राजनीति

देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गत सोमबार विहान निधन भएको थियो । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले नेपालको चिकित्सा क्षेत्रमा दुबै जनाको लामो योगदान स्मरणीय रहने उल्लेख गरेका छन् । मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रहसमेत गरेका छन् ।...
दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

राजनीति
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित बनेका हुन् । निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन् । यसअघि मोरङ व्यापार सङ्घको कार्यकारी सदस्यसमेत रहनुभएका राउत हाल नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नं १ का उपाध्यक्षसमेत छन् । त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष छन् । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध भएका महासङ्घले जनाएको छ । रासस...
मुस्लिम समुदायद्वारा चीनविरुद्ध भव्य प्रदर्शन

मुस्लिम समुदायद्वारा चीनविरुद्ध भव्य प्रदर्शन

राजनीति
वीरगञ्ज । चीनमा उईगुर समुदायका मुसलमानमाथि भइरहेको दमन र मानवअधिकार हननको विरोध गर्दै वीरगञ्जमा मुस्लिम समुदायले भव्य प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सहायक जिल्ला अधिकारीलाई चीनमा उईगुर समुदायमाथि भइरहेको दमनको विरोधमा नेपाली मुस्लिम समुदायले ज्ञापन पत्र बुझाएको मौलाना अलि असगर मदनीले जानकारी दिएका छन् । उनीहरूले उईगुर मुलसमानको मानवअधिकारको रक्षा गर, उईगुर समुदायमाथि भएको अत्याचार बन्द गर भन्दै प्रदर्शन गरेका हुन् । जमीअत उलमाए नेपालले चीनमा रहेका १८ लाख उईगुर समुदायमाथिको दमन रोक्न माग गर्दै पर्सा जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका थिए । यसअघि, नेपाली मुस्लिमहरूले बिहीबार काठमाडौं र रुपन्देहीमा चीनविरुद्ध प्रदर्शन गरिसकेका छन् । नेपाली मुलसमानहरूले काठमाडौंस्थित चिनियाँ राजदूतावासमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् । चिनियाँ सरकारले १८ लाख उईगुर म...
धनुषामा सीमा नाका खुलाउन अनिश्चितकालीन धर्ना

धनुषामा सीमा नाका खुलाउन अनिश्चितकालीन धर्ना

राजनीति
धनुषा । धनुषा सीमा नाका खुलाउन अनिश्चितकालीन धर्ना सुरू गरिएकाे छ। कोरोना संक्रमणको बहानामा बन्द भएको नेपाल-भारत सिमा नाकालाई सुचारू गराउन अनिश्चितकालीन धर्ना सुरू गरिएको हाे । नेपाल भारत खुला सीमा संवाद समूहको आयोजनामा बिदेह नगरपालिका वार्ड नम्बर २ दुहबी टोलमा अनिश्चित कालिन २ घन्टे धर्ना प्रदर्शन बुधवार देखी सुरु भएकाे हाे। धर्नाको पहिलो दिन प्रदेश २ का प्रदेश सभा सदश्य राजपा नेता राम अशिष यादबले नेपाल भारतको धनुषा नाका तत्काल खोल्नु पर्ने बताए । धर्ना स्थल बिदेह नपा वार्ड नम्बर २ पुगेका नेता यादवले सिमा खुल्नु पर्ने धारना राख्दै एक्यवद्धता जनाएका हुन । जन जीवन सहज भएपनि धनुषा महोत्तरी लगायतका सीमा नाका के कति कारणले बन्द गरिएको हो भन्ने जबाब तत्काल संघीय सरकारले समुचित जबाब दिनु पर्ने जसपा नेता बिमलदेब बिराजीको तर्क छ । धर्नाको अगुवाई जनता समाजवादी पार्टीका केन्द्...
दुई उम्मेदवारलाई फकाउदै महासंघ अध्यक्ष राणा

दुई उम्मेदवारलाई फकाउदै महासंघ अध्यक्ष राणा

राजनीति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका पदका उम्मेदवार किसोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् । बुधवाार अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् । आफूले एकपटक फेरी दुबै उम्मेदवारलाई एकठाउँमा राखेर कुरा गर्ने समेत बताइन् । उनले भनिन्, ‘अध्यक्षको रुपमा मैले दुबै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अव निर्वाचनको समय पनि आयो । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्...
नेकपा कुनै हालतमा पनि फुट्दैन : मन्त्री अर्याल

नेकपा कुनै हालतमा पनि फुट्दैन : मन्त्री अर्याल

राजनीति
स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएकी छिन् । स्याङ्जाकाे चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको बुधबार उद्घाटन गर्दै मन्त्री अर्यालले भनिन् 'पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ', 'फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन्।' बाहिर आए जस्तै पार्टीमा ठूलो समस्या नभएको उनकाे भनाइ छ । कार्यशैलीगत एजेण्डा छलफलबाटै मिल्छ भन्दै उनले जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वभाविक भएकाले आ-आफ्नो काम कर्तव्यमा केन्द्रित भएर लाग्न सबैमा आग्रह गरिन्। शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव नहुने बताउँदै उनले सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामग्री, शिक्षकलाई समेत सोहीअनुसारका तालिम दिएर अगाडि बढाउनुपर्नेमा जोड दिइन्।...
फेरी एकताको लयमा फर्कँदै नेकपा शीर्ष नेता, आरोपबारे लिखित जवाफ दिन ओलीलाई १० दिनको समय

फेरी एकताको लयमा फर्कँदै नेकपा शीर्ष नेता, आरोपबारे लिखित जवाफ दिन ओलीलाई १० दिनको समय

राजनीति
प्रकाश सिलवाल / काठमाडौं । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन तयार भएका छन् । आजका लागि तोकिएको सचिवालय बैठक बस्ने/नबस्ने भन्ने अन्योलबीच बसेको सचिवालय बैठकले अबको १० दिनपछि यही मङ्सिर १३ गते सचिवालयको अर्को बैठक र त्यसपछि क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गरेकाले बैठकभन्दा बाहिर गुटउपगुटमा छरिएर हुने अन्तरविरोध पार्टीका संयन्त्रमा पुग्ने भएका हुन् । कम्युनिष्ट पार्टीका आलोचना र आत्मालोचनालाई साङ्गठनिक विधिकै अङ्ग मानिए पनि पछिल्लो समयमा अध्यक्षद्वयकै बीचमा लिखित आरोप–प्रत्यारोप भएपछि कोभिड–१९ को रोकथाम र नियन्त्रयण तथा आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने समयमा राजनीतिक विवादले कस्तो रुप लेला भन्ने कूतुहलता जगाएको थियो । ...
काेराेना संक्रमित सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

काेराेना संक्रमित सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

Featured, राजनीति
काठमाडाैं । सरकारले कोरोना संक्रमित नेपाली कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेकाे छ ।बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले विश्वकर्माको उपचारकाे सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । श्वासप्रश्‍वासमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका सांसद विश्वकर्माको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनलाई कात्तिक १२ गते ग्रान्डी अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियाे । विश्वकर्मालाई थप उपचारका लागि विदेश लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको थियो । तर, कोरोना संक्रमित भएको र भेन्टिलेटरमा राखेर उपचार गराइरहेको भन्दै नेपालमा नै उपचार भइरहेको हो । उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भ...
पर्यटनमन्त्री भट्टराई भन्छन् – विदेशी शक्तिकाे चलखेलले नेकपालाई फुटाउन सक्दैन

पर्यटनमन्त्री भट्टराई भन्छन् – विदेशी शक्तिकाे चलखेलले नेकपालाई फुटाउन सक्दैन

राजनीति
झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कुनै पनि बाह्य शक्तिले चलखेल गर्न नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल झापा शाखाले बुधबार गरेकाे कार्यक्रममा मन्त्री भट्टराईले कुनैपनि विदेशी शक्तिले नेकपालाई जोगाउन र फुटाउन नसक्ने बताएका हुन् । प्रेस संगठनको सपथ ग्रहण समारोहमा सहभागी पार्टीका नेता कार्यकर्तालाई उनको प्रश्न थियो, ‘केन्द्रमा आगो बलिरहेको छ, तपाईंको हातमा पेट्रोल बोक्ने कि पानी?’ फरक प्रसंगमा मन्त्री भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताए । उनले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उनले भने, ‘आ...
राष्ट्रपतिका चार प्रस्तावमा प्रचण्डको जवाफः धेरै ढिलो भयो, ओलीले एक पद अहिले नै छोड्नु पर्छ

राष्ट्रपतिका चार प्रस्तावमा प्रचण्डको जवाफः धेरै ढिलो भयो, ओलीले एक पद अहिले नै छोड्नु पर्छ

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार लगभग पार्टी सचिवालय बैठक राखिएको समयमै मन्त्रीपरिषदको बैठक आयोजना गरेपछि सत्तारुढ नेकपाभित्रको विवाद साम्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अन्तिम प्रयास असफल हुने संकेत मिलेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली सरकार सञ्चालन गर्न असफल भएको र पार्टी पनि राम्रोसँग चलाउन नदिएको भन्दै राजीनामा दिएर निकास दिनु पर्ने प्रस्ताव ल्याएपछि नेकपाको विवादले निर्णायक मोड लिएको छ। शीर्ष नेताहरूले पार्टी एकता अप्ठेरोमा परेको बताइरहेका बेला राष्ट्रपति भण्डारीले मंगलबार अध्यक्ष प्रचण्डलाई शितल निवास बोलाएर सहमति कायम गर्न चार वटा प्रस्ताव राखेकी थिइन्। नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डलाई ‘प्रस्ताव फिर्ता लिनुस्’ भन्दै राष्ट्रपतिका चार प्रस्ताव यस्ता थिएः एक, तपाईं र ओलीको पहलमा पार्टी एकता भएको हो, तपाईंहर...