राजनीति

ओलीले पार्टी निर्णय अवज्ञा गरेको पाँच नेताको ठहर

ओलीले पार्टी निर्णय अवज्ञा गरेको पाँच नेताको ठहर

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका पाँच सदस्यले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र संकट पैदा गरेको दावी गरेका छन् । बैठक माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले कात्तिक २२ मा ओलीलाई बुझाएको पत्रमा यस्तो दावी गरिएकाे छ । पत्रमा स्थायी कमिटी निर्णय कार्यान्वयन नगरेर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाभित्र संकट पैदा गरेको दावी गरिएकाे छ । पत्रमा लेखिएको छ, 'स्थायी कमिटीको बैठकका निर्णयहरुलाई अध्यक्षद्वयको हस्ताक्षरबाट पार्टीमा निर्देशनको रुपमा प्रेषित गरिएबाट पार्टीपंक्तिमा उत्साह जागेको थियो । पार्टी र सरकारका सबै कामहरु उक्त निर्देशनअनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा त्यस्तो हुन सकेन । यो स्थितिको निम्ति प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली नै जि...
कूटनैतिक मर्यादाको चरम उल्लंघन गर्दै चिनियाँ दूतावासबाट काँग्रेसलाई पत्र

कूटनैतिक मर्यादाको चरम उल्लंघन गर्दै चिनियाँ दूतावासबाट काँग्रेसलाई पत्र

Featured, राजनीति
काठमाडौं । पछिल्लो सयम चीनको मुख पत्र ग्लोबल टाइम्स पत्रिका र नेपाल स्थित रहेको चिनियाँ दूतावासले नेपाली काँग्रेसलाई बदनाम गर्ने कोशिस गरिहेको छ। जसको नेपाली काँग्रेसले खण्डन गर्दै घोर आपत्ति जनाएको छ। सोही क्रममा नेपाली कांग्रेसले चीनसँगको सीमा विवाद समाधानका लागि कार्यदल बनाउन माग समेत गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले चिनियाँ सरकारको ‘प्रतिनिधित्व गर्ने’ ग्लोबल टाइम्सले कांग्रसमाथि लगाएको आरोपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सीमा समस्या समाधानका लागि दुई देश बीच कार्यदल गठन गर्न माग गरेको हो । कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाइ, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्यांक र जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्या...
‘सबै शहरी सडकमा साइकल लेन अनिवार्य’

‘सबै शहरी सडकमा साइकल लेन अनिवार्य’

राजनीति
काठमाडौं । शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा साइकल लेन छैन । अधिकांश निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् । मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका छन् । उनले साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिएका छन् । साइकलप्रेमी अभियन्ताको तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए । मन्त्री श्रेष्ठले १० बुँदे अनुरोधपत्र बुझ्दै शहर विकाससंगै साइकल लेनको विस्तार गर्नुपर्ने बताएका छन् । उनले भने–वातावरण र आ...
सूर्यबहादुर केसीको स्थानमा स्याङ्जाका पाण्डेलाई सांसद बनाउने कांग्रेसको निर्णय

सूर्यबहादुर केसीको स्थानमा स्याङ्जाका पाण्डेलाई सांसद बनाउने कांग्रेसको निर्णय

राजनीति
काठमाडौं । स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभाको रिक्त पदमा मनोनयन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पाण्डेलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको कांग्रेसले जनाएकाे छ । समानुपातिक तर्फका सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो । अब कांग्रेसले आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्नेछ । “प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त प्रतिनिधिसभा सदस्य पदमा सोही नियमावलीको उपनियम (२), (३) र (४) बमोजिम प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन ...
सुनिल थापा बने कांग्रेसकाे सहमहामन्त्री

सुनिल थापा बने कांग्रेसकाे सहमहामन्त्री

राजनीति
काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठकले सुनिल थापालाई सह-महामन्त्री बनाउने निर्णय गरेको छ । कांग्रेसकाे शुक्रबार बसेकाे बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थापालाई पार्टीकाे सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै कांग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई कांग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यस्तै बैठकले क्रियाशील सदस्यताको विवाद विधिसम्मत टुंग्याउने निर्णय गरेको छ । अब मंसिर मसान्तसम्म ७७ वटै जिल्लाले केन्द्रलाई सदस्यताको सूची पठाउने निर्देशन दिएको छ ।...
नेकपा सचिवालय बैठकको निर्णय : कार्यसूची बनाएर छलफल गरेर संकट समाधान गरिने

नेकपा सचिवालय बैठकको निर्णय : कार्यसूची बनाएर छलफल गरेर संकट समाधान गरिने

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र देखिएकाे सङ्कट र त्यसका समाधानको कार्यसूची नै बनाएर छलफल गर्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका समस्या समाधानका उपायबारे कार्यसूची बनाएर थप छलफल गर्ने निर्णय गरेको हो । शुक्रबारकाे बैठकमा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्र सचिवालय सदस्यहरूलाई वितरण गरिएको थियाे । दुवै अध्यक्षले लेखेको पत्र र त्यसमा उल्लेख भएका विषयवस्तुमा थप अध्ययन गरेर धारणा बनाउन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई पत्र बाँडिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै सचिवालय सदस्यहरूलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सङ्कट समाधानका लागि तयार पार्नुभएको प्रस्ताव र स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तर्पार्टी निर्देशिका पनि दिइएको छ । शुक्रबारकाे बै...
नेकपा सचिवालय बैठक बालुवाटारमा

नेकपा सचिवालय बैठक बालुवाटारमा

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सुरु भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक बैठकको माग गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाउँदै आएका थिए । तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न लिखित रुपमा माग गरेपछि प्रधानमन्त्री ओली बैठक राख्न बाध्यात्मक अबस्थामा पुगेका हुन् । पार्टीभित्रको चर्को विवादपछि आज बसेको बैठकलाई निकै चासोको रुपमा हेरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको समयभन्दा केही ढिला बैठक सुरु भएको छ । पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेक...
सरकार उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै

सरकार उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् । कोभिड­-१९ बाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत व्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र कार्यविधि पारित गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । चलचित्र विकास बोर्डको स्थलगत निरीक्षण तथा अनुगमनपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘सबै प्रकारका उद्योग तथा व्यवसायलाई निरन्तरता दिन उचित ब्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकार मन्त्रिपरिषद्ले नीति र कार्यविधि पास गरेको छ, यसले कोभिड­१९ बाट धराशायी भएका उद्योग सञ्चालनमा सहज हुने विश्वास छ ।’त् उनले लगानी संरक्षण र प्रवद्र्धन गर्ने कुरामा सरकार गम्भीर रहेको जनाउँदै यसका लागि सबैको उत्तिकै भूमिका र जिम्मेवारी रहने बताए । उनले राज्य व्यवसायीको अभिभावक बने...
सामाजिक मेलमिलापले यौनजन्य हिंसालाई प्रोत्साहन गर्‍याे : कानूनमन्त्री तुम्बाहाङफे

सामाजिक मेलमिलापले यौनजन्य हिंसालाई प्रोत्साहन गर्‍याे : कानूनमन्त्री तुम्बाहाङफे

राजनीति
काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले यौन हिंसा सम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको बताएकी छिन् । यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसा सम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताइन् । खासगरी बलात्कार जन्य घटनाहरुमा समाज भत्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ । यौन हिंसा सम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानूनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको छ । स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटना...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, आन्तरिक विवादमा पनि छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, आन्तरिक विवादमा पनि छलफल हुने

राजनीति
काठमाडौं । आगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ। आज दिउसो कांग्रेस पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशनको तयारी, क्रियाशिल सदस्यता वितरण र विभाग गठनलगायतका विषयमा छलफल हुने जनाएको छ। बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा पनि छलफल हुनसक्ने जनाएको छ। सभापति शेरबहादुर देउवाले विभिन्न विभाग गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। त्यस्तै, क्रियाशिल सदस्यता वितरणको विषयमा पनि विवाद छ। यि सबै विषयमा छलफल हुनसक्ने एक कांग्रेस नेताले बताए। यसअघि पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भएका छन्। विवाद समाधानका विषयमा सबै पक्ष सहमति नजिक पुगेको जनाएको छ। नेताहरुबीच विभिन्न चरणमा भएको छलफलबाट बनेको सहमतिलाई आजको बैठकमा राखिने जनाएको छ। त्यसलाई केन्द्रीय समितिको बैठकले पारित गर्नसक्...