राजनीति

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि निर्वाचन हुँदै

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि निर्वाचन हुँदै

राजनीति
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि आज (सोमबार) मतदान हुँदैछ । महासंघ सचिवालयका अनुसार साेमबार दिउँसो १२ः ३० बजे कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रिया सुरू हुनेछ । शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो । तर नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए । फलस्वरुप निर्वाचन नै गर्ने सहमति भएको थियो महासंघको निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । गोल्छा पक्षबाट सकुन्तला हिराचन र ढकाल पक्षबाट डिबी बस्नेतलाई कोषाध्यक्षमा उठाउने तयारी भएकाे महासंघ स्रोतले जानकारी दियाे ।...
नेकपा एक ढिक्का हुनेमा झलनाथ खनाल बिस्वस्त

नेकपा एक ढिक्का हुनेमा झलनाथ खनाल बिस्वस्त

राजनीति
ईलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरे । “पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन् तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो” खनालले भने, “अन्तरसङ्घर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।” उनले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताए । उनले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गरे । रासस...
राजावादीको जुलुसमा नजान सरकारकाे अपील

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

राजनीति
काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गणतन्त्रको विरोध र राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा भइरहेका प्रदर्शनमा सहभागिता नजनाउन अपिल गरेका हुन् । राजावादीहरुले संविधान र व्यवस्थाविरुद्ध जनतालाई भड्काउन खोजेको भन्दै उनले आपत्ति जनाएका छन् । राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीले टाउको उठाउन खोजेको प्रवक्ता गुरुङकाे भनाइ छ । केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । राप्रपाले यसमा खुलेरै समर्थन र अगुवाई गरिरहेको छ भने नेकपा र कांग्रेसकै समर्थक पनि यसमा सहभागी भएको पाइएको छ ।...
चिनियाँ रक्षामन्त्री स्वदेश फर्किए

चिनियाँ रक्षामन्त्री स्वदेश फर्किए

राजनीति
काठमाडाैं । एक दिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फर्किएका छन् । आज बिहान १० बजे काठमाडाैं ओर्लिएका रक्षामन्त्री वेइ दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल भएकाे थियाे । भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराए । प्रधानमन्त्री ओलीले गएको वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी जिङ पिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टर...
राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेबीच शिष्टाचार भेटवार्ता भएको छ । आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता लगतै शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । यसअघि उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटबार्ता गरेका थिए । सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेंग्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् । चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा लामो सयम बिताएका छन् । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ । पूर्वघोषित चिनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री सहितको २० सदस्यीय डेलिगे...
परराष्ट्रमन्त्री ज्ञवालीले भने-सरकार विघटन गर्ने सपना कसैले नदेखे हुन्छ

परराष्ट्रमन्त्री ज्ञवालीले भने-सरकार विघटन गर्ने सपना कसैले नदेखे हुन्छ

राजनीति
गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् । आइतबार गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिका १ अस्लेवा खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले पार्टीभित्रै किचलो निकालेर अहिलेको सरकार विघटन गर्न खोजिएको आरोप लगाउँदै यो सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका हुन्। अहिलेको सरकार जनताले आफ्नो अभिमत दिएर बनाएको बताउँदै मन्त्री ज्ञवालीले यो सरकारले राम्रो काम नगरे जनताले नै बिघटन गर्न सक्ने तर अरुलाई त्यस्तो सपना नदेख्न उनले चेतावनी दिए । पार्टीको शीर्ष तहमा भएको आरोप प्रत्यारोपप्रति मन्त्री ज्ञवालीले असन्तुष्टी जनाउदै आएका छन् । कार्यक्रममा उनले जिल्लाको रुद्रवेणी ठुलोलुम्पेक सडक पिच गर्न रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए । २०७२ सालमा सुरु गरिएको उप्त योजना रकम अभावका कारण अलपत्र रहेको छ ।...
कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

राजनीति
काठमाडौं । मन्त्रिपरिषदको बैठकले कतार सरकारले नेपाल सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले ति कारहरु सरकारी प्रयोजनका लागि प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयको पस्तावमा नवौं प्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ ।...
प्रधानमन्त्री ओलीसँग चिनियाँ स्टेट काउन्सिलर वेइको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग चिनियाँ स्टेट काउन्सिलर वेइको शिष्टाचार भेट

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्हबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता भएकाे हाे । आइतबार बिहान नेपाल आइपुगेका वेइ दिउँसो नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पुगेका थिए। त्यहाँ उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले वेइसँग शिष्टाचार भेट गरेका थिए। वेइ नेतृत्वको टोलीमा आएको चिनियाँ प्रतिनिधि मण्डल टोली र नेपाली सेनाको प्रतिनिधि टोलीबीच द्विपक्षीय छलफल भएको थियो। लगत्तै रक्षामन्त्री वेइ बालुवाटारमा पुगेका थिए। बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। वेइ आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरी काठमाडौं छाड्नेछ...
ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अस्वीकार

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अस्वीकार

राजनीति
काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को बैठककाे निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेमलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ । रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो ।...
चिनियाँ रक्षामन्त्रीकाे स्वागतका लागि विमानस्थल पुगे गृहमन्त्री थापा

चिनियाँ रक्षामन्त्रीकाे स्वागतका लागि विमानस्थल पुगे गृहमन्त्री थापा

Featured, राजनीति
काठमाडौं । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनकाे स्वागतका लागि गृहमन्त्री राम बहादुर थापा बादल विमानस्थल पुगेका थिए । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस्ते चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ । उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।...