राजनीति

पूर्वराज्यमन्त्री गौचनको निधन

पूर्वराज्यमन्त्री गौचनको निधन

राजनीति
बागलुङ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका उहाँ विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए । गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । विसं २०४८ को चुनावमा गौचन नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए। राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत थिए । विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उनी प्रधान संरक्षक थिए । जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक सम...
जनताबाट निर्वाचित प्रधानमन्त्री हुँ, कसैले राजीनामा माग्दैमा दिन्न : प्रधानमन्त्री

जनताबाट निर्वाचित प्रधानमन्त्री हुँ, कसैले राजीनामा माग्दैमा दिन्न : प्रधानमन्त्री

राजनीति
किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गरेका थिए। उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उनले बताए। प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि भएपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताए । उत्तर–दक्षिण कोशी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उनको भनाइ छ । उनले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याए । उनले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुटको ...
निजी क्षेत्रको मनोबल बढाउँछौँ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको मनोबल बढाउँछौँ : अर्थमन्त्री पौडेल

राजनीति
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलता न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनः उत्थान गर्न सकिने बताए । उनले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे । अर्थमन्त्री पौडेलले प्रतिकूलावस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योग चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । उनले बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गरिने पनि बताए । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्न...
वामदेव गौतम भन्छन् – ‘विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहनेछु’

वामदेव गौतम भन्छन् – ‘विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहनेछु’

राजनीति
काठमाडौं । नेकपाका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो पक्षमा फैसला भएपछि सबैप्रति आभार प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै गौतमले आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका हुन् । उनले आफ्नो पक्षमा बहस गर्नुहुने कानुन व्यवसायीलाई पनि धन्यवाद दिएका छन् । ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ,’ उनले लेखेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु। मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान् कानुन व्यवसायी मित्रप्रति म कृतज्ञ छु।’ उनले यो विषय कुनै पद र प्रतिष्ठासँग नगाँसिएको भन्द...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि २८ कात्तिकमा बस्ने जानकारी दिएका छन्। ‘२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुनेछन्। महाधिवेशनका विषयमा आवश्यक छलफल र निर्णय गर्न बस्ने भनिएको केन्द्रीय समिति बैठक पटक पटक विभिन्न कारणले सर्दै आएको छ।...
किमाथान्काबाट प्रधानमन्त्री ओलीको उद्घोष, नेकपा फुटदैन

किमाथान्काबाट प्रधानमन्त्री ओलीको उद्घोष, नेकपा फुटदैन

राजनीति
काठमाडौं । किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनका लागि संखुवासभा पुगेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टी नफुट्ने उद्घोष गरेका छन् । नेकपामा अहिले विवाद भएको र विवाद हुनासाथ पार्टी नफुट्ने उनले बताएका हुन्। कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको बताएका छन्। यस्तै उनले फेरि राजीनामा मागको प्रसंग कोट्याउन पनि भ्याएका छन् । ‘मेरो राजीनामा विषयमा निक्कै चर्चा भईरहेको छ। मैले राजीनामा दिन मिल्दैन,’ ओलीले जोड दिँदै भने, ‘अपार जनताको समर्थनमा प्रधानमन्त्री भएको हुँ। अहिले नै राजीनामा दिए जनताको अपमान हुन्छ।’ बुधबार बिहान संखुवासभामा विकास निर्माण अवलोकन गर्न गएका ओली बेलुका मात्रै काठमाडौँ फर्किने कार्यक्रम छ।...
सर्वाेच्चद्वारा वामदेव गाैतमको मुद्धमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वाेच्चद्वारा वामदेव गाैतमको मुद्धमा अन्तरिम आदेश दिन अस्वीकार

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले नेकपा उपाध्यक्ष वामदेव गौतमको पक्षमा फैसला सुनाएको छ । योसँगै वामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ । वामदेवलाई सांसद हुनका लागि योग्यताको प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको थियो । सो रिटमा उनलाई मन्त्री बन्नबाट रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । तर, संवैधानिक इजलाशले त्यस्तो आदेश दिन पनि अस्वीकार गरेको छ । संवैधानिक इजलाशको यो आदेशसँगै गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र थप संवैधानिक जिम्मेवारी लिनका लागि बाटो खुलेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए । यसअघि सर्वोचच अदालतले उनको नियुक्ति यथास्थितिमा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण क...
मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

राजनीति
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार किजा पुजाको अवसरकामा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ। ‘किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक बिदा दिने,’ सूचनामा उल्लेख गरिएको छ।...
प्रधानमन्त्रीद्वारा किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युतको अनुगमन

प्रधानमन्त्रीद्वारा किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युतको अनुगमन

Featured, राजनीति
किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सा आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका छन् । रासस...
गाैतमविरुद्ध परेको रिटको सुनुवाई जारी

गाैतमविरुद्ध परेको रिटको सुनुवाई जारी

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी रहेको छ । करिब एक महिना हेर्दाहेर्दैमा राखिएको गाैतमकाे मुद्दाको पेसी आज तोकिएको हाे । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो । गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत असोज १२ गते सर्वोच्चमा रिट दायर गर्दै उनलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय खारेज गर्न माग गरेका थिए । त्यस्तै सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । यसअघिनै सुनुवाई हुनपर्नेमा दसैँपछि हुने सुनुवाई गर्ने भन्दै गौतम व...