राजनीति

द्विपक्षीय समझदारी कार्यान्वयनमा भ्रमणले सहयाेग पुग्छ : मन्त्री वेइ

द्विपक्षीय समझदारी कार्यान्वयनमा भ्रमणले सहयाेग पुग्छ : मन्त्री वेइ

Featured, राजनीति
काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने । रक्षामन्त्री ...
चिनियाँ रक्षामन्त्री काठमाडौं ओर्लिए

चिनियाँ रक्षामन्त्री काठमाडौं ओर्लिए

राजनीति
काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । केही दिन अघिदेखि वेईको नेपाल भ्रमण हुने भनिए पनि शनिबार बिहान मात्र चिनियाँ सरकारले उनको औपचारिक भ्रमणको घोषणा गरेको हो । २०७६ कात्तिक १ देखि ६ गतेसम्म चीनको भ्रमण गरेका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले उनलाई कात्तिक ३ गते नेपाल भ्रमणको निम्तो दिएका थिए । उपप्रधानमन्त्री पोखरेलको भ्रमणको दौरानमा कात्तिक ३ गते भएको सैन्य सम्झौतामा चीनले नेपाललाई २ अर्ब ५३ करोड बराबरको सहयोग गर्ने घोषणासमेत गरेको थियो । चीनले घोषणा गरेको उक्त सैन्य सहयोग अहिलेसम्म नेपालले प्राप्त गर्न सकेको छैन । मन्त्री वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालयनजिकै गार्ड अफ अनर दिने भएको...
प्रचण्डमाथि पार्टी फुटाउन खाेजेकाे आरोप

प्रचण्डमाथि पार्टी फुटाउन खाेजेकाे आरोप

राजनीति
काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता बनाएर पार्टीलाई फुटाउन खोजेको आरोप लागेको छ। अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् । दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् । दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दा...
सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

राजनीति
काठमाडाैँ । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ । बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संबोधनको पाठ हुबहु बाहिर छरपस्ट भएको छ । ‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक जना सदस्य भन्छन् ‘अबदेखि महत्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।’ उनका अनुसार बैठकमा, ‘अडियो रेकर्ड गर्ने प्रचलन छैन र यसपटक गर्ने पनि भनिएको थिएन । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको सम्बोधनको पूर्ण पाठको अडियो अन्नपूर्ण दैनिक र गोरखापत्र दैनिकमा साँझतिर सोझै बालुव...
ओम्नीलाई क्लीन चिट दिलाउन न्यायलयमा प्रधानमन्त्रीकाे दबाब

ओम्नीलाई क्लीन चिट दिलाउन न्यायलयमा प्रधानमन्त्रीकाे दबाब

राजनीति
काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथामका लागि गत चैतमा सरकारले खरिद गरेका स्वास्थ्य सामग्री गुणस्तरहीन भेटिएपछि आपूर्तिकर्ता कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षका लागि कालोसूचीमा राख्दै धरौटी जफत गर्ने भन्दा मुद्दा दायर गरेकाे थियाे। स्वास्थ्य सामग्री खरिदसम्बन्धी सम्झौता रद्द भएपछि धरौटी जफतको निर्णय फिर्ता गर्न र आफूलाई कालोसूचीमा नराख्न माग गर्दै ओम्नीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयमा दबाब दिइरहेका छन्। स्राेतका अनुसार ओम्नीलाई क्लीन चिट दिन प्रधानमन्त्री ओली न्यायलयमा दबाब दिइरहेका छन्। स्राेतले भन्याे,'ओली सचिवालयको बैठकअघि ओम्नीलाई क्लीन चिट दिन चाहान्छन्।' सम्झौताअनुसारका स्वास्थ्य सामग्री नल्याएको र ल्याएका सामान पनि गुणस...
‘प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजियाे’

‘प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजियाे’

राजनीति
काठमाडौं । नेकपा अध्यक्ष केपी ओली पक्षका स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरूङले प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजिएकाे आराेप लगाएका छन्। “एकल दस्तावेज अघि सारेर प्रचण्डले पार्टी एकताको मर्म र भावना तोडी नै सक्नुभएको छ,” उनी भन्छन्, “दुईजना अध्यक्षले संयुक्त प्रतिवेदन नल्याइकन एकलरूपमा आउँछ भनेर त्यसले पार्टी एकता भङ्ग गरेको ठहर्छ । दुईजना अध्यक्षको सहमतिबिना जसले बैठक आह्वान गर्छ, त्यसले पार्टी विथोल्न खोजेको, एकीकरणको भावना, मर्मको अवमूल्यन गरेको ठहर्छ ।” प्रचण्डले अघि सारेको दस्तावेज पार्टी सङ्गठनात्मक पद्धतिविपरीतका साथै कम्युनिस्ट आन्दोलनकै पहिलो परिघटना भएको गुरूङको निष्कर्ष छ । “प्रचण्डले बैठकमा आरोपपत्र प्रस्तुत गर्नुभएको हो । त्यसलाई दस्तावेज भन्न मिल्दैन । प्रतिवेदनमा एउटा अध्यक्षले अर्को अध्यक्षको हुर्मत लिने कुरा आउँछ र ?,” उनी प्रश्न गर्दै भन्छन्, “सचिवालयमा प्रस्तुत हुने...
कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

Featured, राजनीति
काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशमा विपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको एक टोलीले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेपछि चीनले आपत्ति प्रकट गरेको छ । शाही टोलीको प्रतिवेदनबारे नेपाल सरकारले प्रतिक्रिया जनाएको छैन । सरकारले हुम्लामा नेपाली भूमि नमिचिएको भनिसकेको छ तर शाही मान्न तयार छैनन् । आफूले सप्रमाण प्रतिवेदन तयार पारेको उनको जिकिर छ । यता नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेको छ भने उता सरकारी मुखपत्र ग्लोबल टाइम्सले नेपाली कांग्रेसलाई भारतपरस्त भनेको छ । ग्लोबल टाइम्सको समाचार र चिनियाँ दूतावासको पत्र हेर्दा धम्कीको भाषा छ । उनले एक अनलाइनमा दिएकाे अन्तर्वार्ताकाे क्रम भने,'मेरो जीउज्यानमाथि नै थ्रेट छ । म विश्वलाई मेरो जीवनमा ‘केही भयो’ भने पनि चिनियाँका कारणले हुनेछ भन्न चाहन्छु ।' चीनले आफ्नो...
प्रचण्डलाई किन भेटिन् चिनियाँ राजदूत?

प्रचण्डलाई किन भेटिन् चिनियाँ राजदूत?

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन। आज बिहान चिनियाँ राजदूतले प्रचण्डसँग उनको निवासमा भेटवार्ता गरेकी हुन्। स्राेतका अनुसार उनले प्रचण्डलाई पार्टीमा कुनै अडान नराख्न सझाएकी छन्। स्राेतले भन्याे,'चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीविरुद्ध कडा अडान नराख्न सुझाएकी हुन्।' नेकपा भित्र जबजब संकट आइपर्छ, तबतब संकटमोचनका लागि चिनियाँ राजदूतकाे सक्रियता बढ्न थाल्छ । आफु विवादित बनेरै भए पनि तिनै चिनियाँ राजदूतले नेकपाभित्रको संकट पटक पटक टार्दै आएकी छन् । पछिल्लो पटक पनि उनकै कारण नेकपाको संकट पर धकेलिएको थियाे। पदीय मर्यादा नाघेरै भए पनि चिनिया राजदूतकाे सक्रियताले नेकपाभित्रको विवाद बारम्बार सल्टिँदै आएको छ, यद्यपि विवादको दीर्घकालीन समाधान निस्कन बाँकी नै छ ।...
अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षा पढाउन मन्त्रालयको रोक

अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षा पढाउन मन्त्रालयको रोक

राजनीति
काठमाडौं । लोक सेवा आयाेगकाे तयारी कक्षामा पढाउन अनुमति लिनुपर्ने भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीलाई अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षामा पढाउन रोक लगाएको हाे । मन्त्रालयले निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले आयोग वा अन्य निकायबाट हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा बिना अनुमति पढाउन मन्त्रालयले रोक लगाएको हो । मन्त्रालयले आइतवार निकालेको विज्ञप्तिअनुसार राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले मन्त्रालयको स्वीकृति नलिइ पढाउन पाउने छैनन् । यसअघि कुनै मन्त्रालय वा निकायबाट उल्लिखित प्रयोजनका लागि कुनै कर्मचारीलाई स्वीकृति दिइएको भएमा ती सबै आजकै मितिदेखि निष्क्रिय हुनेसमेत मन्त्रालय विज्ञप्ति निकालेर जनाएकाे छ।...
काठमाडाैं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको

काठमाडाैं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको

राजनीति
काठमाडौं । गृह मन्त्रालयले काठमाडाैं उपत्यकाभित्रका ३ जिल्ला मध्ये २ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको छ । गृहले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काे सरूवा गरेकाे हाे  । गृहले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारी काली पराजुलीलाई दिइएको जनाएको छ भने हालका प्रमुख जनकराज दाहाललाई गृहमा तानेको छ । पराजुली दुई महिनाअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालय तानिएका थिए । दाहालले जिम्मेवारी सम्हालेको एक वर्ष नाघेकोले गृह तानिएको हो । त्यसैगरी गृहले भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बधु बास्तोलालाई पठाइएको छ । भट्टराई यसअघि धनुषाको सीडिओ थिए भने बास्तोला हाल गृह मन्त्रालयमा कार्यरत थिए।...