राजनीति

सबै विद्यार्थीलाई निःशुल्क सिमकार्ड बाँढ्नू: सञ्चारमन्त्री गुरुङ

सबै विद्यार्थीलाई निःशुल्क सिमकार्ड बाँढ्नू: सञ्चारमन्त्री गुरुङ

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यार्थीहरुलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् संचालन हुने गरी विद्यालय तहका सबै विद्यार्थीहरुलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन् । साथै उनले निःशुल्क सिमकार्ड वितरण गरी इन्टरनेटको तत्काल व्यवस्था गर्न पनि प्राधिकरणलाई निर्देशन दिएका छन् । ‘कोरोना भाईरस महामारीका कारण चालू शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा संचालन हुन सकेको छैन,’ मंगलबार अपरान्ह काठमाडौंको कमलादीस्थित प्राधिकरणको केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने,‘देशभरका सामूदायिक विद्यालयहरुका विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था गरी अनलाईन कक्षा संचालनका लागि इन्टरनेट...
वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज

राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्षसाते रहेका गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सि...
नेकपाकाे एकता जोगाउन चिनियाँ दूतावासले अपनायाे यस्ताे हतकण्डा

नेकपाकाे एकता जोगाउन चिनियाँ दूतावासले अपनायाे यस्ताे हतकण्डा

राजनीति
काठमाडौं । अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे एकता जोगाउन चिनियाँ दूतावासले विभिन्न रणनीति अपनाएकाे छ। स्राेतका अनुसार अहिले नेकपा फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गर्नुका साथै दबाब दिएका छन् । प्रचण्ड भने पार्टी एकता जोगाउनुपर्ने पक्षमा देखिएको पूर्वमाओवादी निकट नेताहरुले बताउने गरेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावबारे प्रचण्डले खुलासा गरेपछि नेपालको राजनीतिक वृतमा नयाँ तरंग फैलिएको छ । यसअघि पनि पार्टी फुटको स्थितिबाट जोगाउनका लागि चिनियाँ राजदूत होउ यान्छीको ठूलो संघर्ष गरेकी थिइन् । उनले खुलेरै पार्टी एकता जोगाउन नेताहरुसँग दौडधूप र संवाद गरेपछि पार्टी एकता जोगिएको थियो । फेरि प्रधानमन्त्री ओलीले विभिन्‍न बुँदाहरुमा सम्झौता गरेर मिलेको पार्टी एकताका आधारहरु भत्काउन कर्णाली विवाद झिकेपछि फेरि तनाव सिर्जना भएक...
नेकपाकाे विवादमा चिनियाँ दूतावासले देखायाे चासाे

नेकपाकाे विवादमा चिनियाँ दूतावासले देखायाे चासाे

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा चिनियाँ दूतावाले चासाे देखाएकाे छ।नेकपाको आन्तरिक विवाद बल्झिएर फुटको स्थितिमा पुगेको बेला चिनियाँ दूतावाले चासाे देखाएकाे हाे । चिनियाँ कम्युनिस्ट पार्टीकै निर्देशनमा एकता भएको भनिएका तत्कालीन एमाले र तत्कालीन माओवादीबीच अहिले फुटको स्थिति सिर्जना भएपछि चिनियाँ दूतावासले विवाद मिलाउन विभिन्न रणनीति अपनाइ रहेकाे छ। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई अब अलग-अलग बाटो जानुपर्ने प्रस्ताव गरेपछि पूर्वमाओवादी शसंकित बनेको हो । यही अवस्थामा पार्टी एकतालाई जोगाउन चिनियाँ एजेन्टहरु, चीन समर्थित व्यापारीहरु र चिनियाँ कूटनीतिज्ञहरुले नेकपाका नेताहरुबीचको संवादलाई सघन बनाएका छन् । स्राेतका अनुसार व्यापारी र कूटनीतिज्ञहरुले चिनियाँ दूतावासको सन्देश ओली र प्रचण्डलाई पुर्‍याउने र अहिलेको पार्टी फुटक...
निःशुल्क परीक्षण र उपचार सरकारको दायित्वः मन्त्री ढकाल

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्वः मन्त्री ढकाल

राजनीति
काठमाडौं । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट पारे । खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो । नेपालमा अहिलेसम्म करीब १५ लाखको पिसिआर परीक्षण गर्दा दुई लाखमा सङ्क्रमण पुष्टि भएको छ । शुरुमा कोभिड–१९ को पिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकामा हाल नेपालम...
बिहीबार सचिवालय बैठक बोलाउन प्रचण्डकाे आग्रह

बिहीबार सचिवालय बैठक बोलाउन प्रचण्डकाे आग्रह

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेका छन् । मंगलबार दिउँसो ओलीलाई भेटेर प्रचण्डले बिहीबार बैठक बोलाउने विषयमा आग्रह गरेका भएपनि ओलीले सहमति जनाइ नसकेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका थिए । 'गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली)ले सहमति दिनु भएन,’ प्रवक्ता श्रेष्ठले भने, 'आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर...
दर्ता नगरी सञ्‍चालन भएका क्रसर उद्योग बन्द गरिने

दर्ता नगरी सञ्‍चालन भएका क्रसर उद्योग बन्द गरिने

राजनीति
काठमाडौं । सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्‍चालित सबै क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । आ-आफ्ना जिल्लाभित्र ढुंगा, गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्‍चालनमा रहेको, मापदण्डअनुसार भए/नभएको, सरकारलाई राजस्व बुझाए/नबुझाएको र दर्ता भए/नभएको एकीन विवरण ७ दिनभित्र पेस गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ढुंगा, ग...
मन्त्रिपरिषद् बैठकमा पूर्व माओवादीका २ मन्त्री अनुपस्थित

मन्त्रिपरिषद् बैठकमा पूर्व माओवादीका २ मन्त्री अनुपस्थित

राजनीति
काठमाडौं । मन्त्रिपरिषद्काे आजकाे बैठकमा २ मन्त्री अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेकाे मन्त्रिपरिषद बैठकमा पूर्व माओवादी केन्द्रका २ जना मन्त्री अनुपस्थित रहेका स्राेतले जानकारी दियाे । स्राेतले दिएकाे जानकारी अनुसार शिक्षा, विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री बिना मगर अनुपस्थित रहेको थिए । शिक्षा मन्त्री पोखरेललाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएका कारण उनी अनुपस्थित रहेको स्रोतले बतायो । यता खानेपानी मन्त्री मगरकाे उपस्थित किन र के कारण भएकाे हाे केही खुल्न सकेकाे छैन् ।...
ओलीसँग नेकपा कार्यदलको छलफल भएन, प्रचण्ड पक्षका नेताहरू अनुपस्थित

ओलीसँग नेकपा कार्यदलको छलफल भएन, प्रचण्ड पक्षका नेताहरू अनुपस्थित

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलको बैठक स्थगित भएकाे छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट कार्यदलका सदस्यहरू अनुपस्थित भएपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको कार्यदलका सदस्यहरुसँगको बैठक स्थगित भएको हाे । पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएकाे ६ सदस्यीय कार्यदलका सदस्यहरुलाई ओलीले १२ बजे छलफलाका लागि बोलाएका थिए। छलफलका लागि ओली निकट नेताहरु शंकर पोखरेल, विष्णु पौडेल र माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए। तर, प्रचण्ड निकट नेताहरु जनार्दशन शर्मा आइसोलेसनमा भएको र पम्फा भुसाले कार्यव्यस्तता रहेको जानकारी दिए । उता, शर्मा भने नेताहरु बालुवाटार पुग्दा प्रचण्डसँग छलफल गरेको स्रोतले जानकारी दिएको छ। उनीहरुबीच दुई घण्टा लामो कुराकानी भएको थियो। प्रचण्ड निकट दुई जना नै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सद...
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्छ : मन्त्री ज्ञवाली

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्छ : मन्त्री ज्ञवाली

राजनीति
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उपस्थित भएका मन्त्री ज्ञवालीले देशको नाममा विशेषण जोडनुपर्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । मुलुकको साशन प्रणालीलाई देशको नाममा जोडने हो भने संविधान संशोधन गर्न छलफल गर्न सकिने पनि उनले बताए । तर अहिलेको संविधानमा नेपालको नाम नेपाल भनिएको हुनाले प्रशासनिक हिसाबले पत्राचार गर्ने काममा नेपाल भनेर लेख्ने निर्णय सरकारले गरेको पनि मन्त्री ज्ञवालीले स्पष्ट पारे । मुलुकले स्थापित गरेको शासन प्रणालीलाई बदल्ने अथवा कायम राख्ने भने कुरासँग बहस गर्न जरुरी नरहेको पनि मन्त्री ज्ञवालीले बताए । संविधान निर्माण गर्दा नै देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राख्ने भन्ने सोच भएको भए संवि...