राजनीति

प्रधानमन्त्री ओलीलाई अब पदबाट हटाउनैपर्छ : डा. भट्टराई

प्रधानमन्त्री ओलीलाई अब पदबाट हटाउनैपर्छ : डा. भट्टराई

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनैपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनु पर्ने बताएका हुन् । जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले ट्विटरमा लेखेका छन् ' नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन; २.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।'...
राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् । उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी राष्ट्रपति कार्यालयले जनाएकाे छ। संसद अधिवेशन नभएका समयमा नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए ।...
राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए ओली, नेकपा सचिवालय बैठक बस्दै

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए ओली, नेकपा सचिवालय बैठक बस्दै

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छ्न । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिसँग भेट गरी झण्डै एक घण्टा छलफल गरेर बालुवाटार फर्किएका हुन् । ओली फर्केपछि अब सचिवालय वैठक बस्ने छ । दिउँसाे १ बजेलाई बोलाइएको सचिवालय बैठकका लागि उनले मन्त्रिपरिषदको बैठक पनि सारेका छन् । नेकपाको आन्तरिक विवाद उत्कर्षमा रहेको समयमा नेताहरुको दौडधुप बढेको छ । प्रधानमन्त्री ओलीले पनि लगातार भेट गरिरहेका छन् । मंगलबार साँझ पनि उनले राष्ट्रपतिसँग परामर्श गरेका थिए । ओलीले मंगलबार राति चिनियाँ राजदूत हाउ यान्छीसँग पनि भेट गरेका थिए ।...
रातारात किन भेटिन् चिनियाँ राजदूत ओलीसँग?

रातारात किन भेटिन् चिनियाँ राजदूत ओलीसँग?

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिसँग भेटे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपतिलाई भेट्न पुगेका छन् । मंगलबार साँझ साढे ५ बजे शीतलनिवास पुगेका प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिब दुई घण्टा छलफल भएको थियो ।भेटवार्तामा नेकपामा देखिएको विवादका विषयमा छलफल भएको र राष्ट्रपतिले पार्टी भित्रको समस्या समाधान गरेर मिलेर अगाडि बढ्न आग्रह गरेको बताइएको छ । प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेटेर बाहिरिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग बालुवाटारमै भेट गरेर राष्ट्रपति निवास हुँकिएका थिए । स्राेतका अनुसार राजदूत यान्छी मंगलबार राति ८ बजेर १० मिनेटमा बालुवाटार प्रवेश गरेकी थिइन्। त्यहाँ उनले १० बजेर १० मिनेट सम्म ओलीसँग कुरा गरेकी थिइन्। ओलीसँग कुरा गर्ने क्रममा राजदू...
राष्ट्रपति भण्डारी र प्रचण्डबीच नेकपा विवादबारे छलफल

राष्ट्रपति भण्डारी र प्रचण्डबीच नेकपा विवादबारे छलफल

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिब दुई घण्टा छलफल भएकाे छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपतिलाई भेट्न मंगलबार साँझ साढे ५ बजे शीतलनिवास प्रचण्ड र राष्ट्रपति भण्डारीबीचको भेटवार्तामा नेकपामा देखिएकाे विवादका विषयमा छलफल भएकाे स्रोतले बतायाे । प्रचण्डले राष्ट्रपति निवासमा करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । नेकपा विवाद बढेको बेला राष्ट्रपति भण्डारीले केहीदिन पहिले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग समेत परामर्श गरेकी थिइन् । बुधवारका लागि पूर्वनिर्धारित सचिवालय बैठक अन्योलमा परेकाे बेला नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच भएकाे छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । भाेलिकाे सचिवालय बैठक रोक्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह...
राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । नेकपा अध्यक्ष प्रचण्ड केही समयअघि मात्रै शितलनिवास प्रवेश गरेका शीतल निवास स्रोतले जानकारी दियाे । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ ।...
नेकपा विवाद: बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

नेकपा विवाद: बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक केही दिन पर सार्न गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् । बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न ओलीले महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका हुन् । स्राेतका अनुसार बैठक सार्ने ओलीको प्रस्ताव बोकेर मंगलबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने फिर्ता पठाए। अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्डसँगको भेटमा समस्या समाधानको सूत्र खोजेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको सन्देश सुनाएका थिए । ‘पार्टीभित्रको विवादको समाधान खोजेर मात्रै सचिवालय बैठक बसौँ। त्यसका लागि बुधबारको बैठक केही दिन पर सारौँ र सहमतिका लागि छलफल गरौँ भन्ने ओलीको प्रस्तावलाई अध्यक्ष...
तिहारबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् : राष्ट्रपति

तिहारबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् : राष्ट्रपति

राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना दिँदै यस वर्षका सबैजसो चाडपर्व कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिई मनाउन आग्रह गरेकी छन् । सन्देशमा भनिएको छ, “यस महामारीविरुद्धको खोप हालसम्म विकास भइनसकेकाले पूर्वसावधानीका लागि समयसमयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन । चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ ब...
समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए । सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताए। प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन् । उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिए...
‘ओली सच्चिनु बाहेक नेकपासँग अर्को कुनै समाधान छैन’

‘ओली सच्चिनु बाहेक नेकपासँग अर्को कुनै समाधान छैन’

Featured, राजनीति
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझाएको राजनीतिक प्रस्ताव प्रचण्ड एक्लैले नभई सचिवालयका पाँच सदस्यले सामुहिक रुपमा ल्याएको नेकपा उपाध्यक्ष बामदेव गौतमले स्पष्ट पारेका छन् । हिजो (शुक्रबार) को सचिवालय वैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्ताव प्रचण्डको ‘एकल प्रस्ताव’ भएको दावी गर्दै फिर्ता लिन ओली निकट नेताहरुले आग्रह गरिरहेका बेला उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् । उपाध्यक्ष गौतमले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव प्रचण्ड एक्लैले नल्याएको प्रष्ट पारेका हुन् । उक्त प्रस्तावलाई केपी ओली पक्षधरका केही नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने भनेर दावाव बढाइरहेका बेला गौतमले सो प्रस्ताव प्रचण्डसहित पाँच नेताको छलफल र सहमतिमा तयार भएको बताएका हुन् । गौतमले उक्त प्रस्ताव पार्टी...