राजनीति

ओलीले भने-सचिवालय बैठक बोलाउँदिनँ

ओलीले भने-सचिवालय बैठक बोलाउँदिनँ

राजनीति
काठमाडौँ ।  नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, अध्यक्ष ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् । प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए ।...
आज बालुवाटार छलफलमा के–के भयो ?

आज बालुवाटार छलफलमा के–के भयो ?

राजनीति
काठमाडौँ । तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच घोचपेचपूर्ण संवाद भएको छ । तर, बैठक बोलाउने विषयमा ओली र असन्तुष्ट समूहबीच सहमति भने जुटेको छैन । त्यसैले नेकपाको विवादले कस्तो मोड लिन्छ भन्‍ने अनिश्चितता अझै कायम छ । धुम्बाराहीमा दोस्रो दिन छलफल गरेर एकैपटक बालुवाटार पुगेका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सुरुमा ओलीलाई बैठक माग गर्दै लिखित पत्र बुझाए । र, अध्यक्ष दाहालले पृष्ठभूमि राख्दै बैठकको आवश्यकताबारे आफूनो मत राखेका थिए । औपचारिक बैठक बोलाए त्यहीं नै पार्टी विभाजनको विन्दु हुने ओलीको चेतावनीपछि सचिवालयका पाँच सदस्यले शुक्रबार धुम्बाराहीमा अ...
नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी भयाे : नेपाली सेना

नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी भयाे : नेपाली सेना

राजनीति
काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उनी यहाँ आएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीवार नै आयोजित विशेष समारोहमा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिन् । भारतीय सेनाध्यक्षले दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिेलरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई बिहीवार हस्तान्तरण गरेका थिए । उनले बुधवार वसन्तपुर क्षेत्र र पशुपतिनाथको पनि दर्शन गरेका थिए । नेपाल र भारतीय सेनाबीच एकार्का देशका स...
कांग्रेस शीर्ष नेताको बैठकमा सहमति जुटेन

कांग्रेस शीर्ष नेताको बैठकमा सहमति जुटेन

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको शुक्रबारको पदाधिकारी बैठकमा पनि सहमति जुट्न सकेकाे छैन । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न नसकेकाे हाे । बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भए पनि ठोस निष्कर्ष ननिस्केपछि पुनः शनिबार (भोलि) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफ्ना माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राखेका थिए । सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।...
कुनै एक व्यक्तिले चाहेर नेकपा फुट्दैन : वरिष्ठ नेता नेपाल

कुनै एक व्यक्तिले चाहेर नेकपा फुट्दैन : वरिष्ठ नेता नेपाल

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले कुनै एक व्यक्तिले चाहेर पार्टी नफुट्ने बताएका छन् । धुम्बाराहीमा शुक्रबार आयोजित पार्टी सचिवालयको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै नेता नेपालले भने नेकपा कमजोर जगमा उभिएको पार्टी नभएकाले कुनै एक व्यक्तिले चाहदैमा फुटाउन नसक्ने दावी गरे । 'यो कमजोर जगमा उभिएको पार्टी होइन । कमजोर जगमा सुरु भएको पार्टी पनि होइन। बहुत बलियो जगमा, अनेकौं उतार चढावबाट गुज्रिँदै अगाडि बढेको पार्टी हो । कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन', उनको भनाइ छ । उनले नेकपा सबैले अत्यन्तै ठूलो त्याग, तपस्या र बलिदानबाट बनेको पार्टी भएको बताए। 'पार्टी फोड्ने भनेर सोच्ने कुरा अपराध हो', उनले भने, 'आजसम्म पार्टीभित्रका जति पनि समस्याहरु छन्, त्यो हामी बैठकमा बसेरै, छलफल गरेरै समाधान गर्दै आएका छ...
द्वन्द्व व्यवस्थापनको लागि देश संघीयतामा गएकाे गाेकुल बाँस्कोटा जिकिर

द्वन्द्व व्यवस्थापनको लागि देश संघीयतामा गएकाे गाेकुल बाँस्कोटा जिकिर

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले देश बाध्यात्मक अबस्थामा सङ्घीयता प्रणालीमा गएकाे बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको बताएका हुन् । सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यतिबेला उक्त निर्णयको विरोध भइरहेको छ । गत कार्तिक ११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो । https://twitter.com/GokulPBaskota/status/1324687709651136512...
प्रधानमन्त्रीलाई भेटेर दिल्ली फर्किए भारतीय सेनाध्यक्ष

प्रधानमन्त्रीलाई भेटेर दिल्ली फर्किए भारतीय सेनाध्यक्ष

राजनीति
काठमाडौं । तीन दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे स्वदेश फर्किएका छन् । भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् । बिहीबार नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । त्यसअघि उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । नेपाल आएपछि नरवणेले धार्मिक क्षेत्रहरू वसन्तपुरस्थित कुमारीको दर्शन गरेका थिए । साथै उनले पशुपतिनाथको मन्दिरमा समेत आरतीकाे अवलाेकन गरेका थिए । शुक्रबार बिहान उनले सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गर...
प्रचण्डले बाेलाएकाे धुम्बाराही बैठकले गर्‍याे यस्ताे निर्णय, ओलीलाई लाग्याे झट्का!

प्रचण्डले बाेलाएकाे धुम्बाराही बैठकले गर्‍याे यस्ताे निर्णय, ओलीलाई लाग्याे झट्का!

section, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्चिरहेको बेला बैठक पक्षधर सचिवालयका नेताहरुको पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको छ । अनौपचारिक भनिएको सचिवालयका शीर्ष नेताहरुको सो बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गर्दै आज बैठकमा सहभागी भएका नेताहरु शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने तय भएको समेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए। ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने ब...
नेकपा फुटकाे संघारमा: प्रचण्डले चाले यस्ताे कदम

नेकपा फुटकाे संघारमा: प्रचण्डले चाले यस्ताे कदम

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको बैठकमा बहुमत पुगेको छ । हिजो प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक नभएपछि आज पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डले डाकेको सचिवालयको अनौपचारिक बैठकमा ५ जना सचिवालय सदस्य उपस्थित छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित छन्। बैठकमा अहिले पार्टी अध्यक्ष दाहाल, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र पार्टी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। नौं सदस्यीय नेकपा सचिवालयका ५ जना सदस्य बैठकमा सहभागी भएसँगै प्रचण्डलाई बहुमत प्राप्त भएको हो । ओलीले दुई अध्यक्षबीच सहमति भएपछिमात्रै बैठक बोलाउने जनाएक...
प्रचण्ड बोलाएको बैठकमा प्रमसहित यी शीर्ष नेताहरू गएनन्

प्रचण्ड बोलाएको बैठकमा प्रमसहित यी शीर्ष नेताहरू गएनन्

Featured, राजनीति
काठमाडौं । हिजो प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक नभएपछि आज पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको सचिवालयको अनौपचारिक बैठकमा ४ जना सचिवालय सदस्य उपस्थित भएका छैनन् । बैठक शुरु भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित छन्। बैठकमा अहिले पार्टी अध्यक्ष दाहाल, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र पार्टी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। नौं सदस्यीय नेकपा सचिवालयका ५ जना सदस्य बैठकमा सहभागी छन्। ओलीले दुई अध्यक्षबीच सहमति भएपछिमात्रै बैठक बोलाउने जनाएका छन् भने दाहाल पक्षधरले तुरुन्दै बैठक बोलाउनुपर्ने माग गर्दै आएका छन् ।...