अर्थ मन्त्रालयका उपसचिवहरुको सरुवा : भैरहवा भन्सारको प्रमुखमा मणिराम पाैडेल
काठमाडौं । अर्थ मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । २ बर्ष अवधि पुगेका भन्सार र आन्तरिक राजस्व कार्यालयका उपसचिवहरुको सरुवा गरिएको छ ।
अर्थ मन्त्रालयले भदौमै गर्नुपर्ने सरुवा बिहीबार निकालेको छ । २०७७ मंसिर २७ मा हुने आधिकारिक ट्रेड युनियन निर्वाचनको आचारसंहिता लागू हुने भएकाले पनि बिहीबार अपराह्न सरुवा निकालिएको छ ।
अर्थ मन्त्रालयले सबैभन्दा बढी चासो रहेको भैरहवा भन्सार कार्यालयको प्रमुखमा मणिराम पौडेल र रसुवा भन्सारको प्रमुखमा रामप्रसाद रेग्मीलाई सरुवा गरेको छ । भैरहवा र रसुवा भन्सारमा सरुवाका लागि उपसचिवहरुको चर्को प्रतिस्पर्धा थियो । प्रतिस्पर्धामा पौडेल र रेग्मीले बाजी मारेका छन् । रेग्मी राजस्व अनुसन्धान विभागमा ४ बर्षदेखि निर्देशक थिए ।
शर्मालाई उपसचिव बढुवा भएको ८ महिनासम्म भन्सार विभागमा राखी भैरहवाजस्तो सबैको आकर्षणको कार्यालयमा सरुवा गरिएको छ । शर्मा अर्थ सचिव शिशिरकुमार ...







