राजनीति

बैठक बोलाएर विवाद समाधान गर्न नेकपा अनुशासन आयोगको आग्रह

बैठक बोलाएर विवाद समाधान गर्न नेकपा अनुशासन आयोगको आग्रह

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केन्द्रीय अनुशासन आयोगले पार्टीको निर्णय कार्यान्वयन नेतृत्वसँग अनुरोध गरेको छ । साथै आयोगले पार्टी एकताका बाँकी काम तत्काल पूरा गर्न पनि आग्रह गरेकाे छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गर्दै तत्कालै पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह समेत गरेका हुन् । नेतृत्वबाट दिनहुँजसो गालीगलौज, आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको भन्दै बोहराले यो निकै चिन्ताको विषय रहेको विज्ञप्तिमा उल्लेख छ। पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ । अहिले नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी नै ...
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन

राजनीति
काठमाडौं । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिले देशको नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । यसअघि कानून मन्त्रालयमार्फत जारी परिपत्रमा देशको नाम ‘नेपाल’ लेख्न निर्देशन दिइएको थियो । सो निर्णयपछि सोमबार (आज) संसदीय समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेर उक्त निर्णय कार्यान्वयनमा नल्याउन निर्देशन दिएको हो । छलफलमा मन्त्री ज्ञवालीले भने देशको नाममा कुनै विशेषण जोड्न आवश्यक नभएको तर्क गरेका थिए ।...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

राजनीति
काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए । शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए । यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो ...
समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस

समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस

राजनीति
काठमाडाैँ । समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी लाेकतन्त्रिक ट्रेड युनियन महासंघ एकता समायाेजन भएर बनेकाे समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा आज स्थापना दिवस मनाएकाे छ। उक्त कार्यक्रमका प्रमुख अथिती जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले समाजवादी ट्रेड युनियन महासंघ स्थापना भएकाे एक वर्षमा श्रमिक वर्गहरूकाे पक्षमा महत्व पूर्ण अभिभावकीय भूमिका निर्वाह गरेकाेमा धन्यवाद दिदै आगामी वर्षहरूमा यस महासंघले शसक्त रूपमा ट्रेड युनियन अन्दाेलनकाे अगुवाइ गर्ने निश्चित रहेकाे बताउनु भयाे। अध्यक्ष यादवले सरकार काेराेना महामारीमा जनता, श्रमजीवीकाे रक्षा गर्नु पर्नेमा आफ्नाे कुनै पनि जिम्मेवारी उत्तरदायित्व छैन भनेर पन्छिन खाेजेकाे आराेप लगाए।  त्यस्तै साेही कार्यक्रममा महासंघकाे मुखपत्र 'साझा श्रमिक आवाज' नमाक पत्रिका विमाेचन गरिएकाे छ। त्...
भूमि आयोगलाई छिटो काम सक्न मन्त्री अर्यालको निर्देशन

भूमि आयोगलाई छिटो काम सक्न मन्त्री अर्यालको निर्देशन

राजनीति
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई छिटो काम सकाउन निर्देशन दिएकी छन् । “आयोगले जतिसक्दो छिटो काम अगाडि बढाउनुपर्छ,” मन्त्री अर्यालले भनिन् “एउटै काम गर्न फरक–फरक संरचना बनाएर जाँदा समस्या उत्पन्न हुन्छ । सहजीकरण र पहिचान समितिलाई एउटै बनाएर जानुपर्छ । स्थानीय तहको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ ।’’ आयोगले आज भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनसम्बन्धी कार्यविधि, अधुरा कार्य सम्पादन कार्यविधि र तथ्याङ्क संकलन कार्यविधिबारे मन्त्रालयसँग गरेको छलफलमा मन्त्री अर्यालले अव्यवस्थित बसोवासीको व्यवस्थापनलाई अनौपचारिक भू–सम्बन्धलाई राज्यको करको दायरामा ल्याउने कार्यक्रममा बदल्न आग्रह गरिन्। मन्त्रालयका सचिव टेकनारायण पाण्डेले लगत संकलनका लाग आधार तयार गर्ने हिसाबले कार्यविधि बनाउन...
सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन् । उनले भने, “यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।” नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने जनाउँदै उनले भने, “फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।” उनले जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको जनाउ...
गुहार माग्दै, स्वार्थ पूर्ती गर्दै प्रधानमन्त्री ओली

गुहार माग्दै, स्वार्थ पूर्ती गर्दै प्रधानमन्त्री ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको बताउँदै यस्तो अवस्था केही न केही गर्नुपर्ने भन्दै ओलीले माधव नेपालको सहयोग मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनुभयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नु भन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त ? तपाईँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने । तर नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा ओलीनै कारक रहेको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्...
नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सिफारिस, केबलकार र जंगल सफारी पनि खुला !

नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सिफारिस, केबलकार र जंगल सफारी पनि खुला !

राजनीति
काठमाडौं । नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव छ । बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धार अन्त्य गर्ने निर्णय पनि गरेको छ । सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको छ । उनले भने, ‘कूटनीतिक नियोगहरुबाट उद्दार गर्न जरुरी भएकाहरुको संख्या लगभग सकिएको र कोही भए नियमित उडानमा समावेश गर्न सकिने त्यसअनुसार नै निर्णय भएको छ ।’ सीसीएमसीले विदेशबाट आउन खुला रहने अन...
फेरी सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

फेरी सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

राजनीति
काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। महाधिवेशनको मिति र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक पटक-पटक सर्दै आएको छ। सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक तीन दिन पर सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक २७ गते बिहीबारका लागि बोलाइएको छ। यसअघि कात्तिक १९ गते बोलाइएको बैठक सोमबारका लागि सारिएको थियो। एक महिनाभन्दा बढी समयदेखि कांग्रेस बैठक निरन्तर सर्दै आएको छ। फागुनमा तोकिएको १४औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन पक्ष र पौडेल पक्षबीच मतभेद हुँदै आएको छ। संस्थापनले आउँदो भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरे पनि इतर समूहले ढिलो जेठ भन्दा पर जान नसकिने अडान राख्दै आएको छ।...
मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

राजनीति
काठमाडौँ । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ? बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ, तर झगडा नगरी सल्लाहमा गरौँ भनेर बोल्ने गरेको ओलीको आरोप छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारी र रामकृष्ण अधिकारीले लेखेका छन् ।...