...