राजनीति

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न कमल थापाकाे आग्रह

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न कमल थापाकाे आग्रह

राजनीति
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाकाे निर्णय गलत भएकाे बताएका छन् । उनले आइतबार सामाजिक सञ्जाल मार्फत काठमाडौं महानगरपालिकाकाे निर्णय गलत भएकाे भन्दै निर्णय सच्याउन पनि आग्रह गरेका छन् । उनले लेखेका छन् ' रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस्। जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं। नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाईयोस्। हाम्रो पुरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ। नि...
देउवासँग मिल्दै केपी ओली

देउवासँग मिल्दै केपी ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शनिबार साँझ किरब तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे छलफल भएकाे स्राेतले बतायाे । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र आएको समस्याबारे कुरा गरेका थिए । उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । त्यतिबेला साथ दिन देउवालाई आग्रह गरेका थिए । स्राेतका अनुसार देउवा र ओलीले उनीहरूका विश्वासमा पात्रहरूलाई समेत छलफलमा सहभागी गराएका थिए । देउवाले गोपालमान श्रेष्ठ र रमेश लेखक र प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेका थिए । बालुवाटारमा भएकाे छलफलमा दुवै नेताले राजनीतिक समिक्षाकासँगै नेकपाकाे अर्का अध्यक्ष प्रचण्डको पछिल्लो भूमिकाबारे पनि व्याख्...
नेकपा कसैले फुटाउन सक्दैन : भीम रावल

नेकपा कसैले फुटाउन सक्दैन : भीम रावल

राजनीति
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले कुनै पनि हालतमा नेकपा नफुट्ने ठोकुवा गरेका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी फुटाउन सजिलो नभएको भन्दै नेकपा फुट्न नसक्ने दावी गरेका हुन् । ‘नेकपा माटोको हाडी होइन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने वित्तकै फुट्ने ।’ रावलले भने, ‘पार्टी कमजोर आधारमा पनि बनेको होइन ।’ पार्टी फुट्न सैद्धान्तिक विषय, महत्पूर्ण राष्ट्रिय विषय र प्रतिनिधि सभामा आवश्यक संख्या पुर्‍याउने जस्ता प्रकृयामा गएको हुनुपर्ने उनको भनाइ थियो । पार्टी फुटाएर दुई अध्यक्षले केही पनि हासिल नगर्ने रावलले बताए । ‘पार्टी फुटाएर (ओलीले) प्रधानमन्त्रीभन्दा ठूलो के पद पाउने ?, प्रचण्डले आठ लाख सदस्य भएको पार्टीको अध्यक्षभन्दा के पाउने ?’ उनले भने, ‘कि त कसै कसैले एमसीसी सम्झौता जसरी पनि पारित हुने सोच्नु पर्‍यो । ...
बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्‍त्रीको छलफल

बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्‍त्रीको छलफल

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका छन् । आज दिउँसो प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ । छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतले बतायाे । प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहँदा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ ।...
नेकपा फुट्नबाट जोगाउने २ उपाय

नेकपा फुट्नबाट जोगाउने २ उपाय

राजनीति
काठमाडाैँ । एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्। यस सन्दर्भमा ती मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ– उपाय १ : जम्मा २ अध्यक्ष, बाँकी सबै भताभुंग सचिवालय भंग गर्ने महासचिवको प्रस्तावसँगै नेताहरू यसको बहसमा उत्रिएका छन्। ‘सचिवालय मात्र होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी पनि भंग गरौं। दुई अध्यक्षलाई मिलेर चल्ने वातावरण दिऔं। र, चाँडोभन्दा चाँडो महाधिवेशनमा गएर नेतृत्व र सबै संरचना बनाऔं।’ महासचिव पौडेलले भनेझैं सचिवालय झगडाको मुख्य थलो हो। तर, नेकपाको लफडा पछिल्लो समय अल्पमतरबहुमत केन्द्रित छ। जुनसुकै कमिटीमा पनि यो रोग छिर्दैन भन्न सकिन्न। हुन पनि नेकपा पहिलाको संसद्जस्तै बन्न पुगेको छ। त्यतिबेला गठबन्धन मिलाएर सरकार ...
क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउन जिल्ला सभापतिलाई कांग्रेसकाे निर्देशन

क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउन जिल्ला सभापतिलाई कांग्रेसकाे निर्देशन

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । गत कात्तिक २८ गतेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशित गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ । कांग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशी...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

Featured, राजनीति
काठमाडौं । सरकारले हरेक स्थानीय अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ संसोधन गर्दै यस्तो निर्णय भएको बताए । ‘दफा १२ को उपदफा ९३० लाई संशोधन गर्दै ‘स्थानीय तह अन्तर्गत स्थापना हुने ५ देखि १५ शैयाको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिवन्धात्मक वाक्यांश थप गरिएको उनले...
३ विदेशी देशनिकाला

३ विदेशी देशनिकाला

राजनीति
काठमाडौं । गैरकानुनी रुपमा नेपालमा बसिरहेका तीन विदेशी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना रु ५० हजार समेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ । यस्तै गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरेका यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना रु. १ लाख समेत मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।...
प्रचण्डलाई ओलीले दिए यस्ताे चुनौती, नेकपामा खैलाबैला!

प्रचण्डलाई ओलीले दिए यस्ताे चुनौती, नेकपामा खैलाबैला!

राजनीति
काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् । प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले...
‘बालविवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’

‘बालविवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’

राजनीति
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले बालविवाह अन्त्य गर्न विद्यमान कानूनलाई प्रभावकारी कार्यान्वयन गरिने बताएका छन् । अन्तरराट्रिय बालदिवस–२०२० का अवसरमा बालअधिकारको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बाल अधिकारका लागि राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपाल र क्रिड्याक संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय बालकचहरी संवादमा मन्त्री श्रेष्ठले आफूले नागरिक समाजसँग मिलेर काम गरी बालविवाहको अन्त्य र बालअधिकारको प्रवद्र्धनमा योजनाबद्ध कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारले हालै तेजाब आक्रमणकारीविरुद्ध अध्यादेश ल्याएको र विद्यमान अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरी बालविवाह अन्त्य गराउने जनाए । हाल नेपालमा करिब १२ प्रतिशत बालविवाह हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ ले २० वर्षभन...